काठमाडाैं - एन आई सी एशिया बैंकले स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकले आफ्ना ग्राहकहरूलाई करकट्टी विवरणमा समावेश गर्न खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको हाे।
करकट्टी विवरणलाई E-TDS प्रणालीमा समावेश गर्न प्यान अनिवार्य भएकाले ग्राहकहरूले बैंकको पोर्टल, मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) वा नजिकैको शाखाबाट प्यान अपडेट गर्न सक्नेछन्। प्यान अद्यावधिक नभएमा ब्याजकर विवरण E-TDS मा नदेखिन सक्ने र त्यसको जिम्मेवारी बैंकको नहुने जनाएको छ।
त्यस्तै, ग्राहकहरूले भिडियो केवाईसी वा मोबाइल एपमार्फत My Profile मा गई ईमेल ठेगाना पनि अद्यावधिक गर्न सक्ने बैंकले जनाएकाे छ। बैंकका अनुसार थप जानकारीका लागि नजिकैको शाखा वा ग्राहक सम्पर्क केन्द्र (१६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न सकिनेछ।