Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १९, २०८३

काठमाडौं- संसद्मा जनसरोकारका विषय उठाउँदा पर्याप्त सञ्चारमाध्यमको ध्यान नपाउने तर व्यक्तिगत टिप्पणी, ट्रोलिङ र चरित्रमाथिका प्रश्नले भने बढी चर्चा पाउने गरेको सांसदहरूको गुनासो छ । यस्ता प्रवृत्तिले सार्वजनिक रूपमा बोल्ने आत्मविश्वासमा असर परेको महिला सांसदहरूको भनाइ छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा ललिता कुमारीले पटकपटक सदनमा जनसरोकारका विषय उठाए पनि ती विषयले सञ्चार माध्यममा पर्याप्त स्थान नपाएको गुनासो गरिन् । व्यक्तिगत टिप्पणी र चरित्रमाथि आक्षेप लगाउने सामग्री तथा प्रतिक्रियाले भने बढी स्थान पाउने उनको भनाइ छ । “मैले एकपटक हैन, पटकपटक सदनमा जनसरोकारको विषय उठाएको छु”, उनले भनिन्, “सञ्चार माध्यममा त्यो जनताको आवाज मैले उठाउँदा कहीँकतै स्थान पाएको छैन । तर व्यक्तिगत टिप्पणी र चरित्रहत्या गर्ने सञ्चारकर्मी एवं कमेन्टहरू धेरै छन् ।”

प्रतिनिधिसभाका महिला सांसदहरूले आफूहरूले भोगिरहेका समस्या ‘कभरेज’ नपाउने मात्र नभइ कतिपय व्यक्तिगत विषयमा अनावश्यक टिकाटिप्पणी हुने गरेको अनुभव बताइन् । समाचारमा आफूहरूले उठाएका राजनीतिक मुद्दाभन्दा लैङ्गिकता, पहिचान, पहिरन, अनुहार, समुदाय र निजी जीवनले प्राथमिकता पाउने गरेको भन्दै आफूहरू हतोत्साहित हुनुपरेको उनीहरूको भनाइ छ ।

Hardik health

नेकपा (एमाले) का सांसद रिगङ्ला यादवले सञ्चारकर्मीसँग आफ्ना कुरा राख्नसमेत डर लाग्न थालेको अनुभव सुनाइन् । “म पत्रकार/सञ्चारकर्मीसँग डराउछु, धेरै डराउन थालेको छु”, उनले भनिन् “मेरो अभिव्यक्तिलाई जसरी प्रस्तुत गर्न खोजिन्छ, भिडियोमा आउने तुच्छ कमेन्टले म आजित छु ।” उनका अनुसार सञ्चार माध्यम र सामाजिक सञ्जालमा हुने ‘ट्रोलिङ’ले आफूलाई सार्वजनिक रूपमा अभिव्यक्ति दिनसमेत असहज बनाएको छ । “जुन किसिमले मेरो ट्रोल बनाइयो, आत्मविश्वास मात्र खस्केको छैन, सञ्चारकर्मीसँग बोल्न मलाई डर लाग्न थालेको छ”, उनले भनिन् ।

नेपाली कांग्रेसका सांसद रेखाकुमारी यादवले आफू मधेसी समुदायको भएकै कारण फरक दृष्टिकोणबाट आउने टिप्पणीप्रति आपत्ति जनाए । “तपाईं मधेसी जस्तो लाग्नुहुन्न, कति स्पष्ट बोल्नुभएको भन्ने टिप्पणी हास्यास्पद लाग्छ”, उनले भने । मधेसी तथा दलित समुदायका महिलाको मिडिया प्रभावकारी उपस्थिति अझै कम रहेको भन्दै उनले राष्ट्रिय मुद्दामा बोल्दा विषयभन्दा पहिरन, अनुहार वा बाहिरी प्रस्तुतीले प्राथमिकता पाएको भन्दै असन्तुष्टि व्यक्त गरे । नेपाली कांग्रेसकी सांसद नीनुकुमारी कर्णले मधेसी महिलामाथि हुने ‘स्टेरियोटाइपिङ’ का कारण आफूहरूले उठाउने विषय ओझेलमा पर्ने गरेको बताइन् । उनका अनुसार महिला सांसदहरूको राजनीतिक भूमिकालाई सबल बनाउन व्यक्तिगत टिप्पणी र पूर्वाग्रही प्रस्तुतीले बाधा पुर्याइरहेको छ ।

सार्वजनिक रूपमा हुने ट्रोलिङ र डिजिटल हिंसाले महिला सांसदहरूको राजनीतिक आवाज नै कमजोर हुने सांसद पार्वती विकको भनाइ  छ । “अब त हिंसा भोग्न कसैसँग भेट्नै पर्दैन”, उनले भनिन्, “कति सजिलै हामीमाथि विभिन्न माध्यमबाट हिंसा गरिन्छ । डिजिटल हिंसा विरुद्ध अब सामूहिक चेत र आवाज बोल्नुपर्छ ।”

यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का  सांसद सरस्वती लामाले महिलाको राजनीतिक परिचयसमेत पुरुषसँग जोडेर प्रस्तुत गर्ने प्रवृत्तिको अनुभव सुनाइन् । निर्वाचित भएपछि सञ्चार माध्यममा आफ्नो परिचयमा पटकपटक श्रीमान्को नाम जोडिएको उनले गुनासो गरिन् । “महिलासँगै सिङ्गो समुदायप्रति नै विभेद हुन्छ”, उनले भनिन् ।  महिला सांसदहरूले डिजिटल माध्यममा हुने हिंसालाई गम्भीर समस्याका रूपमा उठाएकी छन् । सामाजिक सञ्जालमा हुने व्यक्तिगत आक्षेप, ट्रोलिङ र अपमानजनक प्रतिक्रियाका बाबजुद पत्रकारिताले आफूहरूलाई नेतृत्वको भूमिका निर्वाह गर्न आत्मविश्वाससमेत दिएको उनीहरूको अनुभव छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले राजनीतिमा महिलाको उपस्थितिलाई स्थापित गर्न सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । “कर्णालीबाट महिला निर्वाचित हुन सक्ने आत्मविश्वास मिडियाले सहयोग गर्यो”, उनले भनिन्, “सांसदको भूमिकामा हामीलाई अब्बल बन्ने प्रयासमा मिडियाले पनि हाम्रो उपस्थितिलाई स्थान दिनुपर्दछ ।” ‘एफडब्लुएल्डी’ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा सांसदहरूले सञ्चार माध्यमसँगको आफ्नो अनुभव सुनाउँदै यस्तो धारणा राखेकी हुन् ।


प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १५:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP