Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता
रोजगारीको अवसरभन्दा बढी संघर्ष, पीडा र रोगसँगको लडाइँको दस्तावेज बनेर स्वदेश फर्किइन् रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता
दिपक चन्द / रासस
दिपक चन्द / रासस शुक्रबार, फागुन ८, २०८२

भद्रपुर- परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँदैन ।  मेचीनगर नगरपालिका–८ की सीता थापामगर पनि यही बाध्यताको यात्रामा परदेशिइन्। कुबेतदेखि लेबनान र साउदी अरबसम्म फैलिएको उनको जीवन यात्रा वैदेशिक रोजगारीको अवसरभन्दा बढी संघर्ष, पीडा र रोगसँगको लडाइँको दस्तावेज बनेर स्वदेश फर्किएकी छन्  ।

सीताको विवाह १६ वर्षकै उमेरमा २०४७ सालमा भयो । किशोरावस्थामै गृहस्थीको जिम्मेवारी सम्हाल्न थालेकी सीताले छोटो समयमै मातृत्वको अनुभव पनि गरिन् । एक छोरा र एक छोरीको जन्मसँगै जीवनले नयाँ अर्थ लिँदै थियो । तर उनको उमेर २५ वर्ष नपुग्दै श्रीमानको निधन भयो । श्रीमान गुमाउँदा सीताले केवल जीवनसाथी मात्र गुमाइनन्, उपचारका क्रममा लागेको ऋण पनि उनकै काँधमा आइपर्‍यो ।

श्रीमानकाे मृत्युपछि परिवारको सम्पूर्ण जिम्मेवारी सीतामाथि आयो । स-साना छोराछोरी, सासू–ससुरा र घरखर्च सबै एक्लैले धान्नुपर्ने अवस्था आयो । नेपालमै मजदुरी गरेर ऋण तिर्न र परिवार पाल्न सम्भव नदेखिएपछि उनले परदेश जाने कठिन निर्णय लिइन्  । आफन्तको सहयोगमा भारतको बाटो हुँदै भिजिट भिसामा २०६२ सालतिर सीता कुबेत पुगिन् । कुबेत जान करिब २० हजार रुपैयाँ खर्च भएको थियो, जुन रकम जुटाउन नै उनलाई सङ्घर्ष गर्नुपरेको थियो ।

कुबेतमा सीताले घरेलु कामदारका रूपमा काम सुरु गरिन् । मासिक करिब आठ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउथिन् । तर परदेशी जीवन उनका लागि सहज थिएन । बिहानदेखि रातिसम्म निरन्तर काम गर्नुपर्ने, पर्याप्त आरामको अभाव, भाषागत कठिनाइ र असुरक्षित कार्य वातावरणसँग उनले दिनहुँ जुधिरहनुपर्यो‍ । आफ्नो दुःख व्यक्त गर्ने ठाउँ र भरोसाको आधार नहुँदा मानसिक रूपमा पनि उनीकमजोर बन्दै गइन्  । राम्रो साहु नपर्दा गालीगलौज, अपमान र मानसिक तनाव सहनु परेको अनुभव सीताले सुनाइन्। यस्ता कठिन परिस्थितिबीच पनि उनले हार मानिनन् । चार वर्षसम्मको कुबेत बसाइँमा भोगिएका पीडा र सङ्घर्षकै बीच श्रीमानको उपचारका क्रममा लागेको ऋण तिर्न भने उनी सफल भइन्  ।

Hardik health

ऋण तिरेर नेपाल फर्केपछि सीताले स्वदेशमै बस्ने योजना बनाइन्  । परिवारसँगै बसेर छोराछोरीको हुर्काइ र शिक्षामा ध्यान दिने उनको चाहना थियो । तर समयसँगै छोराछोरी हुर्कंदै गए र उनीहरूको शिक्षा–दीक्षा, खानपान तथा दैनिकीका खर्च क्रमशः बढ्दै गयो । दैनिक जीवन चलाउनकै लागि पनि आर्थिक दबाब बढ्दै जाँदा परिवारको दायित्व घट्नुको सट्टा झन् थपिँदै गयो ।

नेपालमै सीमित आम्दानीका स्रोतले ती सबै जिम्मेवारी धान्न कठिन भएपछि सीता फेरि पनि परदेशकै बाटो रोज्न बाध्य भइन्  । यसपटक भने उनले अघिल्ला अनुभवबाट सिक्दै मेनपावरमार्फत कानुनी प्रक्रियाबाट वैदेशिक रोजगारीमा जाने निर्णय गरिन् । सोही क्रममा २०६८ सालमा ६० हजार रुपैयाँ खर्चेर सीता मेनपावर कम्पनीमार्फत लेबनान पुगिन्।

लेबनानमा उनको काम एक वृद्ध आमाको हेरचाह गर्ने थियो । काम तुलनात्मक रूपमा सहज थियो र मासिक करिब १५ हजार नेपाली रुपैयाँ जति पारिश्रमिक पाउथिन्  । सीता स्थिर आम्दानी र कामको सहजताले उनी केही सन्तुष्ट हुनुहुन्थ्यो । तीन वर्षसम्म लेबनानको बसाइँ सामान्य रूपमा चलिरहेको थियो । तर जीवनले फेरि उनलाई ठूलो पीडा दियो । लेबनानमै काम गरिरहेको अवस्थामा नेपालबाट आएको खबरले सीताको जीवन फेरि बदलियो । उनका किशोर छोरा घरमै असामयिक निधन भएको खबर आयो ।

यो खबर सीताको जीवनकै सबैभन्दा ठूलो आघात बन्यो । आमाका लागि सन्तान गुमाउनु शब्दले व्यक्त गर्न नसकिने पीडा हो । परदेशमा बसेर सुनेको यो दुःखद समाचारले उनलाई गहिरो मानसिक चोट पुर्‍यायो । तीनवर्षे लेबनान बसाइँ पूरा हुन नपाउँदै सीता सबै काम छोडेर नेपाल फर्किनुभयो । घर फर्किएपछि केही समय उन स्वदेशमै बस्नुभयो । शोकको पीडा, परिवारको अवस्था र बाँकी जिम्मेवारी सम्हाल्ने प्रयासमै उनका दिन बित्न थाले । छोराको असामयिक निधनको पीडाले मन भारी रहँदा पनि जीवन चलाउनुपर्ने बाध्यता टरेन । यही क्रममा आर्थिक अभाव फेरि पनि उनको जीवनमा उपस्थित भयो, जसले सीतालाई पुनः कठिन निर्णयतर्फ धकेल्ने परिस्थिति सिर्जना गर्‍यो ।

दुई वर्षपछि सीता पुनः मेनपावरमार्फत साउदी अरब पुगिन् । साउदीमा उनले अस्पतालमा क्लिनरका रूपमा काम गरिन्  । कामको प्रकृति शारीरिक रूपमा मेहनतिलो थियो र लामो समयसम्म निरन्तर काम गर्नुपर्ने अवस्था रहन्थ्यो । पाँच वर्षसम्म लगातार काम गर्दा परिवारको जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान केन्द्रित हुँदा आफ्नो स्वास्थ्यप्रति भने पर्याप्त ध्यान दिन नसकेको उनले बताइन् । यही क्रममा घाँटीमा समस्या देखापर्‍यो । 

प्रारम्भमा सामान्य समस्या ठानेर बेवास्ता गरिए पनि समस्या बढ्दै गएपछि साउदीमै चार महिना उपचार गराइन् तर उपचारबाट अपेक्षित सुधार हुन सकेन । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि अन्ततः उनी नेपाल फर्किइन्। नेपाल आएपछि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा जाँच गराउँदा उनलाई दोस्रो चरणको घाँटीको क्यान्सर भएको पुष्टि भयो, जसले सीताको जीवनमा अर्को ठूलो चुनौती थपिदियो ।

क्यान्सरको खबरले सीताको जीवनमा अर्को ठूलो चुनौती थपियो । उपचारका क्रममा हालसम्म १४ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अझै पनि नियमित उपचार र ‘फलोअप’ का लागि भरतपुर धाउनुपर्ने अवस्था छ । सीमित आम्दानी र स्रोतका बीच थोरै बचत, ऋण तथा आफन्तको सहयोगमा उनले उपचारलाई निरन्तरता दिइन् । शारीरिक पीडा, मानसिक तनाव र आर्थिक दबाबका बाबजुद पनि उनले हार मानिनन् । लामो सङ्घर्षपछि उन क्यान्सरमाथि विजय पाउन सफल भइन् । तर उपचारमा लागेको ठूलो खर्च र निरन्तर स्वास्थ्य हेरचाहको आवश्यकताले उनको जीवन अझै पनि पूर्ण रूपमा सहज बन्न सकेको छैन ।

मेचीनगर नगरपालिकाले आयोजना गरेको एक अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदा मात्रै सीताले वैदेशिक रोजगार बोर्डबाट गम्भीर बिरामी उपचार सहयोग पाउन सकिने जानकारी पाउनुभयो तर उनका लागि आवेदन गर्ने समयसीमा गुज्रिसकेको थियो । “यो जानकारी मलाई समयमै किन कसैले दिएन?” भन्ने प्रश्न आज पनि उनको मनमा घुमिरहन्छ । यद्यपि, वैदेशिक रोजगार म्यादी बीमाबाट भने सीताले गम्भीर बिरामी बापतको केही रकम पाउन सफल भइन् । 

हाल सीता थापामगर मेचीनगर–८ मै रहेको दुई कट्ठा जमिनमा बनेको सानो घरमा बसोबास गर्दै आउनुभएको छ । उनकी कान्छी छोरी हाल रोजगारीका लागि युएईमा छिन् । छोरीकै आम्दानीले अहिले उनको उपचार र दैनिकी चलेको छ । “विदेश जानु कसैको रहर होइन, बाध्यता हो,” सीताले भनिन्, “तर विदेश जानुअघि धेरै सोचविचार गर्नुपर्छ, आफ्नो स्वास्थ्य र सुरक्षालाई पनि उत्तिकै महत्व दिनुपर्छ ।” सीताको जीवन कथा केवल एउटी महिलाको सङ्घर्षको कथा होइन । यो हजारौँ नेपाली वैदेशिक श्रमिकहरूको साझा यथार्थ हो । युवावस्थामा परदेशमा पसिना बगाउने, परिवारका लागि सपना साँच्ने र उमेर ढल्किँदा रोग, पीडा र आर्थिक अभाव बोकेर स्वदेश फर्किनुपर्ने बाध्यता धेरै नेपालीले भोगिरहेका छन् । सूचना र पहुँचको अभावले उनीहरूको पीडा अझ गहिरो बनेको छ ।

सीता थापामगरको कथा वैदेशिक रोजगारीको चम्किलो पक्षभन्दा परको वास्तविकता हो । ऋण तिर्न परदेश गएकी सीता आफैँ रोगी भएर फर्किन बाध्य भइन्  । उनको अनुभवले राज्य, समाज र सरोकारवालालाई गम्भीर प्रश्न सोधिरहेका छ– वैदेशिक श्रमिकका लागि समयमै सूचना, स्वास्थ्य सुरक्षा र उपचार सहयोग कति प्रभावकारी छ ? सीताको जीवनले एउटा सन्देश दिन्छ–वैदेशिक रोजगारी समाधान मात्र होइन, जिम्मेवारी पनि हो । श्रमिकको श्रमसँगै उसको स्वास्थ्य, सुरक्षा र भविष्यको प्रत्याभूति राज्यले गर्न सके मात्र परदेशको पसिना अर्थपूर्ण बन्न सक्छ । नत्र, सीता थापामगरजस्ता श्रमिकका कथाहरू बाध्यताको इतिहास बनेर पुस्तौँसम्म दोहोरिइरहनेछन् ।


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी बुधबार, साउन २०, २०८३
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP