Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ४, २०८२

खोटाङ- महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष बिमला राईले सञ्चालन गरेकी  ‘खोटाङ  उद्यमी कोसेली घर’ जिल्लाको स्थानीय उत्पादन प्रवर्द्धन गर्ने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाङ-३ बाम्राङकी उनले विसं २०८० असोज-९ गते दिक्तेल बजारमा औपचारिक रूपमा कोसेली घर स्थापना गरेकी हुन् । 

सामाजिक सङ्घ संस्था तथा राजनीतिमासमेत सक्रिय रहँदै आएकी अध्यक्ष राई विसं २०७७ मा महिला उद्यमी सङ्घको अध्यक्ष निर्वाचित भएकी थिइन् । जिल्लामा स्थानीय उत्पादनलाई व्यवस्थित बजार आवश्यक रहेको महसुस गर्दै अध्यक्ष राईले कोसेली घर सञ्चालन गरेकी हुन् । 

सुरुमा  सात हजार रुपैयाँ लगानी गरेर ३०-४० बट्टा अकबरे खुर्सानीको अचार उत्पादन गरेर कोसेली घर स्थापना गरेकी अध्यक्ष राईले दुई वर्ष नपुग्दै करिब  ३५ लाख रुपैयाँ लगानी पुगेको जानकारी दिएकी  छन् । “कोसेली घरमा जिल्लाभित्र उत्पादन भएका सामग्रीमात्र बिक्रीका लागि राख्ने गरेकी छु । केही सामग्री आफै उत्पादन गर्छौँ भने, अधिकांश सामग्री स्थानीय किसानबाट खरिद गरेर बिक्री गर्दै आएकी छु”, उनले भनिन्,“विशेषगरी विदेशमा रहेका खोटाङवासीले पुनः फर्किएर जाँदा कोसेलीका रूपमा खाद्य सामग्री खरिद गरेर लैजाने गरेका छन् ।कोसेली घरमा राखिएका सामग्री बेलायत, हङकङ, सिङ्गापुरलगायत देशमा निर्यात हुँदै आएको छ ।” जिल्लाका दश स्थानीय तहमध्ये विशेष गरी केपिलासगढी गाउँपालिकाबाट बढी सामग्री खरिद गरिँदै आएको अध्यक्ष राईले बताएकी छन् । उक्त क्षेत्रमा मह, बाँस तथा काठजन्य सामग्री र विभिन्न खाद्यान्न उत्पादन हुने भएकाले त्यहाँबाट नियमित रूपमा सामग्री सङ्कलन गर्ने गरेको उनको भनाइ छ । 

Hardik health

यसका साथै हलेसी, दिक्तेल, रावाबेँसी, साकेला लगायतका क्षेत्रबाट पनि सामग्री ल्याइँदै आएको अध्यक्ष राईले जानकारी दिएकी  छन् । स्थानीय किसानबाट सिधैँ सामग्री खरिद गरी बिक्री गर्दा किसानलाई प्रोत्साहन मिलिरहेको उनले बताइन् । कहिलेकहीँ आर्थिक अभावका कारण सबै किसानको उत्पादन खरिद गर्न नसकिने तथा हाताहाती भुक्तानी गर्न कठिनाइ हुने चुनौती रहेको अध्यक्ष राईले जानकारी दिइन् । कोसेली घरमा गुन्द्रुक, किनिमा, सिस्नोको धुलो, कोदो तथा फापरको पिठो, मकैको च्याख्ला, गहत, कालो दाल, सिमीलगायत खाद्यवस्तु बिक्रीका लागि राखिएको छ ।

दिक्तेलस्थित किरातचोकमा सञ्चालित कोसेली घरमा सुकुटी, विभिन्न अचार, भिरमौरी तथा घर मौरीको मह, गाई-भैँसी तथा भेडाको घ्यू, कोलमा पेलेको तोरीको तेल, अकबरे खुर्सानीको अचार, घरेलु जाँड तथा रक्सी उत्पादनमा प्रयोग हुने मर्चा, जडीबुटीजन्य वस्तु तथा हस्तकलाका सामग्री पनि उपलब्ध रहेको जनाइएको छ । हस्तकलातर्फ बाँसबाट निर्मित डालो, नाङ्लो, थुन्से, फिपी, कोक्रो, कठुवा, ठेकी, काठका चिन्डोलगायत सामग्री बिक्रीका लागि राखिएका छन् । 

ढाकाको टोपी, कपासको धागोबाट बुनिएको कपडा, भेँडाको ऊनबाट बनेका लुकुनी, घुमराडी, चकटीलगायत सामग्रीसमेत बिक्रीका लागि उपलब्ध रहेको उनले बताइन् । जिल्ला भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले चिनोका रूपमा हस्तकलाका सामग्री खरिद गर्ने गरेका छन् ।  कोसेली घर सञ्चालनमा राज्यबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्दै उनले वास्तविक रूपमा काम गरिरहेका उद्यमीहरूले अनुदान पाउनुपर्ने धारणा व्यक्त गरिन् । स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई व्यवसायिकीकरण गर्न स्थानीय सरकारले स्पष्ट नीति बनाउनुपर्ने उनको सुझाव छ । 

कोसेली घरलाई अझ व्यवस्थित बनाउँदै अनलाइनमार्फत बिक्री विस्तार गर्ने, थप कर्मचारी राख्ने तथा स्थानीय उत्पादनको ब्रान्डिङ र प्याकेजिङ व्यवस्थित गर्ने योजना रहेको अध्यक्ष राईले जानकारी दिइन् ।  कोसेली घरलाई व्यवस्थित बनाउन उनले एकजना कर्मचारी राखेर मासिक तलब प्रदान गर्दै आएकी छन् । जिल्लाका महिला उद्यमीले उत्पादन गरेका अचारलगायत खाद्यवस्तु विभिन्न कृषि प्रदर्शनीमा राखिँदै आएको जनाइएको छ । विशेषगरी अकबरे खुर्सानीको अचारले विभिन्न अवसरमा पुरस्कारसमेत प्राप्त गरिसकेको अध्यक्ष राईले जानकारी दिइन् ।
 


प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP