काठमाडाैं - रिलायन्स फाइनान्स लि. र मेट्रो ल्याब बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मेट्रो ल्याब प्रा.लि.ले फाईनान्सका कर्मचारी तथा ग्राहकहरुलाई ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको हाे ।
रिलायन्स फाईनान्सको प्रधान कार्यालय कमलादीमा भएको सम्झौता अनुसार मेट्रो ल्यावले प्रदान गर्ने Full body health package मा लाग्ने शुल्कमा १० प्रतिशत र अन्य ल्याव परिक्षणहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सहमतिपत्रमा फाईनान्सका प्रमुख कार्यकारी अधिकारी डा. बुद्धि मल्ल र मेट्रो ल्याबका प्रबन्ध निर्देशक श्री शंकर देबकोटाले हस्ताक्षर गरेका हुन् ।
काठमाडौंको बानेश्वरबाट सेवा प्रदान गर्दे आएको ल्यावले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्ड मार्फत भुक्तानी गर्दा कर्मचारीहरु तथा ग्राहकहरुले यि छुटहरु पाउने सम्झौतात्रमा उल्लेख छ । देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि चितवनको लर्डस् सिबिसि प्लाजा, मण्डला नोलिंङ लर्डस् प्राईम काठमाण्डौं, डायमण्ड प्लालेस लर्डस् प्लाजा नेपालगञ्जसंग बिभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको थियो ।