काठमाडौं - अनिल बुढा मगरको निर्देशन रहेको फिल्म ‘मितज्यू’को छायाङ्कन सकिएको छ । एक महिना समय खर्चिएर लागि परेकाे फिल्मको छायांकन सकिएको निर्देशक मगरले बताएका हुन् ।
वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मले छायांकन थालेको थियो । फिल्मका निर्माता जनक घर्ती मगर हुन् । फिल्म सामाजिक कथावस्तुमा निर्माण भएको छ । फिल्मको दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन भएको छ ।
दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहेको फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गर्दैछिन् ।आरआर फिल्मस वितरक रहेको फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।