Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • उपत्यकामा निषेधाज्ञा
उपत्यकामा निषेधाज्ञा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ३, २०७७
Lockdown
Hardik health
काठमाडौं– कोरोना संक्रमित बढ्दै गएपछि उपत्यका लकडाउन गर्ने काठमाडौं जिल्ला प्रशासनले निर्णय गरेको छ । आज मध्यराती १२ बजेदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू हुने भएको हो । निषेधाज्ञामा अत्यावश्यकबाहेक सेवा सञ्चालन नहुने भएकाले एक प्रकारको लकडाउन नै हो । उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको बैठकले १० भदौसम्म निषेधाज्ञामा जाने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले निषेधाज्ञा लागू गर्न गृह मन्त्रालयलाई सिफारिस बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए । उपत्यकामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि एक साताका लागि निषेधाज्ञा लागू गर्न लागिएको हो । सरकारले निषेधाज्ञा लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपनि केन्द्रीय राजधानी भएकाले गृह मन्त्रालयको स्वीकृतिमा निषेधाज्ञा लागू गर्न लागिएको हो । निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक अन्य व्यवसाय बन्द हुनेछन् । यातायात पनि अत्याबश्यकबाहेक पूर्ण रूपमा बन्द हुनेछ । नेपालमा मंगलबार कोभिड–१९ को संक्रमण अहिलेसम्म सबैभन्दा बढी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार एकैदिन सबभन्दा बढी एक हजार १६ जनामा संक्रमित फेला परेको जानकारी दिए । संक्रमितमध्ये काठमाडौं उपत्यकाका २०५ जना रहेका छन् । विभिन्न ४० प्रयोगशालामा १३ हजार ४६१ जनाको गरिएको पिसीआर परीक्षणमा एक हजार १६ जनामा संक्रमण भएको पाइएको हो । यसअघि एकैदिन ७४१ जनामा संक्रमण देखिएको थियो । मंगलबार देखिएका सक्रमितसँगै नेपालमा २८ हजार २५७ जनामा संक्रमित पुगेका छन् । नेपालमा पहिलोपटक गत ९ माघमा चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो । उनका अनुसार सक्रिय संक्रमित १० हजार ५६३ जना रहेका छन् । यसैगरी मंगलबार ८५ जना संक्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार ५८० जना संक्रमित निको भई घर फर्किसकेको उनले बताए । अहिलेसम्म ६२.२ प्रतिशत संक्रमित निको भई घर फर्किसकेका छन् । मंगलबारसम्म पाँच लाख ४२ हजार ८६६ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल मुलुकभरि क्वारेन्टिनमा १३ हजार ९३६ जना रहेका छन् । यस्तै, पछिल्लो समय नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा संक्रमणबाट ७ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार काभ्रे, नवलपरासी, कास्की, मोरङ, धनुषा र बाँकेका एक÷एक जना पुरुष तथा तनहँुका एक जना महिलाको संक्रमणको कारण मृत्यु भएको छ । अहिलेसम्म ११४ जनाको कोरोनाबाट मृत्यु भएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP