Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • जनकपुरधाममा ‘साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’
जनकपुरधाममा ‘साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ५, २०८२

धनुषा- मैथिली विकास कोषको आयोजनामा चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव’ आजदेखि सुरु भएको छ । रङ्गभूमि मैदानबाट भव्य सांस्कृतिक झाँकीसहित महोत्सवको औपचारिक उद्घाटन गरिएको हो ।

उद्घाटनका अवसरमा निकालिएको शोभायात्रा रङ्गभूमि मैदानबाट सुरु भई नगर परिक्रमा गर्दै विभिन्न सांस्कृतिक प्रस्तुति र लोकझाँकीसहित सम्पन्न भएको थियो । मैथिली वेशभूषामा सजिएका कलाकार, स्थानीय समुदायका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिताले जनकपुरधामको मुख्य सडक क्षेत्र उत्सवमय बनेको देखिन्थ्यो ।

कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार महोत्सवले जनकपुरधामको बहुआयामिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ । “विभिन्न जातजाति र समुदायका सांस्कृतिक झल्को प्रस्तुत गरी हाम्रो मौलिक पहिचानलाई सशक्त बनाउने प्रयास गरेका छौँ,”  उनले भने ।

Hardik health

शुक्रबारसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत साहित्यिक गोष्ठी, कवितावाचन, पुस्तक विमोचन, चित्रकला प्रदर्शनी, नाटक मञ्चन तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ । आयोजकका अनुसार कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका कलाकार, साहित्यकार र रङ्गकर्मीहरूको सहभागिता रहनेछ । 

महोत्सवको पहिलो दिन आयोजित सांस्कृतिक झाँकीमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको सहभागिता रहेको थियो । मैथिली वेशभूषामा सजिएर शोभायात्रामा सहभागी भएका उहाँले महोत्सवको सफलताको कामना गर्दै मैथिली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा कोषले खेलेको भूमिकाको खुलेर प्रशंसा गरे । उनले यस्ता कार्यक्रमले सांस्कृतिक एकता र सामाजिक सद्भाव सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

आयोजक संस्थाले यस वर्ष आफ्नै भवनमा महोत्सव आयोजना गरेको जनाएको छ । विगत वर्षहरूको अनुभवलाई समेट्दै यस पटक कार्यक्रमलाई अझ व्यवस्थित, फराकिलो र अन्तरराष्ट्रिय सहभागितामुखी बनाइएको कोषले जनाएको छ । जनकपुरधामको सांस्कृतिक धरोहर, धार्मिक महत्व र ऐतिहासिक पृष्ठभूमिलाई साहित्य र नाट्य माध्यमबाट विश्वसामु प्रस्तुत गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।

महोत्सव सफल बनाउन आयोजकले सम्पूर्ण साहित्यप्रेमी, कलाकार, बुद्धिजीवी तथा सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।     जनकपुरधाममा सुरु भएको यो सांस्कृतिक उत्सवले आगामी चार दिन सहरलाई साहित्य, कला र रङ्गमञ्चको सङ्गमस्थल बनाउने विश्वास गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘एलिफेन्ट्स इन द फग’ का समूह नेपालमा
‘एलिफेन्ट्स इन द फग’ का समूह नेपालमा सोमबार, जेठ ११, २०८३
सविनको ‘कल्पना’मा प्रेम बिर्सन नसक्ने प्रेमीको कथा
सविनको ‘कल्पना’मा प्रेम बिर्सन नसक्ने प्रेमीको कथा सोमबार, जेठ ११, २०८३
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने आइतबार, जेठ १०, २०८३
फिल्म ‘मितज्यू’ दर्शकले रुचाए:अभिनेत्री टेरिया फौजा
फिल्म ‘मितज्यू’ दर्शकले रुचाए:अभिनेत्री टेरिया फौजा आइतबार, जेठ १०, २०८३
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण शनिबार, जेठ ९, २०८३
नयाँ सांगीतिक नेवारी गीत ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक
नयाँ सांगीतिक नेवारी गीत ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक शुक्रबार, जेठ ८, २०८३
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’ बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP