Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • राष्ट्रिय गाई प्रदर्शनीमा कामना कृषि फर्मको गाई सर्वोत्कृष्ट
राष्ट्रिय गाई प्रदर्शनीमा कामना कृषि फर्मको गाई सर्वोत्कृष्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २९, २०८२

नारायणगढ - चितवनमा आयोजित राष्ट्रिय गाई प्रदर्शनी प्रतियोगितामा रत्ननगरस्थित कामना कृषि तथा पशुपक्षी फर्मको अर्जुन ढकालको गाई सर्वोत्कृष्ट घोषित भएको छ । ४०० पूणांकमध्ये ३६२.५ अंक प्राप्त गर्दै उक्त गाई प्रथम बनेको हो । दूध उत्पादनमा अग्रणी मानिएको चितवनमा पहिलो पटक यस प्रकारको प्रतिस्पर्धात्मक मूल्यांकनसहितको गाई प्रदर्शनी आयोजना गरिएको हो ।

भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा जारी अन्तरराष्ट्रिय डेरी प्रदर्शनी–२०८२ अन्तर्गत बुधबार आयोजित प्रतियोगितामा विभिन्न नश्लका गाईलाई एकै स्थानमा भेला गरी पशु विज्ञहरूले स्वास्थ्य अवस्था, दूधालुपन, शारीरिक बनावट, हिँडाइ तथा प्रजननयोग्यता लगायतका आधारमा मूल्यांकन गरेका थिए । चार सदस्यीय निर्णायक समूहले अंक प्रदान गरेको थियो ।

प्रतियोगितामा शिवानी कृषि तथा पशुपक्षी फर्मका सञ्चालक शिवप्रसाद पौडेलको गाई ३५३.५ अंकसहित द्वितीय स्थानमा रह्यो भने कालिका पशु विकास केन्द्रका सञ्चालक चेतप्रसाद ढकालको गाई ३५२.५ अंकसहित तृर्तीय भयो । नोभा कृषि फर्मका सञ्चालक पदम तिवारीको गाई सान्त्वना स्थानमा परेको छ ।

Hardik health

गाई प्रतियोगिताका प्रमुख निर्णायक कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका एसोसिएट प्रोफेसर डा गोकर्ण गौतम रहनुभएको थियो । त्यसैगरी गाई अनुसन्धान कार्यक्रम, रामपुरका विज्ञ डा उद्धव पनेरु, किसान आयोगका वरिष्ठ पशु विकास अधिकृत डा खगेन्द्र सापकोटा तथा अमेरिकी पशु विज्ञ डेनियल ली लेनी निर्णायक सदस्य रहेका थिए । 

निर्णायकहरूले प्रतियोगितामा सहभागी १७ वटा विभिन्न फर्मका गाईको स्वास्थ्य अवस्था, जातअनुसारको शारीरिक बनावट, हिँडाइ, दूधालुपन तथा प्रजननयोग्यता लगायतका आधारमा मूल्यांकन गरेका थिए । अन्य गाईको अंक पनि निकै नजिकै रहेको निर्णायक मण्डल संयोजक डा गौतमले बताए ।  डा गौतमले गाईको शारीरिक बनावट, थुनेलो लाग्ने सम्भावना, ब्याउन सजिलो वा गाह्रो हुने संरचना लगायतका विशेषताका आधारमा मूल्यांकन गरिएको जानकारी दिए । प्रदर्शनीमा ल्याइएका सबै गाई उत्कृष्ट रहेको उनको भनाइ थियो ।

सो अवसरमा आयोजक संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले गाई प्रतियोगिता नेपालमा नयाँ अभ्यास भएको बताए । आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उहाँले जानकारी दिए । विदेशमा यस्ता प्रतियोगिता टेलिभिजन र मोबाइलमार्फत प्रत्यक्ष प्रसारण गरिने भए पनि नेपालमा यस्तो अभ्यास न्यून रहेको उनको भनाइ थियो ।‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नाराका साथ चितवन उद्योग सङ्घ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लि.को संयुक्त आयोजनामा सञ्चालित अन्तरराष्ट्रिय डेरी एक्स्पो–२०८२ आज समापन हुँदैछ ।
 


प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP