Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • घोषित मितिमै निर्वाचन गर्न आयोग सफल : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
घोषित मितिमै निर्वाचन गर्न आयोग सफल : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ११, २०८२
Hardik health

काठमाडौँ- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान बेहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेको बताएका छन्  । आयोग परिसरमा आज आयोजित जलपान समारोहलाई सम्बोधन गर्दैउनलेनिर्वाचनको मिति घोषणादेखि निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई पेस गर्दासम्मको करिब छ महिनाका अवधिमा आयोगले जटिलता र व्यवधान बेहोरेरै भए पनि निर्वाचन सम्पन्न गराएको छ भन्नुभयो । 
  
उनले भने, “आयोगमा कार्यरत कर्मचारीको पेसागत दक्षता, व्यावसायिकता र अटुट क्रियाशीलता एवम् विभिन्न निकाय, सङ्घसंस्था र सरोकारवालाको शुभेच्छा र सहकार्यबाट समस्याको तत्क्षण सम्बोधन गरी कार्यतालिकाबमोजिम नै मतदाता नामावली दर्ता, राजनीतिक दल दर्ता, अन्तिम मतदाता नामावली प्रकाशन, बन्दसूची पेस, मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको नियुक्ति, अभिमुखीकरण कार्यक्रम सञ्चालन, १६५ मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय स्थापना, क्षमता विकास, मतदाता शिक्षा, स्वयंसेवक परिचालन, निर्वाचन सामग्री खरिद तथा ढुवानी व्यवस्थापन, आर्थिक व्यवस्थापन, निर्वाचन कार्यक्रम सञ्चालन, अनलाइन प्रणालीको अद्यावधिक सुसञ्चालन र समन्वय, आचारसंहिताको तर्जुमा एवं कार्यान्वयन, पर्यवेक्षण व्यवस्थापन, अनुगमन, मतदान र मतगणनालगायतका कार्य समयमै सम्पन्न गरियो । ” 

निर्वाचन घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता नगरिने कानुनी व्यवस्था रहेकोमा ठूलो सङ्ख्यामा युवा मतदाता मतदाता नामावलीमा दर्ता हुन बाँकी रहेको थियो । तत्कालीन अवस्थामा आयोगले ऐन संशोधनको प्रक्रिया अगाडि बढाउँदै राष्ट्रपतिबाट अध्यादेश जारी भई मतदाता नामावली दर्ता प्रणाली र राष्ट्रिय परिचयपत्र प्रणालीका बीचमा अन्तःआबद्धता कायम गरी मतदाता नामावली दर्ता कार्य अनलाइन रुपमा समेत गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । 

निर्वाचनको बारेमा अनेक कोणबाट अभिव्यक्त संशयबीच आयोगले राजनीतिक दलहरूसँग परामर्श बैठकको आयोजना गर्दै सरकार र सरोकारवालासँग समेत निरन्तर छलफल गरी निर्वाचनका लागि सहज र उपयुक्त वातावरण तयार गर्न अनवरत क्रियाशील भई काम गरेको पनिउनलेजानकारी गराए । संविधान र कानुनले सुम्पिएको जिम्मेवारीअनुसार निर्वाचनमार्फत जनताको सार्वभौम अधिकारको अभ्यास सुनिश्चित गर्नु र लोकतन्त्रको थप सुदृढीकरणमा योगदान पुर्या‍उनु आयोगको प्रमुख दायित्वअनुसार गर्न सफल भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो ।  
  
विषम अवस्था र चुनौतीपूर्ण परिस्थितिबीच प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२, घोषणा भएपश्चात् आयोगले आफ्नो आन्तरिक कार्यतालिका निर्माण गरी योजनाबद्ध रूपमा निर्वाचन सञ्चालन र व्यवस्थापनका कार्य सम्पादन गर्दै शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न भई निर्धारित समयमै राष्ट्रपतिसमक्ष परिणामसहितको प्रतिवेदन पेस गर्न सफल भएकोमा आयोग परिवार गौरवान्वित भएकोउनले बताए । 
   
जलपान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
 
कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले गत भदौ २३ र २४ गतेको नयाँ पुस्ताका युवाको आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभा निर्वाचनपछि नयाँ वातावरण बनेको बताए । आयोगले तोकिएको समयमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन सफल भएको पनिउनलेकार्यक्रममा जानकारी गराएका थिए ।


प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP