काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी उनको निवास गुन्डु पुगेको छ। प्रहरी स्रोतले शिलापत्रलाइ दिएको जानकारी अनुसार ठूलो संख्यामा नेपाल प्रहरीका अधिकारीहरू ओलीलाई नियन्त्रणमा लिन पुगेका हुन्।
जेन–जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री रहेका ओली दोषी रहेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले किटान गरेको थियो। आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न सिफारिस गरेको थियो।
वालेन्द्र शाह नेतृत्वको सरकारले शुक्रबार उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि ओलीलगायतलाई पक्राउ गर्ने प्रयास भएको हो।