Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
समाचार
  • Home
  • समाचार
  • रातको समयमा हिँड्डुल गर्न रोक
रातको समयमा हिँड्डुल गर्न रोक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २९, २०७७
Hardik health
चितवन–कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मंगलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । बैठकले रातको समयमा सवारी साधन र मानिसहरूको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार राजनीतिक दल संघसंस्थालगायत सबैले २५ जनाभन्दा बढी मानिस भेला भएर गरिने बैठक, आमसभा, साधारणसभालगायतका कार्यमा रोक लगाइएको छ । चियापसलमा बसेर चिया खाने प्रवृत्तिलाई निरुत्साहित गर्ने र खाजाघर तथा राजमार्ग क्षेत्रका पसललाई प्याकेटमा खाना खाजा प्याक गरी प्रदान गरिने ‘टेक अवे’ सेवा सञ्चालन गर्ने, राति ९ बजेपछि बिहान ५ बजेसम्म सेवाग्राहीलाई दिने सेवा बन्द गर्ने निर्णय भएको छ । अन्य जिल्ला तथा छिमेकी मुलुकबाट अनुमतिबिना जिल्लामा प्रवेश गर्न सक्ने मानिसका कारण कोभिड–१९ को संक्रमणको जोखिम बढेको देखिएको बैठकको निष्कर्ष छ । त्यसरी प्रवेश गर्न नदिन जिल्ला प्रवेश गर्ने नाकाहरूमा हुने गरेको जाँचलाई थप प्रभावकारी बनाई निरन्तरता दिने र विदेशबाट आउने नेपालीलाई होल्डिङ सेन्टरमार्फत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी क्वारेन्टिनमा पुर्याउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले आङ्खनो क्षेत्रमा मानिसले मास्क लगाए नलगाएको, सार्वजनिक स्थानमा भौतिक दूरी कायम गरे नगरेको, बैंक तथा वित्तीय संस्था, चिया पसल, होटल, सार्वजनिक यातायात, व्यापारिक मल, सरकारी कार्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरे नगरेको कडाइका साथ अनुगमन गर्ने निर्णय गरेको छ । यी सँगै उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूमा बाहिरबाट कामदार ल्याए÷नल्याएको र कामदारहरूको स्वास्थ्य सुरक्षामा उचित ध्यान दिए नदिएको अनुमगन गर्न स्थानीय तहमा सम्बन्धित वडाका वडाध्यक्षको संयोजकत्वमा प्रहरीको समेत सहभागिता रहने गरी अनुमगन समिति बनाई अनुगमन गर्ने निर्णय गरिएको प्रजिअ भट्टराईले जानकारी दिए । यसैगरी साविकदेखि नै व्यवस्थापन हुँदै आएका सार्वजनिक क्वारेन्टिनहरूलाई थप व्यवस्थित बनाउने निर्णय गर्दै सार्वजनिक क्वारेन्टिनमा बस्न नसक्ने बिरामी, ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र अशक्त व्यक्तिलाई मात्र घरमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सक्ने अवस्था भएको सुनिश्चित गरी होम क्वारेन्टिनमा राख्न दिइने भएको छ । बैठकले जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र स्वाव संकलन गर्ने, कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय रेडियोबाट सूचना सम्प्रेषण, माइकिङलगायतका कार्य गरी जनचेतना अभिवृद्धि गर्ने निर्णय गरेको छ । सबै उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूलाई अर्को सूचना नभएसम्मका लागि स्थानीय तह र प्रशासन कार्यालयको पूर्वस्वीकृति बिना बाहिरबाट कामदार नल्याउन, हाल कार्यरत रहेका अन्य जिल्ला र छिमेकी मुलुकका कामदारहरूको यथार्थ विवरण फरक नपर्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा अनिवार्यरूपमा पेश गर्न निर्देशन दिने निर्णय गरेको प्रजिअ भट्टराईले जानकारी दिए । कोभिड–१९ को संक्रमण देखा परेका स्थानहरूमा तत्काल कन्ट्याक्ट ट्रेसिङ र समुदायस्तरमा पिसिआर परीक्षण वढाउने निर्णय गरिएको छ । आम नागरिकमा कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने मास्कको प्रयोग, सामाजिक दूरी र जथाभावी हिडडुल रोक्न जनचेतना जगाउने निर्णय भएको उनले बताए । रासस
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  ०५:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP