Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायी भन्छन्- खाडीको विकल्प नखोज्दा समस्या
जोखिममा खाडीको रोजगारी व्यवसायी भन्छन्- खाडीको विकल्प नखोज्दा समस्या
ममता थापा
ममता थापा बिहीबार, चैत ५, २०८२
  • विज्ञको तर्क- युरोपलेमात्रै खाडीको विकल्प धान्दैन

काठमाडौं- इजरायल-अमेरिका र इरानबीचको युद्धले नेपालीहरूको प्रमुख रोजगार गन्तव्य खाडी क्षेत्र प्रभावित बनाएको छ । उक्त युद्ध सुरू भएको करिब तीन सातामै नेपालको वैदेशिक रोजगार व्यवसाय ठप्पजस्तै बनेको व्यवसायीहरूले बताएका छन् ।
व्यवसायीहरू सरकारले गन्तव्यको विविधीकरण नगर्दा समस्या आएको बताउँछन् । खाडीको विकल्प युरोप हुने उनीहरूको तर्क छ । तर, युरोपको रोजगारीले केही हजारलाई मात्र अवसर दिनसक्ने श्रमविज्ञको भनाइ छ ।

पछिल्ला केही आर्थिक वर्षको तथ्यांक हेर्दा वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढेको छ । आव २०८०/८१ मा चार लाख ६० हजारभन्दा बढी श्रम स्वीकृति लिएर रोजगारीमा गएको पाइन्छ । आव ०८१÷८२ मा यस्तो संख्या पाँच लाख पाँच हजारभन्दा बढी रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यस अवधिमा म्यानवापर व्यवसायीले प्रत्येक वर्ष साढे तीन लाखभन्दा बढीलाई रोजगारीमा पठाएका छन् । व्यवसायीहरूले श्रमिकलाई २०-२५ वटा मुलुकमा पठाउँदा हरेक वर्ष खाडीका छ वटा मुलुकमामात्र साढे दुई लाखभन्दा बढी कामदार गएको देखिन्छ । त्यसपछि मलेसिया जानेहरूको संख्या बढी रहेको छ । व्यवसायीहरूले मरिसस, जोर्डन, साइप्रस, जापान, टर्की, माल्दिभ्सलगायतका मुलुकमा सीमित संख्यामामात्र श्रमिक पठाएको पाइन्छ । समग्रमा व्यवसायीहरू खाडीकै रोजगारीमा आश्रित छन् ।

हाल पश्चिम एसियाको तनावले उक्त क्षेत्रका मुलुकहरूमा कामदार पठाउने काम बन्द भएको छ । विभागले दैनिक दुई हजारभन्दा बढीलाई दिँदै आएको श्रम स्वीकृति पछिल्लो सयम केही सयमा सीमित भएको छ । यो अवस्थाको चाँडै अन्त्य हुने पर्खाइमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले बताए । ‘मध्यपूर्वको विषम् परिस्थितिले व्यवसायीको काम राम्रोसँग भइरहेको छैन । हामी राम्रो कुराको पर्खाइमा छौं,’ उनले भने, ‘गल्फबाहेक अलिक काम हुने साइप्रस हो । त्यसको पनि बेस क्याम्पमा आक्रमण भएपछि बन्द नै छ ।’

नेपालको वैदेशिक रोजगार मध्यपूर्वमामात्र केन्द्रित हुँदा यस्तो अवस्था आएको व्यवसायीको भनाइ छ । युरोपका मुलुकहरू वैकल्पिक श्रम गन्तव्य हुनसक्ने उनीहरू बताउँछन् । सरकारले युरोपका मागपत्र प्रमाणीकरण गरेर खाडीमाथिको निर्भरता घटाउनुपर्ने महासचिव बस्नेतले बताए । ‘सरकार दूरदर्शी नहुँदा यो अप्ठ्यारो भएको हो । त्यहाँको द्वन्द्व लम्बिँदै गयो भने फार्किनेहरूलाई मुलुकमा उचित विकल्प छैन,’ उनले भने, ‘यो घटनाबाट सिकेर आउने सरकारले वैकल्पिक मुलुकहरू खोज्ने, युरोपको मागपत्रलाई प्रमाणीकरण गर्नेलगायतका काम गर्नुपर्र्ने देखिएको छ । अहिले व्यवसायीलाई मात्र नभई वैदेशिक रोजगारीमा आश्रित नेपालीहरूलाई अप्ठ्यारो परिरहेको छ ।’

Hardik health

युरोपका केही विकाशोन्मुख देशहरूमा रोजगारीको प्रशस्त सम्भावना रहेको युरोप रोजगारीमा पठाउने व्यवसायीहरूको भनाइ छ । सो क्षेत्रमा २० वटाभन्दा बढी मुलुकमा कामदारको राम्रो माग रहेको बताउने गरेका छन् । यद्यपि, व्यवसायीले सीमित देशबाट मात्र माग ल्याउँदा श्रमिकहरू व्यक्तिगत श्रम स्वीकृतिमा १०० भन्दा बढी मुलुकमा जाने गरेका छन् ।

‘युरोपले खाडीजति रोजगारी दिन सक्दैन’
आप्रवासनविद् डा. केशव बस्याल युरोपले खाडी मुलुकहरूमा जति रोजगारी दिन नसक्ने बताउँछन् । वैदेशिक रोजगार व्यवसायीले युरोप नै खाडीको विकल्प भनिरहँदा उनले युरोपले नेपाललाई पुग्नेजति रोजगारी दिन नसक्ने बताएका हुन् ।

हाल विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा युरोपसँग सीमित रोजगारीको सम्भावनामात्र रहेको डा. बस्यालको भनाइ छ । ‘युरोपको अर्थतन्त्र बलियो भएर रोजगारी दिनेजस्तो अवस्था देखिँदैन । केही हजार मान्छेले युरोपमा रोजगारी पाउनसक्छन् । तर जुन अनुपातमा खाडी देशहरूले दिने क्षमता छ त्यो युरोपले दिन सक्दैन,’ उनले भने, ‘अब स्वरोजगारलाई बढाउने, कसरी यहीँ इन्गेज गराउन सकिन्छ, कसरी आफैंले उत्पादन गरेर सम्मानित जीवनस्तर बनाउन भन्नेमा जोड दिनपर्छ । अर्कोको भर पर्ने समय गयो ।’

सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने भन्दै आएको छ । अब भने यसका लागि काम नै गर्ने बेला आएको बस्यालले बताए । यदि युद्धविराम भए पनि खाडीका देशहरूबाट श्रमिकको माग घट्ने सम्भावना रहेको उनको भनाइ छ । ‘सबैभन्दा धेरै श्रमिक गएका मुलुकको अर्थतन्त्र नै चुनौतीपूर्ण देखिएको छ,’ उनने भने, ‘युद्धविराम भइसकेपछि पनि विगतको जस्तो श्रमिकको माग आउने सम्भावना एकदम कम देखिन्छ । भइरहेका रोजगारी पनि गुम्ने सम्भावना छ ।’

नेपालको श्रमबजारमा वार्षिक पाँच लाख श्रमशक्ति थपिने गरेको सरकारी तथ्यांक छ । मुलुकमै जीविकोपार्जन गर्ने वातावरण नहुँदा ती युवा विदेसिन बाध्य छन् । विदेशबाट आएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलायमान बनाउँदै आएको अवस्थामा वैदेशिक रोजगार प्रभावित हुँदा अर्थतन्त्रका धेरै सूचकलाई प्रभावित पार्ने गरेको छ । रेमिट्यान्समाथिको निर्भरता घटाउँदै वैदेशिक रोजगारीको दिगो विकल्प खोज्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

 


प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान आइतबार, जेठ १०, २०८३
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने बुधबार, जेठ ६, २०८३
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP