Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल आजबाट सञ्चालनमा
इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल आजबाट सञ्चालनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ८, २०८२

काठमाडौं - पर्यटकीय नगरी इलाममा सिनेमा प्रेमीहरूका लागि खुसीको खबर थपिएको छ । धरान र बुटवलमा सफलतापूर्वक सञ्चालन भइरहेको 'फ्रेन्ड्स सिनेमा'ले पूर्वको पहाडी जिल्ला इलाममा आफ्नो तेस्रो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबार एक भव्य समारोहका बीच इलाम नगरपालिका-७ स्थित नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको हो ।

नयाँ हलको उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता पल शाह, चर्चित अभिनेत्री उषा उप्रेती र द्वन्द्व निर्देशक तथा निर्माता चन्द्र पन्तको विशेष उपस्थिति रहेको थियो । आफ्ना प्रिय कलाकारलाई नजिकैबाट देख्न पाउँदा इलामेली दर्शकहरूको उत्साह हेर्नलायक थियो । हल परिसरमा दर्शकको बाक्लो उपस्थिति र हुटिङले कार्यक्रम निकै उत्सवमय बनेको थियो ।

करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको यो हलमा १८८ सिट क्षमता रहेको छ । नगरपालिकाको बहुतले पार्किङ भवनमा सञ्चालनमा आएको यस सिनेमा हलमा विश्वस्तरीय प्रविधि प्रयोग गरिएको छ । फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीका अनुसार हलमा 'टुके प्रोजेक्सन' र 'डल्बी डिजिटल साउन्ड सिस्टम' जडान गरिएको छ, जसले गर्दा दर्शकले काठमाडौंका महँगा मल्टिप्लेक्सहरूमा पाइने जस्तै गुणस्तरीय ध्वनि र चित्रको अनुभव लिन पाउनेछन् ।

Hardik health

सञ्चालकहरू प्रदीप धामी, पुष्कर घिमिरे र आशिष तामाङले इलामका दर्शकहरूलाई एउटा पारिवारिक र सुविधासम्पन्न वातावरणमा फिल्म हेर्ने अवसर प्रदान गर्न यो हल सञ्चालनमा ल्याइएको बताएका छन् । अध्यक्ष धामीले भने, "हाम्रो लक्ष्य भनेकै मोफसलका दर्शकलाई राजधानीको स्तरको सेवा दिनु हो । अब इलामका फिल्म प्रेमीहरूले गुणस्तरीय सिनेमा हेर्नकै लागि झापा झर्नुपर्ने बाध्यता अन्त्य भएको छ । हामीले अत्याधुनिक प्रविधिसँगै आरामदायी बस्ने व्यवस्था र पारिवारिक वातावरणलाई प्राथमिकता दिएका छौँ ।"

इलाममा स्तरीय सिनेमा हलको अभाव खड्किरहेका बेला फ्रेन्ड्स सिनेमाको आगमनले स्थानीय मनोरञ्जन क्षेत्रमा नयाँ इँटा थपेको छ । यो हल सञ्चालनमा आएसँगै नयाँ नेपाली चलचित्रहरू देशभर रिलिज भएकै दिन इलाममा पनि प्रदर्शन हुनेछन् । यसले गर्दा स्थानीय बासिन्दा मात्र नभई इलाम घुम्न आउने पर्यटकहरूका लागि पनि मनोरञ्जनको एउटा राम्रो गन्तव्य थपिएको छ ।

फ्रेन्ड्स सिनेमाले आगामी दिनमा देशका अन्य सहरहरूमा पनि आफ्नो चेन विस्तार गर्ने योजना बनाएको जानकारी दिएको छ । फ्रेन्डस् सिनेमाका डाइरेक्टर आशिस एच तामाङले सम्भव भएसम्म अन्य जिल्लामा पनि हल विस्तार गर्ने योजना रहेको बताए । नेपाली चलचित्रको बजार विस्तार गर्ने हो भने पहिला घरेलु बजार नै बढाउँदै लैजानु पर्ने उनको धारणा छ ।अहिले पनि ठूला सहरमा बस्नेबाहेकका दर्शकलाई हलमा चलचित्र हेर्न वातावरण नरहेको भन्दै तामाङ जिल्ला–जिल्लामा सानासाना सिनेमा घर खोल्ने हो भने अहिलेकै अवस्थामा पनि घरेलु बजार दोब्बरभन्दा माथि बढ्ने बताउँछन् ।


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
तीज फेस्टिबल एवं तीज म्युजिक अवार्डको आवेदन खुला
तीज फेस्टिबल एवं तीज म्युजिक अवार्डको आवेदन खुला बुधबार, साउन २०, २०८३
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने सोमबार, साउन १८, २०८३
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई आइतबार, साउन १७, २०८३
फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै
फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा बिहीबार, साउन १४, २०८३
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP