Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १६, २०८२

काठमाडाैं-  गायक कलाकार शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफूलाई 'भ्रामक प्रचार गर्ने व्यक्ति' को रूपमा उल्लेख गरिएकोमा आपत्ति जनाएका छन्।  सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आयोगको उक्त निष्कर्ष वास्तविकतामा आधारित नरहेको र आफूमाथि अन्याय भएको दाबी गरेका हुन्।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा फैलिएको एक हल्लाको सत्यता बुझ्न आफूले जिज्ञासा मात्र राखेको परियारले स्पष्ट पारेका छन्। उनले 'बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो?' भनी पोस्ट गरेको र पछि त्यो गलत भएको थाहा पाउनासाथ हटाएको उल्लेख गरेका छन्। पुन: स्ट्याटसको स्क्रिनसट पोष्ट गरेका छन् । 

परियारले फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै आफू निर्दोष भएको दबाी गरेका छन् ।  फेसबुकमार्फत जारी गरेकाे प्रेस विज्ञप्ति जस्ताकाे त्यस्तै  :

‘म शिव परियार, एक जिम्मेवार नागरिक तथा कलाकारको हैसियतले, गौरीबहादुर कार्की आयोग प्रतिवेदनमा ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’को रूपमा मेरो नाम उल्लेख गरिएको सम्बन्धमा उक्त आरोप वास्तविकतामा आधारित नरहेको भन्दै सम्माननीय नेपाल सरकार र समग्र नेपाली समाजसमक्ष विनम्र निवेदनसहित स्पष्टीकरण प्रस्तुत गर्दछु।वि.सं. २०८२ साल भाद्र २३ गते भएको जेन–जी आन्दो^लनका क्रममा उत्पन्न भएका घटनाक्रमले देश अत्यन्त जटिल र संवेदनशील परिस्थितितर्फ उन्मुख भएको हामी सबैले तत्कालिन समयमा अनुभव गरेका थियौं। उक्त अवस्थाले एकातिर हामीलाई भावनात्मक रूपमा मर्माहत बनाएको थियो भने अर्कोतर्फ आम नागरिकका लागि सत्य, तथ्य र आधिकारिक सूचना सहज रूपमा प्राप्त गर्ने अवस्था पनि अत्यन्त अन्योलपूर्ण बनेको थियो।

Hardik health

यसै सन्दर्भमा, भाद्र २४ गते सामाजिक सञ्जालमा “बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला” भन्ने पोस्ट मैले पटक–पटक देखेपछि, उक्त विषयको सत्यता बुझ्ने उद्देश्यले एउटा जिज्ञासामूलक पोस्ट लेखेको थिएँ। मेरो पोस्ट अक्षरशः यस्तो थियो: “हिजो बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो?”उक्त पोस्ट कुनै पनि प्रकारको पुष्टि, दाबी, भ्रामक सूचना प्रवाह वा प्रचार गर्ने उद्देश्यले नभई, नेपालको संविधानमा सुरक्षित नागरिकको सही सूचना पाउने मौलिक हक प्रयोग गर्दै, केवल सामाजिक सञ्जालमा तत्कालीन समयमा फैलिएको खबरको सत्यता बुझ्ने जिज्ञासामूलक प्रश्न मात्र थियो।

उक्त पोस्टपश्चात् मेरा प्रिय शुभचिन्तक दर्शक, श्रोता, फेसबुक मित्र र फेसबुक फलोअरहरूबाट प्राप्त अनगिन्ती प्रतिक्रियाहरूबाट उक्त खबर भ्रामक र गलत रहेको स्पष्ट भयो। तत्पश्चात् मैले उक्त पोस्टको आवश्यकता नरहेको महसुस गरी पोस्ट हटाएको थिएँ। यसले मेरो उद्देश्य सम्बन्धित विषयमा सत्य तथ्य सूचना प्राप्त गर्नु मात्र रहेको कुरा स्पष्ट गर्दछ।तर, भाद्र २६ गतेदेखि एक हप्तासम्म केही सामाजिक सञ्जाल फेसबुक पेज, फेसबुक ग्रुप तथा केही अनलाइन सञ्चारमाध्यमहरूले मेरो पोस्टको वास्तविक सत्य तथ्य नबुझी, मैले लेखेको उक्त पोस्टको वास्तविकतालाई बङ्याएर, म माथि अत्यन्त पूर्वाग्रही र प्रतिशोधात्मक भावना राखेर, गम्भीर आरोपसहितका हेडलाइनमा ‘सामाजिक सञ्जालमा भ्रम फैलाउने’ व्यक्तिका रूपमा चित्रण गरी मेरोबारे भ्रामक समाचार प्रकाशित गरे।

हाल सोही समयमा प्रकाशित समाचार सामग्रीहरू र ती समाचारकै आधारमा उठेका आरोपहरूलाई आधार मानी गौरीबहादुर कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदनमा मलाई “सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति”का रूपमा उल्लेख गरिएकोमा म अत्यन्त दुःखका साथ गम्भीर आपत्ति प्रकट गर्दछु । यस प्रकारको आरोपले मेरो संवैधानिक नागरिक अधिकार, व्यक्तिगत प्रतिष्ठा तथा कलाकारको रूपमा रहेको सामाजिक छविमा गम्भीर नकारात्मक असर पारेको छ, जसबाट म गहिरो रूपमा मर्माहत भएको छु।

अतः हालको नेपाल सरकार तथा यसका सम्बन्धित निकायसमक्ष विनम्रतापूर्वक अनुरोध गर्दछु कि भ्रामक समाचार सूचनाका आधारमा गरिएका निष्कर्षलाई पुनर्विचार गरी म माथि पर्न गएको अन्यायका विषयमा पुनर्मूल्याङ्कन गरियोस्। मलाई विश्वास छ, हामी सबैको आशाको केन्द्र बनेको राज्यले मेरो माथि अन्याय हुन दिने छैन। आवश्यक ठानेमा म सम्पूर्ण रूपमा सहयोग गर्न सदैव तत्पर रहनेछु। साथै, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालले तत्कालीन अवस्थामा मेरो स्ट्याटसको स्क्रिनसट राखेको तस्बिर पनि यसैसाथ पोस्ट गरेको छु।

अन्त्यमा, आफ्ना आदरणीय दर्शक तथा श्रोताहरूप्रति म सधैं एक सचेत नागरिक तथा कलाकारको रूपमा जिम्मेवार, प्रतिबद्ध र सकारात्मक साङ्गीतिक योगदान दिन प्रतिबद्ध रहेको जानकारी गराउँदछु। साथै सम्पूर्णलाई भ्रामक सूचनाप्रति सजग रहन हार्दिक अनुरोध गर्दछु  ।’

 

 


प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक बुधबार, असार २४, २०८३
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक सोमबार, असार २२, २०८३
‘असारे घाँसे जुहारी’ सार्वजनिक
‘असारे घाँसे जुहारी’ सार्वजनिक सोमबार, असार २२, २०८३
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव आइतबार, असार २१, २०८३
गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’
गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’ बिहीबार, असार १८, २०८३
 ‘माया बस्ला है’ बाेलकाे नयाँ गीत सार्वजनिक
 ‘माया बस्ला है’ बाेलकाे नयाँ गीत सार्वजनिक मंगलबार, असार १६, २०८३
‘जलाकी’को दुई पोस्टर सार्वजनिक, मंसिर ४ गते प्रदर्शनमा आउने
‘जलाकी’को दुई पोस्टर सार्वजनिक, मंसिर ४ गते प्रदर्शनमा आउने सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP