Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सभापतिको राजीनामा समस्या समाधान होइन : सहमहामन्त्री डिला
सभापतिको राजीनामा समस्या समाधान होइन : सहमहामन्त्री डिला
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ९, २०८२

काठमाडाैं - नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टी सभापति गगनकुमार थापाको राजीनामा समस्या समाधान नभएको बताएकी छिन् । हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले आशा गरे अनुरुपको नतिजा हासिल गर्न नसक्नुमा सभापति थापाको मात्रै दोष नभएको प्रष्ट पारिन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै सहमहामन्त्री संग्रौलाले ३५ वर्षसम्म देशको र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी खुम्चिनुको कारणबारे भने समीक्षा गर्न जरुरी रहेको बताइन् ।

अहिलेको समस्या समाधान गर्दै नियमित महाधिवेशनबाट पार्टीलाई फेरि एकजुट बनाउनु पर्नेमा जोड दिइन् । उनले भनिन् ‘हामी जुन परिस्थतिमा विशेष महाधिवेशन गरेर सभापतिमा थापालाई ल्याएका थियौं, त्यसको सन्देश जनतासम्म पुग्न सकेन । अब हामीले फेरि प्रयास गरेर आउँदो प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्नुपर्छ ।’

Hardik health

५० दिनमै कसैको कार्यक्षमताको मूल्यांकन नहुने बताउँदै सहमहामन्त्री संगौलाले ३५ वर्षदेखि थुप्रिएको असन्तोषको विष्फोट यस पटकको चुनावमा भएको उल्लेख गरिन् ।कांग्रेसले पटक पटक सत्ताको नेतृत्व गर्दा डेलिभरी दिन नसकेकै कारण जनताले मत बदलेको उल्लेख गर्दै अब पनि नसच्चिने हो भने आउँदो निर्वाचनमा मन र मत दुवै बदल्ने बताइन् । त्यसलाई रोक्न र जनताको भरोषायोग्य पार्टी बनाउनका लागि नेपाली कांग्रेसले अब सदनमा सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

उनले अगाडि भनिन् ‘कांग्रेस अब ५ वर्ष सत्ताको खेलमा नभएकाले जनताका मुद्दा महँगी, बेरोजगारी, सुशासनका सवालमा सदनमा सशक्त प्रतिपक्ष भएर उभिनुपर्छ भने आवश्यकताका आधारमा सडक पनि तताउन जरुरी छ ।’अब हुने नियमित महाधिवेशनमार्फत विज्ञ र समाजमा प्रभाव राख्ने व्यक्तित्वहरूलाई सिधै पार्टीको नीतिगत तहमा प्रवेश गराउने बाटो खोल्नुपर्नेमा जोड दिँदै  ‘चेक एण्ड ब्यालेन्स’ गर्न भने जरुरी रहेको उल्लेख गरिन् ।

‘हामीलाई अब दायाँवायाँ गर्ने कुनै पनि छुट छैन । अहिले सभापतिले राजीनामा दिएर भाग्ने होइन, मुलुकसामु आउने नयाँ चुनौतीहरु हामीहरुकै अहिलेको नेतृत्वले समाधान गरेर अघि बढ्ने हो । सत्ता भनेको आउँछ जान्छ तर हामीले नयाँ तरिकाले जनतामा भरोषा दिलाएर फेरि उठ्ने संकल्प गर्न जरुरी छ । हामीमा पनि केही कमीकमजोरीहरु होलान्, त्यसलाई समिक्षा गरेर समाधान गर्दै अघि बढ्नु नै आजको आवश्यकता हो । त्यसैले गगन थापाजीले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्नुपर्छ ।’ सहमहामन्त्री संगौलाको भनाइ छ ।

बैठकमा उनले नेतृत्वको रूपान्तरण र पुस्तान्तरणको सुनिश्चितता, संगठनको आमूल पुनर्संरचना र डिजिटल कनेक्टिभिटी लगायत आगामी कार्यदिशाका लागि ७ बुँदे प्रस्तावहरू पनि पेश गरेकी छिन् । सो अवसरमा उनले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दौरान कोशी, मधेश र बागमति प्रदेशका २८ जिल्लाका विभिन्न क्षेत्रमा गरेको अनुगमनको प्रतिवेदन पनि उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र हस्तान्तरण गरेकी थिइन् ।

 


प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ मंगलबार, साउन १९, २०८३
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन मंगलबार, साउन १९, २०८३
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP