Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • लुम्बिनी ट्रक व्यवसायबाट भाडा समायोजन र नीतिगत सुधारको माग  
लुम्बिनी ट्रक व्यवसायबाट भाडा समायोजन र नीतिगत सुधारको माग  
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १५, २०८२

काठमाडाैँ- लुम्बिनी ट्रक यातायात व्यवसायी संघको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभामा  भाडा समायोजन र नीतिगत सुधारको माग  गरेका हुन् ।

सभामा संघका अध्यक्ष रुमाखर गौतमले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा यातायात क्षेत्रका चुनौती, उपलब्धि तथा भावी योजनाबारे विस्तृत रूपमा चर्चा गरिएको छ। सभालाई सम्बोधन गर्दै अध्यक्ष गौतमले २०६७ सालमा स्थापना भएको संघले डेढ दशकको यात्रा पार गर्दै व्यवसायीहरूको भरोसायोग्य संस्थाको रूपमा आफूलाई स्थापित गरिसकेको बताए। उनले संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा सम्पूर्ण व्यवसायीहरूको योगदानले संघलाई यहाँसम्म ल्याएको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरे।

उनले हाल यातायात व्यवसायीहरू संघीय तथा प्रदेश सरकारबिचको दोहोरो कानुनी व्यवस्था, रुट परमिट तथा दर्ता प्रक्रियामा देखिएका जटिलताका कारण समस्यामा परेको बताए। साथै भारतीय मालवाहक सवारीसाधनको निर्वाध आवतजावतले नेपाली व्यवसाय धराशायी हुने अवस्थामा पुगेको भन्दै सीमासम्म मात्र सञ्चालन हुने द्विदेशीय मापदण्ड लागू गर्न सरकारसँग माग गरे।

कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले वर्तमान अवस्थामा यातायात क्षेत्र गम्भीर सङ्कटमा रहेको बताएका छन्। उनले यातायात क्षेत्र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको भए पनि राज्यका नीति निर्माण तहबाट अपेक्षित ध्यान नपाउँदा समस्या बढ्दै गएको उल्लेख गरे।

Hardik health

बानियाँले पार्किङ अभाव, सडक अनुशासनको कमी र कमजोर व्यवस्थापनका कारण दैनिक रूपमा दुर्घटना बढिरहेको बताए। उनका अनुसार हरेक दिन औसत सात जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन्, जुन स्थिति अत्यन्त चिन्ताजनक रहेको उनले उल्लेख गरे। “देशमा व्यवस्था परिवर्तन हुँदा जति मान्छे मरेनन्, त्यति संख्या अहिले सडक दुर्घटनामा गुमाइरहेका छौं,” उनले भने।

दुर्घटनापछि घाइतेको उपचारमा ढिलाइ हुने समस्या पनि गम्भीर रहेको उनले बताए। अस्पतालमा कसले खर्च बेहोर्ने भन्ने अन्योलका कारण समयमै उपचार नपाउँदा थप क्षति हुने गरेको भन्दै उनले सडकमा ट्रमा सेन्टर स्थापना गर्न सरकारसँग माग गरे। महासंघले भने देशका प्रमुख अस्पतालहरूसँग सम्झौता गरी दुर्घटनामा परेकाहरूको तत्काल उपचारको व्यवस्था मिलाएको जानकारी पनि उनले दिए।

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन नीतिगत स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै बानियाँले रुट परमिट, दर्ता प्रक्रिया र नियमन प्रणालीमा देखिएको दोहोरोपन हटाउनुपर्ने बताए। साथै भारतीय मालवाहक सवारीसाधनको निर्वाध प्रवेशले नेपाली व्यवसायी मारमा परेको भन्दै यसलाई नियमन गर्न कडा कदम चाल्न सरकारलाई आग्रह गरे।

भाडादरसम्बन्धी विषयमा बोल्दै उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत बढेको बताए। वैज्ञानिक आधारमा भाडा समायोजन आवश्यक रहेको उल्लेख गर्दै उनले पहाडमा करिब १४ प्रतिशत र तराईमा ८ प्रतिशतसम्म भाडा वृद्धि आवश्यक रहेको धारणा राखे।

त्यस्तै, उनले यातायात क्षेत्रलाई आधुनिक बनाउनेतर्फ महासंघले डिजिटलाइजेसन अभियान अघि बढाएको बताए। सवारीसाधनको विवरण, भार व्यवस्थापन र निगरानी प्रणालीलाई डिजिटल माध्यममा ल्याउँदा पारदर्शिता बढ्ने र अनियमितता नियन्त्रण हुने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा संघका अध्यक्ष रुमाखर गौतमले संघ स्थापना भएदेखि हालसम्मको यात्रा उल्लेख गर्दै व्यवसायीहरूको हितका लागि संस्था निरन्तर सक्रिय रहेको बताए। उनले संघीय तथा प्रदेश तहमा देखिएका कानुनी जटिलता समाधान गर्न सरकारसँग पहल गर्न आग्रह गरे।

कार्यक्रममा संघले बसन्तपुर धर्मकाँटालाई पूर्ण रूपमा डिजिटलाइजेसन गरेको, रक्तदान कार्यक्रम सञ्चालन गरेको तथा लुम्बिनी प्रदेश सरकारसँग समन्वय गरी चालक तथा सहचालकका लागि दुर्घटना न्यूनीकरण तालिमका लागि बजेट सुनिश्चित गराएको जानकारी पनि दिइयो।त्यस्तै पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अन्तर्राष्ट्रिय परिस्थितिका कारण ढुवानी लागत बढेको उल्लेख गर्दै वैज्ञानिक आधारमा भाडादर समायोजन गर्न सरकारसँग पहल भइरहेको महासंघले जनाएको छ।

सभामा यातायात क्षेत्रलाई मर्यादित, व्यवस्थित र उपभोक्तामैत्री बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।कार्यक्रमको अन्त्यमा अध्यक्ष गौतमले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै यातायात व्यवसायीहरूको एकता र सहकार्यले मात्रै वर्तमान चुनौती सामना गर्न सकिने बताएका छन्।


प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP