Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • जेन-जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
जेन-जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १२, २०८२

चितवन- गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा जलेका मध्ये मालपोत कार्यालय भरतपुरका आठ हजार नयाँ श्रेस्ता कायम गरिएको छ । एकीन तथ्याङ्क नभए पनि २ लाख हाराहारी श्रेस्ता कार्यालयमा रहेको अनुमान छ । 

आगजनीका कारण सबै कागजात जलेर नष्ट भएपछि मालपोत कार्यालयले जग्गाधनी प्रमाणपत्रको नयाँ श्रेस्ता कायम गरिरहेको छ । सोहीबमोजिम मालपोत कार्यालय भरतपुर जिल्लाका सातवटै पालिकालाई जग्गाधनीको नयाँ श्रेस्ताका लागि सिफारिस प्रदान गर्न पत्राचार गरेको थियो । कात्तिक महिनाबाट फागुनसम्ममा आठ हजार नयाँ श्रेस्ता कायम भएको कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले जानकारी दिए ।

प्रदर्शनका क्रममा मालपोत कार्यालय भरतपुरका अधिकांश अभिलेख जलेका थिए  । अभिलेख जलेपछि जग्गा सम्बन्धि जुन सुकै काम गर्नका लागि पनि नयाँ श्रेस्ता कायम गर्नु पर्दछ । कामको चापका कारण जग्गा बिक्रि बितरण, वन्दक लगाएतका काम परेकाहरुको मात्र नयाँ श्रेस्ता कायम गरिएको अधिकारीले जानकारी दिए । कामको चाप कम भए पछि अन्यको हकमा समेत सूचना जारी गरी क्रमशः श्रेस्ता कायम गर्ने कार्यालयको तयारी छ । 

Hardik health

उनले भने, “आफ्नो जग्गा दाबी गर्न जग्गाधनी आफैँ आउनुपर्ने हुन्छ । दैनिक ९० वटा हाराहारी श्रेस्ता कायम हुने गरेको उहाँले जानकारी दिनुभयो । कार्यालयको भवन काम गर्न सक्ने अबस्थामा छैन । टहरामा काम भईरहेको छ । वनेका श्रेस्ता समेत भण्डारणको समस्या देखिएको छ । नयाँ श्रेस्ता कायम गर्न १० प्रकारका कागजात आबश्यक पर्दछ । अधिकारीका अनुसार  नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गाधनी यकिन गर्ने स्थायी ठेगाना भएको स्थानीय तहको तीनपुस्ते फोटो टाँससहितको सिफारिस, जग्गाधनीसँग भएको सक्कल पूर्जा, जग्गा प्राप्तिको स्रोतमा लिखितबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति, प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा पेस गर्नुपर्ने हुन्छ । ”

त्यसैगरी, जग्गाधनीले चालू आवको मालपोत बुझाएको रसिद, जग्गा रोक्का रहेको अबस्थामा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकता अनुसार स्थलगत सर्जमिन, आवश्यकताअनुसार ३५ दिने सार्वजनिक सूचना, गुठी जग्गाको हकमा गुठी संस्थानको सहमतिपत्र चाहिने सूचना अधिकारीले जानकारी दिए ।  कार्यालयले भरतपुर महानगरपालिकाका केही वडाहरु, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका हेर्ने गर्दछ । आन्दोलनका क्रममा यो कार्यालय र खैरहनीमा रहेको कार्यालय पूर्ण रुपमा क्षति भएको थियो । क्षति भएका सबै ठाउँमा नयाँ श्रेस्ता कायम गर्नुपर्ने हुन्छ । 
 


प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP