Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल
परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १३, २०८२

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताएका  छन् । मन्त्रालयमा आज पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको परराष्ट्र नीति संविधानमा नै स्पष्ट रूपमा उल्लेख गरिएको बताएका हुन् ।

“सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीति परिवर्तन हुँदैन”, मन्त्री खनालले भने, “यो नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितसँग सम्बन्धित विषय हो । नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ र यसलाई निरन्तरता दिइनेछ ।”

उनले पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय देखिएको द्वन्द्वको अवस्थामा मन्त्रालयले पछिल्लो समयदेखि आवश्यक काम गरिरहेको बताए । “हालसम्म त्यहाँ रहेका ८० हजारभन्दा बढी नेपालीको तथ्याङ्क सङ्कलन गरिएको छ । आवश्यकताअनुसार त्यहाँ रहेका नेपालीलाई सोही देशमा सुरक्षित राख्ने उद्देश्यले कूटनीतिक पहलमार्फत मन्त्रालयले सक्रिय रूपमा काम गरिरहेको छ”, मन्त्री खनालले भने, “यदि अवस्था अझ संवेदनशील बन्दै गएमा, नेपाली नागरिकको सुरक्षाका लागि अन्य आवश्यक कदमहरू पनि चालिनेछन् ।”

यससँगै, सम्भावित इन्धन आपूर्ति शृङ्खलामा पर्नसक्ने असरबारे पनि अध्ययन भइरहेको बताउँदै उनले विशेषगरी इन्धनको मूल्य र त्यसबाट पर्ने प्रभावबारे मन्त्रालयले गम्भीरतापूर्वक विश्लेषण गरिरहेको र यस विषयलाई अत्यन्त संवेदनशील रूपमा लिइएको उल्लेख गरे ।

Hardik health

मन्त्री खनालले शान्तिका पक्षमा उभिएको देश र गौतमबुद्ध जन्मिएको मुलुकका रूपमा नेपालले सधैँ द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण ढङ्गले आफ्ना समस्या समाधान गर्न आग्रह गर्दै आएको उल्लेख गर्दै विश्व समुदायलाई पनि नेपालले सोही अनुरोध गर्दै आएको उल्लेख गरे ।

उनले पश्चिम एसियामा रहेका नेपालीले आफूलाई असुरक्षित महसुस गरे भने, पहिलो प्राथमिकता उनीहरूको सुरक्षाको प्रत्याभूति गरिने तथा वैकल्पिक उपाय अपनाउन मन्त्रालय तयार रहेको उनले भने । मन्त्री खनालले सरकारले सुशासन र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको र यी दुई आधारभूत लक्ष्यअन्तर्गत सबै मन्त्रालयका कार्य अगाडि बढाइने बताउँदै परराष्ट्र मन्त्रालयले पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने अवगत गराए ।

उनले आज कन्सुलर सेवालाई डिजिटल प्रविधिमार्फत सहज बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरे । मन्त्री खनालले सेवाग्राहीलाई सहज बनाउन डिजिटल प्रणालीमार्फत सेवा उपलब्ध गराउने लक्ष्य राखिएको र सरकारी कार्यालयमै उपस्थित नभई सेवा प्राप्त गर्न सकिने व्यवस्था विस्तार गरिने बताए । 

आर्थिक समृद्धिका सन्दर्भमा ‘इकोनोमिक डिप्लोमेसी’लाई विशेष प्राथमिकता दिइने र यसले देशको आर्थिक विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको उनले भने । 

नवनियुक्त परराष्ट्रमन्त्रीको जीवनी
नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालसँग यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सम्हालेको अनुभव रहेको छ ।
दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा काठमाडौँ क्षेत्र नं ६ बाट निर्वाचित खनाल २०७९ माघमा छोटो अवधिका लागि शिक्षामन्त्री भएका थिए । खनालको जन्म ३० डिसेम्बर १९७८ मा काठमाडौँमा भएको थियो ।

पुख्र्याैली थलो तनहुँ भएका ४७ वर्षीय खनाल हाल काठमाडौँको टोखामा बसोबास गर्दै आएका छन् । उनी  राजनीतिमा लाग्नुअघि ‘टिच फर नेपाल’का संस्थापक भई सार्वजनिक शिक्षा सुधारका अभियन्ताका रुपमा कार्यरत  थिए  । खनाल रास्वपाका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभागका प्रमुख थिए ।

संयुक्त राज्य अमेरिकाको ‘युनिभर्सिटी अफ विसकोन्सिन म्याडिसन’बाट सार्वजनिक नीतिमा र ब्रिजपोर्ट विश्वविद्यालयबाट अन्तरराष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातकोत्तर गरेका  उनले विगतमा श्रीलङ्का, नेपाल र संयुक्त राज्य अमेरिकामा पुनःनिर्माणका लागि सञ्चालित सर्वाेदय श्रमदान अभियानमा सक्रिय थिए । उनले तुलसीपुर उपमहानरगपालिकाको नीतिशालामा रही सल्लाहकारीय भूमिका पनि गरेका  थिए ।


प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP