Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २, २०८२

काठमाडौं- काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा चित्र कोर्नेबारे सीप सिकिरहेका छन् । सुरुमा स्केच गर्न सिकेका उनीहरु अहिले भित्तामा चित्र बनाउन जान्ने भएका हुन् ।

गत शुक्रबार सुस्मिना काफ्ले भित्तामा चित्र कोरिरहनुभएको थियो । एक हातले रङको डब्बा र अर्को हातले ब्रस चलाउँदै स्वयम्भूलाई आफ्नै स्कुलको भित्तामा उतारिरहनुभएकी काफ्लेले भने, “मलाई भित्तामा चित्र बनाउँदा आनन्द आइरहेको छ, सुरुमा प्राविधिक कुरा सिक्यौँ, अहिले फिल्डमै भित्तामा चित्र बनाइरहेकी छु, यसले कला सिक्ने मेरो चाहना पूरा गरिदिएको छ ।”  यहाँका विद्यार्थीले समूह बनाएर फोहर भित्ता सजाएका छन् । समूहमै सहभागी भएर चित्र कोरिरहेका भानु साउद भने, “भित्तामा चित्र कसरी बनाउने, आउटलाइन कसरी तान्ने, रङ कसरी भर्ने ? सबै सिकेपछि चित्र कोर्न थालेका हौँ ।”

केही विद्यार्थीले छेउमै बालबालिका खेल्दै गरेका चित्र बनाए । उनीहरुले बनाएको अर्काे भित्तेचित्रमा फूलमा मौरी घुमिरहेको थियो । अर्काे चित्रमा नेवारी महिला र धिमे बाजा देखिन्थ्यो । मुख्यगरी जनजीवन, संस्कृति र सम्पदालाई उनीहरुले भित्तामा सजाएका थिए । सिकाइरहेका कलाकार रोजन खड्काले ४ देखि ८ कक्षाका विद्यार्थीलाई शिक्षामा सीप कार्यक्रमअन्तर्गत कला शिक्षा दिइरहेको बताए । हरेक शुक्रबार यसरी नै सिकाइने गरिएको उनीले बताए । 

शिक्षिका विन्देश्वरी महर्जन उक्त स्कुलमा पहिलोपटक यो कार्यक्रम चलाएको र यसलाई निरन्तरता दिन सके राम्रो हुने बताए । “विद्यार्थीले सिक्न चासो दिएका छन्, यसलाई विद्यालयको पाठ्यक्रममै राख्नसके राम्रो हुन्थ्यो,” उनले भने । काठमडौँ महानगरपालिकासँग मिलेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले उक्त शिक्षामा सीप कार्यक्रम चलाउँदै आएको छ । गत वर्ष चलाएको कार्यक्रम प्रभावकारी देखिएपछि यसवर्ष पनि यसलाई निरन्तरता दिइएको हो । विगतमा त्यसरी बनाएका कला प्रतिष्ठानमा प्रदर्शनीसमेत गरिएको थियो । उनीहरुका चित्र व्यावसायिक चित्रकारका जस्तै देखिन्छन् ।

Hardik health

काठमाडौँ–६ महाङ्कालस्थित जनकल्याण माविका विद्यार्थी पनि कला सिर्जनामा रमाउँदै आएका छन् । उनीहरु कक्षा कोठामै बसेर आर्ट पेपरमा थरीथरीका चित्र कोर्दै गरेका भेट्टिए । कक्षा ९ र १० का ३० विद्यार्थी उक्त कार्यक्रममा सहभागी छन् । महेन्द्र तामाङ र दीपक आउजीले यहाँ विद्यार्थीलाई कला सिकारहेका छन् । उक्त विद्यालयको कला फोकल शिक्षक दीपक घिमिरे यस्ता कार्यक्रमबाट विद्यार्थीले सिर्जना तिखार्ने अवसर पाउने बताए ।

यस्तै, महेन्द्र बौद्ध मावि, बौद्धका विद्यार्थीहरु चन्द्र मगर, अर्पण लामा, दावा शेर्पा र जीवन लामा माटोबाट बौद्ध स्तुपा बनाइरहेका थिए । उनीहरुसहित २४ विद्यार्थीले माटोमा आकार दिइरहेका थिए । पन्ध्र दिनको सिकाइमा उनीहरु विभिन्न चित्राकृति र मूर्ति बनाउन सक्ने भएका छन् । स्कुलका शिक्षक खेमनाथ सापकोटा यो कार्यक्रमले विद्यार्थीको सिर्जनात्मक क्षमताको विकास भएको बताए ।

“रङमा खेल्दा विद्यार्थीले रमाउँदै सिक्ने अवसर पाएका छन्, यस्ता कार्यक्रम आवश्यक छन्, पढाउँदा जबर्जस्ती गर्नुपर्ने जस्तो लाग्ने, तर यो काम भने उनीहरु आफै सिक्न खोज्ने देखिए, यस्ता कर्याक्रमबाट सिकाइ प्रभावकारी हुन्छ,” शिक्षक सापकोटाले भने । यसैगरी, विद्यार्थीले टङ्गला स्कुलमा पनि भित्ते चित्र बनाएका छन् । पीपलको रूखमुनि गौतमबुद्ध बसिरहेका सुन्दर भित्ते चित्रसहित प्रकृति र जनजीवनका चित्र उनीहरुले बनाएका छन् । विद्यार्थीहरु कला सिर्जना गर्न पाएकामा खुसी र उत्साहित देखिएका छन् । यसले भविष्यमा उनीहरुलाई बाटो देखाउन सहज हुने विश्वास गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौरगङ्गा दर्शनधारी महानगरको शिक्षा र सीप कार्यक्रमअन्तर्गतको विद्यार्थीहरुले कला सिकिरहेको बताए । विद्यालयतहबाटै कला सिकाउनु पर्छ भन्ने प्रतिष्ठानको उद्देश्य रहेको सुनाउँदै उनले यसलाई एउटा छुट्टै कोर्सका रुपमा विकास गर्न जरुरी रहेको बताए

काठमाडौँ महानगर र ललितकला प्रज्ञा-प्रतिष्ठानबीच सम्झौता भएर यो कार्यक्रम सुरु भएको हो । यो कार्यक्रमले आर्टलाई तल्लो तहबाटै जानकारी दिनुपर्छ भन्ने उद्देश्य महानगरले पूरा गरिदिएको प्रतिष्ठानले जनाएको छ । अहिले २६ स्कुलका विद्यार्थी भित्तेचित्र कोर्न सिकिरहेका छन् भने १७ विद्यालयका विद्यार्थी चित्रकला र मूर्तिकला सिकिरहेका छन् । हरेक विद्यालयमा २० देखि ३० विद्यार्थी कार्यक्रममा सहभागी भएका छन् ।
­­­


प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह शनिबार, जेठ ९, २०८३
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय  
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय   बिहीबार, जेठ ७, २०८३
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड बिहीबार, जेठ ७, २०८३
असार १ गतेदेखि ११ कक्षाको पठनपाठन सुरु हुने 
असार १ गतेदेखि ११ कक्षाको पठनपाठन सुरु हुने  बुधबार, जेठ ६, २०८३
शिक्षकलाई मगर खाम भाषाको तालिम
शिक्षकलाई मगर खाम भाषाको तालिम आइतबार, जेठ ३, २०८३
असार १ गतेबाट कक्षा ११ मा भर्ना  सुरू हुने
असार १ गतेबाट कक्षा ११ मा भर्ना सुरू हुने शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP