Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल
लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ४, २०८२

खोटाङ- रावाबेँसी गाउँपालिका-४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय सुरु गरेकाे २८ वर्ष पूरा भयो । कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित भएका छन् । 
उनको आर्ट फर्मको नाम हो ‘लाफा आर्ट’ । उनी आफ्नो वास्तविक नाम (भोजबहादुर)ले भन्दा पनि लाफा दाइ भनेर चिनिने गरेका  छन् ।

लाफा भनेको मगर भाषामा साथी हो ।  स्नातकसम्मको अध्ययन पूरा गरेर जिल्ला फर्केका भोजबहादुरले विसं २०५४ मा दिक्तेल बजारमा आर्ट व्यवसाय सुरु गरेका थिए  । आधिकारिक रुपमा ‘लाफा आर्ट’ फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका भोजबहादुरको अहिले मासिक कमाई  ८० हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म हुने गरेको जनाइएको छ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सल्लेसीटोलका गेहकुमार सैँजूको घरमा एउटा कोठा भाडामा लिएर आर्ट व्यवसाय सुरु गरेका भोजबहादुरले अहिले त्यसैको कमाईबाट आफ्नै घरसमेत किन्न सफल भएका छन् । केही थान कुची र रङको डब्बा राखेर व्यवसाय सुरु गरेका भोजबहादुरको अहिले फर्ममा मात्रै चार करोड रुपैयाँ बढी लगानी पुगेको भोजबहादुरले जानकारी दिए  । 

डुम्रेधारापानी निवासी पदमबहादुर र शुभद्रमायाँ थापामगरका कान्छो सन्तानका रुपमा विसं २०३४ पुस १५ गते जन्मेका भोजबहादुरले सामाजिक शास्त्रमा स्नातकसम्मको अध्ययन पूरा गरे । विसं २०६१ सालमा साकेला गाउँपालिका-२ रतन्छाकी रेनुका राईसँग प्रेमविवाह गरेका भोजबहादुरको दुई छोरी र एक छोरा छन् । 

Hardik health

सुरुमा ब्यानर तथा भित्ते लेखन गरेका  भोजबहादुरको आर्ट फर्ममा अहिले आर्टसम्बन्धीका सम्पूर्ण काम, शिलालेख, ताम्रपत्र, टुडी बोर्ड, लाइभ बोर्ड, थ्रिडी बोर्ड, डिजिटल बोर्ड, निओन बोर्ड, टी-सर्ट तथा छापहरु प्रिन्टलगायत सबै सेवा उपलब्ध छ । बिहानदेखि राति अबेरसम्म सेवाग्राहीको भीड लाग्ने भोजबहादुरको आर्ट फर्ममा उनकी श्रीमती रेनुकाले भरपुर सहयोग गर्दै आएकी छन् । 

आर्ट व्यवसायबाट नाम र दाम दुवै कमाउनुभएका भोजबहादुरले विभिन्न सङ्घर/संस्थाबाट सम्मान प्राप्त गरिसकेका  छन् । ललितकला सङ्गम विराटनगर र रोटरी क्लबले विसं २०५८ तथा खोटाङ वाङ्मय कला प्रतिष्ठानले विसं २०६० मा ताम्रपत्रसहित भोजबहादुरलाई सम्मान गरेको हो । 

सरकारी कार्यालय तथा सार्वजनिकस्थलहरुमा झुन्डिएका बोर्ड तथा ब्यानरहरु सबैमा लाफा आर्ट लेखिएका भेटिन्छन् । आर्टसँगै प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएका भोजबहादुरले कला भरेका आर्टका सामग्री बाहिरी जिल्लाहरु धरान, विराटनगर, राजधानी काठमाडौँलगायत सहरहरुमा समेत निर्यात हुने गरेको छ । 

आर्ट व्यवसायबाटै छोराछोरीको पठनपाठन तथा घरव्यवहार चलाउनाका साथै बचत गर्दै आएका भोजबहादुर दम्पतीका जेठी छोरी सीमा थापामगर भारतको बैङ्लोरमा नर्सिङ गर्दै छन्भने कान्छी सन्ध्या थापामगर काठमाडौँको रिलायन्स कलेजमा विज्ञान विषय लिएर कक्षा १२ तथा छोरा सस्टिन थापामगर दिक्तेल इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययन गर्दैछन् । धनकुटा बहुमुखी क्याम्पसबाट विसं २०५३ मा स्नातक उत्तीर्ण गररेका भोजबहादुरले एसएलसीसम्मको अध्ययन गाउँकै देउराली माध्यमिक विद्यालय डुम्रेधारापानीमा गरेका हुन् । 

सानै उमेरदेखि चित्रकलामा रुचि राख्नुहुने भोजबहादुर बिना प्रशिक्षण आर्ट पेसामा व्यावसायिक बनेका बताइएको छ । “मेरो पढाइ एकातिर भयो । व्यवसाय अर्कोतिर । तरै पनि यही व्यवसायबाट नाम र दाम दुवै कमाएको छु”, उनले भने, “व्यवसाय सफल हुनुमा रेणुको ठूलो हात छ । सेवाग्राहीको चाप भएको समयमा दुई जना (श्रीमान्/श्रीमती) मिलेर सेवा दिइरहेका छौँ । सेवाग्रही पनि सन्तुष्ट हुनुहुन्छ ।”

सेवाग्राहीले जिल्लामा हुने मेला/महोत्सव तथा आमसभाजस्ता सार्वजनिक कार्यक्रमका लागि आवश्यक ब्यानर, सजावटका सामग्रीलगायत सबै भोजबहादुरकै आर्ट फर्म बनाएर लाने गरेका छन् । दिक्तेलस्थित शान्तिटोलमा सञ्चालित लाफा आर्ट फर्मबाट उत्पादित सामग्री आकर्षक र गुणस्तरीय हुने सेवाग्राहीले बताउने गरेका छन् ।  आर्ट व्यवसायमा लामो समयदेखि निरन्तर जमिरहनुभएका भोजबहादुरलाई सेवाग्राहीहरुले जिल्लामा निर्माण भएका पार्क (उद्यान) तथा पाटीपौवामा समेत लगेर कला भर्न लगाउने गरेका छन् । भोजबहादुरले गरेकाे आर्ट सुन्दर, सफा र दीर्घकालीन हुने उनका सेवाग्राहीहरुले बताउँदै आएका छन् । 

भर्खरै साकेला गाउँपालिकाले निर्माण गरेको साकेला पार्कमा भोजबहादुरले नै आर्ट गरेका  छन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित गाउँपालिकाको लगानीमा निर्माण गरिएको साकेला पार्कमा भोजबहादुरले विभिन्न जातजातिको मौलिक पहिचान झल्कने आकर्षक चित्रहरु कोरेका  छन् । 

आर्ट व्यवसायसँगै प्रशिक्षको भूमिका निर्वाह गर्दै आउनुभएका भोजबहादुरका चेलाहरुले जिल्लाका विभिन्न ठाउँमा आ-आफ्नो व्यवसाय सुरु गरेका छन् । आफूले सिकाएका चेलाहरुले आफ्नो ठाउँमा फर्किएर आर्ट व्यवसायलाई व्यावसायिक रुप दिएकामा भोजबहादुर खुसी छन् ।   दश स्थानीय तह रहेको जिल्लामा भोजबहादुरसँगै किशोर राई र लक्ष्मण राईले आर्ट व्यवसाय गर्दै आएका छन् । किशोरले ‘रानोहँछा आर्ट’ र लक्ष्मणले ‘दुमी आर्ट’दर्ता गरेर व्यवसाय गरेका हुन् ।


प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन आइतबार, वैशाख २०, २०८३
उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती
उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती शनिबार, वैशाख १९, २०८३
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर बिहीबार, वैशाख १०, २०८३
संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा
संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा मंगलबार, चैत २४, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन सोमबार, चैत २, २०८२
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’ शुक्रबार, फागुन २९, २०८२
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP