Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • अनुतिन पुनः थाइल्यान्डका प्रधानमन्त्री
अनुतिन पुनः थाइल्यान्डका प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ५, २०८२

एएफपी- क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको नयाँ संसद्ले अनुतिन चार्नभिराकुललाई पुनः प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । यसले देशलाई जटिल चुनौतीहरूको सामना गर्दै नयाँ राजनीतिक चरणमा प्रवेश गराएको हाे । 

संसदीय मतदानमा उनले आवश्यक २५० मतको सीमा पार गर्दै स्पष्ट समर्थन हासिल गरेका  एएफपीको गणनाले देखाएको छ । मतदानअघि सञ्चारकर्मीसँग कुरा गर्दै अनुतिनले आफू सकेसम्म लामो समयसम्म जनताको सेवा गर्ने अवस्थामा रहने आशा व्यक्त गरेका थिए  । जनतालाई असर गर्ने कुनै पनि समस्या आएमा तुरुन्त प्रतिक्रिया दिने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो नेतृत्वलाई व्यावहारिक र उत्तरदायी बनाउने सङ्केत गरे ।

अनुतिन नेतृत्वको भूमजाइथाई पार्टीले फेब्रुअरीमा सम्पन्न निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको थियो । कम्बोडियासँगको सीमा तनाव र त्यस क्रममा भएका घातक झडपपछि राष्ट्रवाद र सुरक्षा मुद्दालाई प्राथमिकतामा राख्दै पार्टीले सीमामा पर्खाल निर्माण, सीमा नाकाहरू बन्द राख्ने तथा एक लाख स्वयंसेवक सैनिक भर्ती गर्ने जस्ता कडा एजेन्डा अघि सारेको थियो । यही रणनीतिले पार्टीलाई सबैभन्दा ठूलो दल बनाउँदै सरकार गठनको अग्रस्थानमा पुर्‍याएको हो ।

तेस्रो स्थानमा सीमित भएको पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको फेउ थाई पार्टी १४ साना दलहरूसहित गठबन्धनमा सहभागी हुँदै अनुतिनलाई समर्थन गर्न सहमत भएको थियो । यस गठबन्धनको समर्थनपछि संसद्ले औपचारिक रूपमा उहाँलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।

Hardik health

पारिवारिक निर्माण व्यवसायबाट करोडपति बन ५९ वर्षीय अनुतिन यसअघि पनि प्रधानमन्त्री भइसकेका  थिए। उनका पूर्ववर्ती थाक्सिनकी छोरी पेटोङ्तार्न सिनावात्रा अदालतको आदेशपछि पदमुक्त भएपछि अनुतिन सत्तामा आएका थिए । पेटोङ्तार्नसँग सम्बन्धित एक चुहावट भएको टेलिफोन संवादले ठूलो राजनीतिक विवाद निम्त्याएको थियो, जसमा उनले कम्बोडियाका पूर्वनेता हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेका र एक थाई सैन्य कमान्डरलाई ‘प्रतिद्वन्द्वी’ भनेको सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो ।

त्यस घटनापछि अनुतिनले भूमजाइथाईलाई तत्कालीन गठबन्धनबाट अलग गरेसँगै सरकार ढलेको थियो र त्यसपछि उनी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । यसबीच, सुधारवादी पिपुल्स पार्टीले अपेक्षाभन्दा कमजोर प्रदर्शन गर्दै दोस्रो स्थानमा सीमित भएपछि विपक्षीको भूमिका निर्वाह गर्नेछ । तर उक्त पार्टीका नेता नात्थाफोङ रुएङपान्यावुटसहित १० सांसद शाही अपमानसम्बन्धी कानूनमा सुधारको प्रयासका कारण नैतिक उल्लङ्घनको आरोपमा कारबाहीको जोखिममा परेका छन् ।

विपक्षी नेता नात्थाफोङले आफूलाई प्रधानमन्त्रीका लागि मनोनयन गरिएको विषयलाई सरकार गठनको प्रतिस्पर्धा नभई संसदीय प्रक्रियामार्फत जनतासँग प्रभावकारी संवाद गर्ने अवसरका रूपमा लिएको बताए । नयाँ सरकारका सामु चुनौतीहरू गम्भीर छन् । थाइल्यान्डको आर्थिक वृद्धि गत वर्ष सुस्त रह्यो भने पर्यटन क्षेत्र अझै पूर्ण रूपमा पुनरुत्थान हुन सकेको छैन । यसैबीच, भियतनामले तीव्र रूपमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्दै प्रतिस्पर्धा बढाएको छ । मध्यपूर्वमा इरानमाथि भएको इजरायली-अमेरिकी आक्रमणपछि सुरु भएको युद्धले विश्व बजार अस्थिर बनाएको छ । यसको प्रभाव थाइल्यान्डमा पनि इन्धन मूल्य वृद्धि र आपूर्ति अवरोधका रूपमा देखिएको छ ।

अनुतिनले भने उक्त सङ्कटलाई थाइल्यान्डका लागि अवसरमा परिणत गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । तर विश्लेषकहरूका अनुसार सरकारले अहिलेसम्म इन्धनको मूल्य नियन्त्रण गर्न ठोस कदम चाल्न सकेको छैन । राजनीतिक विश्लेषक युटापोर्न इसाराचाईका अनुसार सरकारका कदमहरू अझै ‘अस्थायी समाधान’ मा सीमित छन्, जस्तै घरबाट काम गर्ने व्यवस्था लागू गर्नु ।

कम्बोडियासँगको लामो सीमा विवाद पनि अर्को संवेदनशील विषयका रूपमा रहेको छ । यद्यपि हाल नाजुक युद्धविराम कायम छ, ८०० किलोमिटर लामो सीमा अझै पूर्ण रूपमा निश्चित भइसकेको छैन । प्रधानमन्त्री बनेलगत्तै अनुतिनले सशस्त्र सेनालाई सीमामा आवश्यक ठानेको कारबाही गर्न अधिकार दिनुभएको थियो र थाई सेनाले पछिल्लो झडपपछि केही विवादित क्षेत्र नियन्त्रणमा लिएको जनाएको छ ।

यद्यपि, विश्लेषकहरूका अनुसार अहिले मतदाताको ध्यान मुख्यतः आर्थिक समस्यातर्फ केन्द्रित भएको छ । बढ्दो महँगी, इन्धन सङ्कट र रोजगारीका चुनौतीबीच अर्थतन्त्र नै जनताको सबैभन्दा ठूलो चिन्ता बनेको छ, जसले अनुतिन नेतृत्वको नयाँ सरकारको सफलताको प्रमुख परीक्षा तय गर्नेछ ।


प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री मंगलबार, साउन १९, २०८३
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP