काठमाडौं - राइडरहरूले आज विशाल मोटरसाइकल र्याली निकालेर विरोध गरेकाे छन् ।
राइड शेयरिङ कम्पनीहरूले "मनपरी" शोषण गरेकाे भन्दै स्वतन्त्र चालक फाउन्डेसन नेपालकाे सहकार्यमा राइडरहरूले माइतीघरबाट मोटरसाइकल र्याली प्रदर्शन गरेका हुन् ।
र्यालीमा सहभागी राइडरहरूले आफ्ना माग पूरा गर्न दबाब दिएका छन्।
उनीहरुले कम्पनीको मनपरी र शोषणको अन्त्य, उचित कमिसन दर र राइडरको सुरक्षा सुनिश्चितता, अन्यायपूर्ण नियमहरूको खारेजी जस्ता प्रमुख मागहरू राखेका छन् ।
"राइडर एकता–हाम्रो शक्ति" भन्ने नाराका साथ सडकमा उत्रिएका चालकहरूले कम्पनीले आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।