Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल
सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २, २०८२

भैरहवा - बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाही सुनिने गहिरो स्वरले यहाँको प्रकृतिलाई अझै जीवन्त बनाइदिन्छ । त्यो स्वर हो । प्रेम, निष्ठा र शान्तिको प्रतीक मानिने लोपोन्मुख पन्छी सारसको ।

विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र होइन, प्रजननका लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ । स्थानीय बासिन्दाको सचेतना, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियता र स्थानीय क्लबको सहकार्यले यहाँ सारस संरक्षण अभियानलाई नयाँ उचाइ दिएको छ ।

प्रकृतिको काखमा सुरक्षित महसुस गरेका सारस यतिबेला लुम्बिनी वरिपरि ढुक्क भएर सन्तान वृद्धिमा लागेका छन् । सिमसार क्षेत्रमा मानव चहलपहल कम हुने भएकाले यी स्थान सारसको रोजाइमा पर्ने गरेका छन् । प्रजननको समयमा जोडीमा बस्ने सारसले एक प्रजनन अवधिमा प्रायः दुई वटा अण्डा पार्ने गर्छ । वर्षा ऋतुको समयमा करिब ३० देखि ३२ दिनसम्म ओथारो बसेपछि चल्ला कोरलिन्छन् । चल्ला पाँचदेखि छ महिनासम्म माउसँगै बस्ने गर्छन् । यही अवधिमा आमा–बुबाले आहारा खोज्ने र जीवनयापन गर्ने तरिका सिकाउँछन् ।

Hardik health

सारस संरक्षणकर्मी अर्जुन कुर्मीका अनुसार सारसका बच्चा दैनिक करिब एक इन्चको दरले हुर्कने गर्छन् । “बच्चा केही हुर्किएपछि सारसको जोडीले नाचेर आफ्नो व्यवहार देखाउँछन् । त्यो नृत्य चल्लालाई सिकाउँछन्”, उनले भने ।सारसको जीवनचक्रमा रोचक पक्ष छन् । ओथारो बसेको समयमा भाले सारसले टाढाबाट आहारा खोजेर ल्याउने गर्छ । बच्चा निस्केपछि आहारा खोज्न धेरै टाढा जान नपरोस् भनेर उसले नजिकको आहारा टिप्न छाड्ने गरेको बताइन्छ । गङ्गटो, भ्यागुता, माछा र केही विशेष घाँसका जरा सारसका प्रिय आहार हुन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका हुँदै मर्चवार क्षेत्रसम्म अहिले सारसको प्रजनन गतिविधि देखिन थालेको छ । संरक्षणकर्मी कुर्मीका अनुसार अहिले नेपालमा ७०० जति सारस रहेका छन् । यीमध्ये लुम्बिनी आसपासमा मात्रै करिब ८० प्रतिशतभन्दा बढी जोडी सारस रहेका छन् । लोपोन्मुख मानिने यस पन्छीको संरक्षणमा अहिले स्थानीय बासिन्दा सक्रिय रूपमा जुटेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई ‘नगर पन्छी’ घोषणा गरेर संरक्षण अभियानलाई संस्थागत रूप दिएको छ ।

लुम्बिनी विकास कोषले सारसका लागि उपयुक्त क्षेत्र छुट्याएको छ । विश्व शान्ति स्तूपको उत्तरतर्फको भागलाई सारस संरक्षण क्षेत्र तोकिएको छ, जहाँ अहिले धेरै जोडी सारस देख्न सकिन्छ । यसबाहेक मर्चवार र लुम्बिनीको सीमा क्षेत्र भइ, बभनी, अजमा लगायतका क्षेत्रमा ठूलो समूहमा सारसहरू रमाइरहेका हुन्छन् । सारस संरक्षणलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ । पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले शान्ति स्तूप परिसरमा करिब दुई किलोमिटर पैदलमार्ग निर्माण गर्ने तथा चरा अध्ययन गर्न चाहने का लागि वातावरणीय सिकाइ केन्द्र स्थापना गर्ने योजना लुम्बिनी विकास कोषले अघि सारेको छ ।

चराविद्का अनुसार विश्वमा पाइने १५ प्रजातिका सारसमध्ये नेपालमा चार प्रजाति भेटिन्छन् । लक्ष्मण सारस, कर्याङ–कुरुङ सारस, कालो टाउके सारस र सारस । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को रातो सूचीमा संवेदनशील प्रजातिका रूपमा राखिएका कालो टाउके सारस र सारस विश्वमै दुर्लभ पन्छी मानिन्छन् । सारस नेपालको पश्चिम तराईमा वर्षभरि पाइने रैथाने पन्छी हो । विगतमा यसको अण्डा र मासुको अवैध सिकार हुने गरेको भए पनि अहिले स्थानीयको सचेतनाले यस्तो गतिविधि धेरै हदसम्म नियन्त्रणमा आएको संरक्षणकर्मी कुर्मी बताउनुहुन्छ ।

लुम्बिनी क्षेत्र सारस मात्र होइन, अन्य धेरै पन्छीको आश्रयस्थल हो । यहाँ कोइली, भद्राई, कालो चिबे, मधुमक्षी खाने चराहरू, विभिन्न प्रजातिका बकुल्ला, भुडीफोर, घोगीफोर, हरिहाँस, बिजुलगैरे र सानो जलेवालगायत गरी २२२ भन्दा बढी प्रजातिका चरा पाइन्छन् । संरक्षणकर्मी धर्मेन्द्र पालका अनुसार सारससहितका चरा अवलोकनलाई व्यवस्थित गर्दै यस क्षेत्रलाई पर्यापर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । सारसको संरक्षणसँगै लुम्बिनी अब गौतम बुद्धका अनुयायीहरूको आध्यात्मिक गन्तव्य मात्र नभई चराविद्, अनुसन्धानकर्ता र चरा अवलोकनकर्ताका लागि पनि आकर्षक अध्ययनस्थल बन्ने सम्भावना बढेको छ । शान्तिको भूमि लुम्बिनीमा सारसको मुक्त उडानले यहाँको प्राकृतिक सौन्दर्यलाई मात्र होइन, संरक्षणप्रतिको मानवीय संवेदनालाई झन् उजागर गरिरहेको छ ।


प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP