Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • ‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म
‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ८, २०८२

काठमाडौं -  बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ को चौधौँ संस्करण आगामी चैत २ देखि ८ गते (मार्च १६-२२, २०२६) सम्म नेपालसहित विश्वभर मनाइने भएको छ । नेपालमा रहेक वर्षजस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ‘ग्लोबल मनी विक २०२६’ आयोजना गर्ने भएको हो । 

केन्द्रीय बैंकको संयोजनमा बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था, बिमा कम्पनी, सहकारी संस्था, पुँजीबजारसँग सम्बन्धित निकाय तथा अन्य वित्तीय सेवा प्रदायकको सक्रिय सहभागिता रहने बताइएको छ । 

राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था, शैक्षिक प्रतिष्ठान, गैरसरकारी संस्था तथा सरोकारवाला निकायलाई ‘ग्लोबल मनी विक’ मा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ । वित्तीय पहुँच विस्तारसँगै वित्तीय सेवाको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्नु वर्तमान आवश्यकता रहेको जनाउँदै बैंकले सामूहिक प्रयासबाट मात्र दिगो वित्तीय समावेशिता सम्भव हुने उल्लेख गरेको छ ।

Hardik health

‘ग्लोबल मनी विक’ मूलतः किशोरकिशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । ‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट’ (ओइसिडी) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । 

राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा यो अभियान सञ्चालन भइरहेको छ । अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलुकका करिब सात करोड बालबालिका, किशोरकिशोरी र युवा लाभान्वित भएको ओइसिडीले जनाएको छ । ग्लोबल मनी विकको स्थायी नारा ‘सिक, बचाउ, कमाउ’ (लर्न, सेभ, अर्न) रहेको छ भने यस वर्षको नारा ‘स्मार्ट मनी टक्स’ रहेको छ ।

वित्तीय निर्णयहरूमा सचेत सहभागिता, बचत तथा लगानीको संस्कार विकास, डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग तथा जिम्मेवार उपभोग प्रवर्द्धन गर्नु यस अभियानका प्रमुख उद्देश्यहरू रहेका राष्ट्र बैंकले जनाएको छ । अभियानअन्तर्गत विद्यालय तथा क्याम्पस केन्द्रित वित्तीय शिक्षा कार्यक्रम, अन्तरक्रियात्मक छलफल, निबन्ध तथा वक्ततृत्व प्रतियोगिता, डिजिटल वित्तीय साक्षरतासम्बन्धी तालिम, वित्तीय उपभोक्ता अधिकारबारे सचेतनामूलक कार्यक्रमलगायत विविध गतिविधि सञ्चालन हुँदै आएका छन् । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
लुम्बिनी विकास बैंककाे  सीईओमा सुमन आचार्य नियुक्त
लुम्बिनी विकास बैंककाे सीईओमा सुमन आचार्य नियुक्त शुक्रबार, साउन १, २०८३
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा शुक्रबार, साउन १, २०८३
कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी
कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी बिहीबार, असार ३२, २०८३
महालक्ष्मी  बैंकद्वारा विभिन्न संस्थागत कार्यक्रमहरु सम्पन्न
महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थागत कार्यक्रमहरु सम्पन्न बिहीबार, असार ३२, २०८३
सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न 
सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न  बिहीबार, असार ३२, २०८३
युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न बुधबार, असार ३१, २०८३
मुक्तिनाथ बैंक लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण
मुक्तिनाथ बैंक लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP