क्युएनए- इजरायली कब्जा बल (आइओएफ) ले सोमबार वेस्ट ब्यांकका विभिन्न क्षेत्रहरूबाट २० जना प्यालेस्टिनी पक्राउ गरेकाे छ ।आइओएफले दुई महिलासहित बीस जना प्यालेस्टिनी नागरिकहरूलाई पक्राउ गरेको हाे ।
वफा समाचार एजेन्सीका अनुसार आइओएफले तुलकार्म गवर्नरेटमा आठ प्यालेस्टिनी, अल-खलिल गवर्नरेटमा अन्य सात जनालाई पक्राउ गरेको छ । आइओएफले जेरुसेलमको उत्तरमा एकजना प्यालेस्टिनी युवकलाई एक जना प्यालेस्टिनीलाई कल्किल्या सहरमा र अर्को एक जनालाई अल-अघवार अल-शामालियामा पक्राउ गरेको जनाइएको छ ।
वेस्ट ब्यांक र अल-कुद्सका सहरहरू, र शरणार्थी शिविरहरूमा आईओएफले दैनिक छापा र आक्रमण गर्नुका साथै द्वन्द्व, गिरफ्तारी लगायतका मानव अधिकार विरोधि क्रियाकलाप भइरहेको जनाइएको छ ।