काठमाडौं– यतिबेला देशभर धानबाली भित्र्याउने समय हो । विशेषगरी पहाडी क्षेत्रमा धमाधम धान काटेर भित्र्याउने समयमै भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महशाखाले बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात् थप शक्तिशाली बन्दै गएको अवस्थामा नेपालमा बिहीबारदेखि शनिबारसम्मै असर पुग्न सक्ने पूर्वानुमान गरेको हो ।
मौसमविद् माधवी सिग्देलले बिहीबारदेखि नै नेपालमा यसको असर देखिन सक्ने बताइन् । ‘बंगालको खाडीमा रहेको चक्रवात् विस्तारै अति शक्तिशाली चक्रवात्को रुपमा विकसित हुने देखिन्छ । यो चक्रवात् कात्तिक ११ गते भारतको आन्ध्र प्रदेश र विशाखपटनममा पुग्ने देखिन्छ ।
नेपालमा यसको प्रभाव बिहीबारबाट पर्ने देखिन्छ । शुक्रबार र शनिबार कोशी मधेस बागमती गण्डकी लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हावाहुरी चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ,’ मौसमविद् सिग्देलले भनिन् ।
हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा र धादिङका हिमाली भूभाग, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका निम्ति ‘रेड अलर्ट’
भारी वर्षाबाट जोगाउन बालीनाली बिहीबारअघि नै भित्र्याउनसमेत सिग्देलले आग्रह गरिन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गर्दै तत्कालका लागि हिमाली क्षेत्रमा नजानसमेत उनको आग्रह छ ।
कहाँ–कहाँ पर्दै छ भारी वर्षा ?
सुदूरपश्चिम र कर्णालीबाहेकका अरू प्रदेशमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । ‘हालसम्मको मौसम विश्लेषणअनुसार कात्तिक १२ गते बिहीबारबाट सुरु भई विशेषगरी शुक्रबार र शनिबार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशसम्मको क्षेत्र बढी प्रभावित हुने सम्भावना रहेको छ,’ महाशाखाको विशेष बुलेटिनमा भनिएको छ ।
त्यसको प्रभावले शुक्रबारदेखि शनिबारसम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित मध्यमसम्मको र थोरै ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
‘लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ,’ महाशाखाले भनेको छ, ‘साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षासमेत सम्भावना छ ।’
महाशाखाले हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा र धादिङका हिमाली भूभाग, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका निम्ति ‘रेड अलर्ट’ जारी गरेको छ ।
सोही कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारभन्दा अघि नै गर्न महाशाखाले सुझाव दिएको छ । यो अवधिमा चिसोसमेत बढ्न सक्ने बताइएको छ । ‘चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन तथा पूर्वतयारी गर्नुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,’ महाशाखाले भनेको छ ।
प्राधिकरणले भन्यो– आवश्यक परे सवारी आवागमन बन्द गर्ने
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले यो अवधिमा आवश्यक परे सवारी आवागमन बन्द गर्नेसमेत जनाएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै मंगलबार भनेका छन्, ‘आवश्यक परेमा सवारी आवागमन बन्द गर्ने, गराउने । सवारी आवागमन बन्द गर्नुपूर्व सो को अग्रिम जानकारी सर्वसाधारणसम्म पु¥याउने व्यवस्था मिलाउने ।’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणद्वारा दुई दिन संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आम सर्वसाधारणलाई जोखिमबारे सुसूचित गर्न र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह
यो अवधिमा सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ । प्राधिकरणले यसका लागि सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आमसर्वसाधारणलाई जोखिमबारे सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
यसैगरी जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलगायतले पूर्वसूचना÷चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, गराउनेबारेमा सचेत रहनसमेत आग्रह गरिएको छ ।