Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • पहिलो क्याबिनेटबाटै सुधारको संकेत देखाउने बालेनको तयारी
पहिलो क्याबिनेटबाटै सुधारको संकेत देखाउने बालेनको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १०, २०८२
  • संसदीय दलको नेता चयन र भावी सरकारमा क-कसलाई पठाउनेबारे छलफल गर्न आज रास्वपा केन्द्रीय कार्यसमिति बैठक
  • पहिलो निर्णयबाटै पूर्ववर्ती सरकारले विभिन्न निकायमा भागबण्डाको आधारमा मनपरी राजनीतिक नियुक्ति गरेका एक हजारभन्दा बढीलाई बर्खास्त गर्ने तयारी
  • सम्पत्ति शुद्धीकरण र संगठित अपराधसँगै सहकारी ठगी अभियोग खेपिरहेको आफ्नै सभापति रवि लामिछाने अब बन्ने बालेनका लागि चुनौती

काठमाडौं- आगामी शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह प्रधानमन्त्री बन्दै छन् । प्रधानमन्त्री बनेसँगै आफ्नो पहिलो क्याबिनेटबाटै सुधारको संकेत देखिने खालका निर्णय गर्ने तयारीमा उनी लागेका छन् ।

बालेन मन्त्रिपरिषद्ले एक हजारभन्दा बढी राजनीतिक नियुक्तिलाई तत्काल हटाएर सुधार थाल्ने तयारी गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । ‘हाम्रो प्रस्तावित प्रधानमन्त्री मुलुकभित्रको सबै सेवा प्रवाहमा सुशासन हुनुपर्छ । सरकारको ध्यान सुशासन हुनुपर्छ भन्नुहुन्छ,’ बुर्लाकोटीले भने, ‘त्यहीअनुसार पहिलो क्याबिनेटबाट बोल्ड निर्णयहरु आउन सक्छ ।’ 

रास्वपाले आज (मंगलबार) संसदीय दलको नेता चयन र भावी सरकारमा क-कसलाई पठाउनेबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । वनस्थलीस्थित घण्टीघरमा दिउँसो ४ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले आगामी सरकार कस्तो बन्नुपर्छ भन्ने धारणासमेत राख्ने छन् ।

बालेनले प्रधानमन्त्रीमा शपथ खाएकै दिन पूर्णआकारको मन्त्रिपरिषद् गठन गर्नेगरी सभापति रवि लामिछानेसँग निरन्तर छलफल गरिरहेको रास्वपा नेताहरु बताउँछन् । पूर्ववर्ती सरकारले विभिन्न निकायमा भागबण्डाको आधारमा मनपरी राजनीतिक नियुक्ति गरेको थियो । यस्ता खालका नियुक्तिहरु एक हजारभन्दा बढी रहेको र तिनलाई स्वेच्छिकरुपमा राजीनामा दिनसमेत भनिएको छ ।

Hardik health

उनीहरुले पद ओगटेरै बसेको खण्डमा कार्यक्षमता हेरेर आवश्यक कारबाही गर्ने तयारी बालेन नेतृत्वको सरकारले गर्ने भएको बताइएको छ । राज्यको स्रोत दोहन गर्ने गरी अनावश्यक संरचनामा भएका नियुक्तिहरु तत्काल हटाउनुपर्ने जनादेश अबको सरकारलाई रहेको बुर्लाकोटी बताउँछन् । राजनीतिक नियुक्ति लिएकाहरुमा संवैधानिक निकायदेखि कूटनीतिक नियोगसम्म छन् ।

मन्त्रिपरिषद् १५ देखि १८ जनाको बनाउने तयारी
संविधानतः प्रधानमन्त्रीले २५ जनाको मन्त्रिपरिषद् बनाउन सक्छन् । तर रास्वपाले छरितो मन्त्रिपरिषद् बनाउने तयारी गरिरहेको रास्वपा सांसद गणेश पराजुली बताउँछन् । अरु दललाई पर्खनुपर्ने कुनै बाध्यता नरहेकोले पहिलो दिन नै मन्त्रिपरिषद्ले पूर्णता पाउने पराजुली बताउँछन् । ‘वाचापत्रमा भनिएजस्तै १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् बन्छ । यसका लागि नेताहरुले होमवर्क थालिसकेका छन्,’ पराजुलीले भने ।

मन्त्रिपरिषद् १५ जनाकोमात्र बनाउनुपर्ने पक्षमा बालेन उभिँदा सभापति लामिछानेले भने कम्तीमा १८ जना बनाउनुपर्ने प्रस्ताव राखेको रास्वपाका एक नेताले बताए । रास्वपा सरकारको पहिलो एजेण्डा सुशासन भएकोले प्रशासनिक सुधारमा बालेनको ध्यान केन्द्रित रहेको ती नेता बताउँछन् ।

विभिन्न प्रकरणका फाइल खोलिने
पूर्ववर्ती सरकारको पालामा अदालत, अख्तियारदेखि विभिन्न क्षेत्रमा मुद्दाका चाङ लागेका छन् । ढिला न्याय सम्पादन, दण्डहीनताजस्ता विषयले गाँजेका कारण जनता असन्तुष्ट छन् । यी विषयलाई सम्बोधन गर्न बालेनले पार्टीगतभन्दा बेग्लै टिम बनाएर तयारी थालेको बताइन्छ ।

पहिलो मन्त्रिपरिषद्ले भदौ २३ र २४ गते भएको जेन-जी विद्रोहमा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको तयारी गरेको छ । प्रतिवेदनले दोषी देखाएकालाई तत्कालै कारबाही गर्नेगरी बालेन नेतृत्वको सरकारले काम गर्ने जनाएको छ । यो बीचमा राजनीतिक आडमा रोकिएका अनुसन्धानसमेत खोल्ने तयारी गरेको बताइन्छ । नयाँ सरकार आएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागसमेत सक्रिय हुने देखिएको छ । खासगरी नयाँ सरकारलाई खुसी बनाउन पनि यी विभागहरुले पुराना फाइल खोल्ने गरी काम गर्ने देखिन्छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलवाल सुशासनको पक्षमा उभिने दल आउँदा सरकारी निकायलाईसमेत काम गर्न सहज हुने बताउँछन् । ‘हामी विभिन्न विषयको अनुसन्धानमा हुन्छांै । सुशासनकै पक्षमा वकालत गर्ने दल आउँदा हामीलाई झन सहज हुने देखिन्छ । जति सहज हुन्छ, काम उसैगरी अघि बढ्छ,’ चिलवालले भने । राजनीतिक आडका कारण रोकिएका विभिन्न मुद्दा अब दबाबबाहिर रहेर अनुसन्धान अघि बढ्ने उनले बताए ।

परीक्षणमा आफ्नै नेतृत्व
रास्वपा नेतृत्वले सुशासनको पक्षमा कदम चाल्दै गर्दा आफ्नै सभापति रवि लामिछानेबारे भने प्रश्न उठ्न थालेको छ । सम्पत्ति शुद्धीकरण र संगठित अपराधसँगै सहकारी ठगी गरेको अभियोगमा लामिछानेमाथि विभिन्न अदालतमा मुद्दा छ । त्यसकारण चितवन-२ बाट निर्वाचित उनले सांसदको शपथसमेत लिन नपाउने बताइएको छ ।

उनीविरुद्ध काठमाडौं, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा यी दुई मुद्दा विचाराधीन छन् । सहकारी ठगी भने यी जिल्ला अदालतसँगै चितवनमा पनि छ । तर, सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्तो मुद्दा खेपिरहेका लामिछानेलाई उन्मुक्ति दिन महान्यायाधिवक्ता सबिता भण्डारीले आरोपपत्र नै संशोधन गर्ने निर्णय गत पुसको अन्तिममा लिएकी थिइन् । उक्त रिटविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुश ढकाल र युवराज सफलले सर्वोच्चमा रिट दायर गरेका छन् । उक्त रिट सोमबार ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

महान्यायाधिवक्ता भण्डारीले दिएको निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेका कारण सुनुवाइ हुन सकेको छैन । महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार काठमाडौं र पर्साका सरकारी वकिल कार्यालयले भने लामिछानेसहितको अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन् । सुशासनको पक्षमा ‘एक्सन’मा उत्रने तयारीमा रहेका बालेन्द्र (बालेन) शाह सरकारका लागि आफ्नै नेतृत्व तगारो बन्ने कानुनविद्हरुको तर्क छ । 


प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP