मकवानपुर- कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका-११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका-३२ का २० वर्षीय सन्तोष यादवकोे मृत्यु भएको हो ।
गम्भीर घाइते भएका सोही स्थानका ट्रकचालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ ।