Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक न्यायमा महत्वपूर्ण उपलब्धि
नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक न्यायमा महत्वपूर्ण उपलब्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ८, २०८२

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आफ्नो कार्यकालको १०० दिने प्रगति प्रतिवेदन सार्वजनिक गरेकी  छिन् । उनले कार्यकाल सुरु भएको मङ्सिर २६ गतेदेखि चैत ८ गतेसम्मको उपलब्धि सार्वजनिक गरेकी हुन् ।

उनका अनुसार करिब १०० दिनको अवधिमा नीतिगत, संरचनागत तथा सेवा प्रवाह सुधारका महत्वपूर्ण प्रयास सुरु भएका छन् । सो अवधिमा मन्त्रालयले समावेशी शासन, लैङ्गिक समानता र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरेको छ ।

नीतिगत सुधार र संस्थागत सुदृढीकरण, सार्वजनिक सेवा प्रवाह र लक्षित उपलब्धि, अन्तरराष्ट्रिय कार्यालयमा सहभागिता र कुटनीतिक भेटघाट, निर्वाचन केन्द्रित समन्वय तथा सहभागिता अभिवृद्धि, सेवा/सहायता सामग्री वितरण, अनुगमन तथा मूल्याङ्कन, तथ्याङ्क प्रणाली सुदृढीकरणलगायत उपलब्धि मन्त्री श्रेष्ठले उल्लेख गरे ।

Hardik health

यस अवधिमा मन्त्रालयले नीतिनिर्माण र सुधारलाई प्राथमिकता दिएको छ । मानव बेचबिखन तथा ओसारप्रसार(नियन्त्रण) (दोस्रो संशोधन)नियमावली, २०८२ को मस्यौदा तथा राष्ट्रिय बालबालिका नीति २०८० कार्यान्वयनको कार्ययोजनाको मस्यौदा तयार भएको छ ।  

यसैगरी लैङ्गिक हिंसा सम्बोधन गर्न लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना तथा मर्यादित महिनावारीसम्बन्धी निर्देशिकाको मस्यौदा तयार भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार नुवाकोटमा बालसुधार गृह स्थापना गरिएको छ । यसैगरी भक्तपुरमा निजामती कर्मचारीका शिशुका लागि दिवा शिशु स्याहार स्थापना गर्ने निर्णय भएको छ ।

मन्त्रालयलाई अपाङ्गता भएका व्यक्तिको विविधता सम्बोधन गर्ने गरी सुरुआती चरणमा दृष्टिविहीन व्यक्तिको पहुँच सुनिश्चित गर्न पहिलो पटक ब्रेल एमबोस गरिएको बोर्ड तथा भिजिटिङ कार्ड प्रयोगमा ल्याइएको छ । समाज कल्याण परिषद्को कामकारबाहीलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन ‘डिजिटल सेवा प्रवाह प्रणाली’ शुभारम्भ गरिएको छ ।

जेनजी आन्दोलनमा घाइते तथा प्रभावितहरुसँग निरन्तर छलफल भेटघाट तथा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सशक्तीकरणका कार्यक्रमा समेट्ने गरी प्रतिबद्धता गरिएको छ । तथ्याङ्क प्रणाली सुदृढीकरण गर्दै मन्त्रालयको कार्यक्षेत्रसँग समबन्धित ७६ जिल्लाको डाटाबेस बनाइएको छ ।

प्रतिवेदनमा मन्त्री श्रेष्ठले मन्त्रालयको कार्यक्षेत्रका विषयमा दीर्घकालीन सुधारका लागि कानुनी सुधार गर्न लामो प्रक्रिया र समय लाग्ने समस्या उल्लेख गरेका छन् ।  मन्त्रालयले छोटो अवधिमा निर्वाचन केन्द्रित रहँदै विभिन्न नीतिगत सुधार, संस्थागत सुदृढीकरण र प्रत्यक्ष सेवा सुधारका लागि महत्वपूर्ण पहलहरु अघि बढाएको मन्त्री श्रेष्ठले सार्वजनिक गरेकाे प्रगति विवरणमा उल्लेख छ । 


प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP