Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
  • #नेपाली_कांग्रेस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युद्धबीच खाडीमा श्रमिकको माग 
पर्याप्त अध्ययन गरी पठाउन सकिने व्यवसायीको भनाई युद्धबीच खाडीमा श्रमिकको माग 
ममता थापा
ममता थापा शुक्रबार, चैत ६, २०८२

 

हामीले सामाजिक सञ्जालमा देखेजस्तो पुरै देश युद्धग्रस्त छैन । मागपत्र प्रमाणीकरण नै रोक्नुपर्ने देखिँदैन । जोखिम क्षेत्रबाट टाढा भएका कम्पनीले त कामदार चाहियो भनिरहेका छन् ।
महेशकुमार बस्नेत
महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं- जारी युद्धबीच खाडी मुलुकमा श्रमिकको माग आउन थालेको व्यवसायीले बताएका छन् । सरकारले खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकको उद्धारको तयारी चलाइरहँदा व्यवसायीले भने यस्तो भयावह अवस्था नरहेको बताएका हुन् ।

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेत जोखिम नभएका क्षेत्रमा श्रमिकको माग बढेको बताउँछन् । ‘हामीले सामाजिक सञ्जालमा देखेजस्तो पुरै देश युद्धग्रस्त छैन,’ महासचिव बस्नेतले भने, ‘मागपत्र प्रमाणीकरण नै रोक्नुपर्ने देखिँदैन । जोखिम क्षेत्रबाट टाढा भएका कम्पनीले त कामदार चाहियो भनिरहेका छन् ।’ पछिल्लो जोखिमलाई मध्यननगर गर्दै नेपाली दूतावासले भने मागपत्र प्रमाणीकरण स्थगित गरेको छ ।  

Hardik health

अन्धाधुन्ध मिसाइल हान्दा केलाई सुरक्षा मान्ने केलाई नमान्ने भन्ने प्रश्न छ । तर पनि केही अपवादवाहेक अन्य ठाउँ सुरक्षित नै छन् । नयाँलाई खुलाउन परेको अवस्थामा असुरक्षित इलाकाबाहेकका ठाउँ खोल्दा फरक पर्दैन ।
रामेश्वर नेपाल, श्रमविद् 

संघले आफूहरु श्रमिक र रोजगारदातासँग निरन्तर समन्वयमा रहेको उल्लेख गर्दै त्यहाँका श्रमिक र कम्पनीसँग कुराकानी गर्दा सबै नेपालीलाई ल्याइहाल्न पर्ने अवस्था नपाएको बस्नेत बताउँछन् । असामान्य स्थिति आए के गर्ने भनेर विकल्प खोज्नु सरकारको जिम्मेवारी भएपनि तत्काल चरम संकट निम्तिने अवस्था नदेखिएको उनको भनाइ छ । 

‘हामी निरन्तर रुपमा श्रमिक र कम्पनीसँग समन्वयमै छौं । अमेरिकी बेस क्याम्प आसपास भएका कम्पनीहरुमा चाहिँ काम भएको छैन,’ बस्नेतले भने । इरान, इजरायल र अमेरिका संलग्न पश्चिम एसियाको युद्ध सुरु भएपछि मध्यपूर्वका १२ वटा मुलुकमा सरकारले श्रम स्वीकृति बन्द गरेको थियो । छुट्टीमा आएका श्रमिकको रोजगारी गुम्ने अवस्था देखिएपछि गत मंगलबारबाट पुनः श्रम स्वीकृति खुलाइएको छ । साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान, बहराइन र कुवेत नेपालीका लागि प्रमुख रोजगार गन्तव्य हुन् । यी मुलुकमा रहेका अमेरिकी सैन्य बेस क्याम्पमा इरानले ड्रोन तथा मिसाइल आक्रमण गर्दा रोजगारीका गएका श्रमिकको अवस्था तनावपूर्ण बनेको छ भने दैनिक हजारौैं युवा रोजगारीबाट वञ्चित छन् । 

व्यवसायीले भने झैं सुरक्षित स्थानमा रहेका कम्पनीमा श्रमिक पठाउन सकिने विज्ञको भनाइ छ । प्रभावित मुलुकका सबै क्षेत्र असुरक्षित नभएको श्रमविद् रामेश्वर नेपाल स्विकार्छन् । सुरक्षित रहेका क्षेत्रको अवस्थाबारे आवश्यक अध्ययन गरेर नयाँ श्रम स्वीकृति पनि खुलाउन सकिने नेपालले बताए । ‘अन्धाधुन्ध मिसाइल हान्दा केलाई सुरक्षा मान्ने केलाई नमान्ने भन्ने प्रश्न छ । तर पनि केही अपवादवाहेक अन्य ठाउँ सुरक्षित नै छन् । नयाँलाई खुलाउन परेको अवस्थामा असुरक्षित इलाकाबाहेकका ठाउँ खोल्दा फरक पर्दैन,’ नेपालले भने, ‘तर अनुमानको भरमा खुलाउने होइन । सुरक्षालाई प्राथमिकतामा राखेर आपतकालीन अवस्थामा त्यहाँको सरकारले के–के गर्नसक्छ, नयाँ जानेहरुको सुरक्षाको प्रोटोकल के–के हुन्छन् सबै निर्धारण गरेपछि मात्र खोल्न पर्छ ।’

आफू आवद्ध सञ्जालले निरन्तर श्रमिकहरुसँग परामर्श गरिरहेको उल्लेख गर्दै नेपालले सुरुका दिनमा काम बन्द भएपनि पछिल्ला दिनमा नेपालमा भनिएजस्तो हाहाकारको स्थिति नभएको प्रतिक्रिया श्रमिकहरुले दिएको उनको भनाइ छ । परराष्ट्र मन्त्रालयले भने परिस्थिति थप बिग्रिए नेपालीलाई पानी जहाजबाट समेत उद्धार गर्नेगरी योजना बनाइरहेको छ । तत्काल ती मुलुकबाट सबैलाई फिर्ता ल्याइहाल्नपर्ने स्थीति नभएको नेपाल बताउँछन् । ‘तयारीमा चाहिँ बस्नुपर्छ । थोरै हुनसक्छ उद्धार गर्नुपर्ने अवस्था,’ उनले भने ।

मध्यपूर्वको युद्ध गत फेब्रुवरी २८देखि जारी छ । चालु आर्थिक वर्ष २०८२/८३को आठ महिनामा संस्थागत व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर पाँच लाख ३१ हजार १२० जना वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये एक लाख ७३ हजार ४६७ जना संस्थागत र व्यक्तिगत माध्यमबाट खाडीका छ वटा मुलुकमा गएका छन् । ती मुलुकमा एक लाख ८८ हजार ९० जना पुनः श्रम स्वीकृति लिएर गएको तथ्याङ्क छ । यो तथ्याङ्कअनुसार चालु वर्षमा खाडीमा प्रत्येक दिन औसतमा ७२२ जना पहिलोपटक रोजगारीको खोजिमा गएका छन् भने पुनः श्रम स्वीकृति लिएर दैनिक ७८४ जना गएको देखिन्छ । यसलाई आधार मान्दा गत २० दिनमा पहिलोचोटि रोजगारीमा जाने १४ हजार ४४० जनाले उक्त अवसर गुमाएका छन् । 

खाडी इरान तिक्तता चुलिँदै
युद्धको प्रभाव खाडी मुलुकका सबै क्षेत्रमा नपरेको बताइँदै गर्दा खाडी–इरान सम्बन्ध चिसिदै जान थालेको छ । सुरुमा इरानले खाडीमा रहेका अमेरिकी सैन्य क्याम्पहरुमा मात्र आक्रमण गरेको थियो । त्यसपछि इरानको निसाना एक ठाउँमा मात्र सीमित देखिँदैन । पछिल्ला दिनहरुमा ती मुलुकका विमानस्थल, होटेल, उर्जा केन्द्र आदिमा आक्रमण गर्दा खाडीका देशहरु इरानदेखि बिच्किन थालेका छन् । बिहीवार इजरायलले इरानमा रहेको विश्वकै ठूलो साउथ पार्स ग्यासफिल्डमा आक्रमण गर्दा जवाफमा इरानले साउदी, कतार र यूएईमा उर्जा केन्द्रमा आक्रमण ग¥यो । जसमा कतारको रास लफ्फान औद्योगिक सहरमा आगजनी भएको छ । त्यसपछि कतारले आफ्ना मुलुकमा भएका इरानी सैन्य अधिकारी, दूतावासका कर्मचारी लगायतलाई तत्काल मुलुक छोड्न आदेश दिएको छ । साउदीले इरानमाथि भएको थोरै विश्वास पनि गुमेको बताएको छ ।

इरानी आक्रमणबाट खाडीमा कार्यरत धेरै श्रमिकको ज्यान गइसकेको छ । बिजनेस एन्ड ह्युमन राइट्स सेन्टरका अनुसार बिहीबारसम्म खाडीमा कार्यरत भारतका पाँच, बंगलादेशका चार, पाकिस्तानका दुई र नेपाली एक जना श्रमिकको मृत्यु भइसकेको छ । 
 


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कम्बोडियाबाट २० नेपालीको उद्धार
कम्बोडियाबाट २० नेपालीको उद्धार बिहीबार, चैत ५, २०८२
व्यवसायी भन्छन्- खाडीको विकल्प नखोज्दा समस्या
व्यवसायी भन्छन्- खाडीको विकल्प नखोज्दा समस्या बिहीबार, चैत ५, २०८२
मध्यपूर्वका सात मुलुकका लागि खुलाइयो पुनः श्रम स्वीकृति
मध्यपूर्वका सात मुलुकका लागि खुलाइयो पुनः श्रम स्वीकृति बुधबार, चैत ४, २०८२
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति बुधबार, चैत ४, २०८२
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता मंगलबार, चैत ३, २०८२
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP