Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १९, २०८३

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको उपचारका लागि ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन केन्द्र, प्रदेश र स्थानीय तहस्तरका स्वास्थ्य निकायबीच समन्वय भइरहेको जानकारी दिइन्।

प्रतिनिधिसभाको चालु अधिवेशनका विभिन्न बैठक र समयमा सांसदहरूले राखेका स्वास्थ्यसम्बन्धी प्रश्नहरूको आजको बैठकमा एकमुष्ट जवाफ दिँदै मन्त्री मेहताले तीनै तहमा गरी हाल एक हजार २६९ ‘एन्टिस्नेक भेनम’ मौज्दात रहेको जनाउँदै यसबाट ८५० सर्पदंशका बिरामीको उपचार गर्न सकिने बताइन्। 

उनले स्वास्थ्य सेवा प्रवाहलाई थप गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउन सरकार गम्भीर रहेको स्पष्ट गर्दै जनप्रतिनिधि र समाजका विभिन्न क्षेत्रको सहकार्य र समन्वयबाट जनचेतनालगायत सहजीकरणका लागि आह्वान गरिन्। स्वास्थ्य सेवा विभागबाट १३ हजार २०० ‘भायल’ सर्पदंश उपचारका लागि खरिद प्रक्रिया अघि बढाइएको जनाउँदै मन्त्री मेहताले साउन मसान्तसम्म आपूर्ति हुने उल्लेख गरिन् । 

Hardik health

“तत्काल खोपको अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गर्दै खोपको आपूर्ति, वितरण तथा दीर्घकालीन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउन जोड दिइएको छ । भेनम मौज्दात भएका सर्पदंश केन्द्रबाट आवश्यक स्थानमा उपलब्ध गराउन विभिन्न प्रदेश तथा सर्पदंश केन्द्रमा समन्वय भइरहेको छ”, उनले भनिन्, “सर्पदंशको उपचार सबै जिल्ला तह र सोभन्दा माथिका अस्पतालमा सञ्चालन भइरहेका छन् । यसका लागि आवश्यक पर्ने ‘एन्टी भेनम’ सबै उपचार केन्द्रहरूमा पर्याप्त छ । कुनै किसिमको अभाव छैन । दुर्गम स्थानमा रहेका नागरिकले तत्काल सेवा पाउने व्यवस्था मिलाइएको छ ।”

मन्त्री मेहताले सर्पदंशका बिरामी भेनम अभावका मात्र नभई तत्काल उपचार केन्द्रमा नगई घरमा परम्परागत तथा अवैज्ञानिक प्राथमिक उपचारका कारण पनि अवस्था थप जटिल बन्ने भन्दै सयतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिइन् । सर्पदंश भएको अवस्थामा झारफुक, विष चुस्ने, घाउ चिर्ने, कसिलो गरी बाँध्ने वा उपचारमा ढिलाइ गर्ने जस्ता अभ्यास नगरी बिरामीलाई यथाशीघ्र नजिकको सर्पदंश उपचार सेवा उपलब्ध भएको स्वास्थ्य संस्थामा लैजानु प्रभावकारी र सुरक्षित उपाय भएको बताइन् ।

मन्त्री मेहताले सुनसरीसहित तराई-मधेसका जिल्लामा भएका घटनापश्चात् घाइतेहरूको उपचारलाई प्रभावकारी बनाउन मन्त्रालयले सम्बन्धित प्रदेश तथा अस्पतालहरूसँग समन्वय गरी आवश्यक उपचार व्यवस्थापन गरेको जानकारी दिइन् । गम्भीर अवस्थाका बिरामीलाई थप विशेषज्ञ उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचारको व्यवस्था मिलाएको उनले जानकारी दिइन्।


प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १६:५३
#निशा मेहता
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP