काठमाडाैं - सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विक (Smart Money Talks 2026) अवसरमा सातवटै प्रदेशमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न भएकाे छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका अफ्ना १०८ शाखा कार्यालयहरुबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर स्मार्ट मनी टक्स-२०२६ भन्ने मूल नाराका साथ गत चैत्र २ देखी ८ गते सम्म संचालन भएको ग्लोबल मनि विक हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गरेर सम्पन्न गरेको छ ।
यस ग्लोबल मनि विकबाट करिब ६००० मानिस लाभान्वित भएका छन् । ग्लोबल मनि विक अन्तर्गत बैंकले कोशी प्रदेशको बनिगामा, बिर्तामोड, दिक्तेल, इटहरी, गाईघाट, इन?वा, लौकाही, दुहबी, हरिनगर, दमक, पथरी, हल्दिबारी, कञ्चनबारी २, डाँगीहाट र विराटनगर,
मधेश प्रदेशको कञ्चनरूप, लोहरपट्टी, पथलैया, बर्दिबास, फतेपुर, वीरगञ्ज, महेन्द्रनगर (धनुषा), पाटो, औरही, गौशाला, धनुषाधाम, गरुडा, कल्याणपुर, लाहान, निजगढ, रामगोपालपुर, बोदेबरसाइन, र राजविराज,
बाग्मती प्रदेशको चरिकोट, कुलेश्वर, कलंकी, ग्वार्को, बनेपा, नारायणघाट, सिनामंगल, मंगलपुर , धार्के, हेटौडा, नयाँ बानेश्वर, सिन्धुली, देविघाट, पानीपोखरी, भैंसेपाटी, धुम्बाराही, ठसिखेल, हरिहरपुरगढी, इमाडोल, ज्यामिरे, काडाघारी, कुपण्डोल, कोटेश्वर, मनहरी, डिल्लीबजार, टोखा र थापाथलीमा कार्यक्रम गरेकाे छ ।
गण्डकी प्रदेशको भोटेओडार, चामे, कावासोती, धारापानी, कोल्हुवा, बिरौटा,पोखरा, बागलुङ, अमरापुरी, अरुणखोला र दमौली, लुम्बिनी प्रदेशको जिमिरेभर, रामापुर, ओडारी, बढैयाताल, बेलाटारी, भालुही, महेशपुर, परासी, सिद्धार्थनगर, कोहलपुर, शीतलनगर, घोराही, गुलरिया, भुताहा, इमिलिया, झिम?ख, लमही, मुरगिया, तौलिहवा, तुलसीपुर, सिमलचौर, बंगलाचुली, सुनवल, रानीबगिया, भुमही र जितपुरमा कार्यक्रम गरेकाे छ ।
कर्णाली प्रदेशको जुफाल, सिमीकोट, दुल्लु, जुम्ला, डोल्पा, गमगढी, सुर्खेत र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको अत्तरिया, ढकारी र बझाङमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ ।
यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्र्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैकिङ प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सु? गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइह?बाट २० लाख २ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाह? प्रदान गर्दै आएको छ ।