Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार
मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २२, २०८२

गण्डकी- सहर नै रोजगारी र सम्वृद्धीको एकमात्र गन्तव्य हो भन्ने आम बुझाइलाई कास्कीका एक मौरीपालक किसानले गलत सावित गरिदिएका छन् ।कास्कीको मादी गाउँपालिका–११ तोगीका  पृतिराज लामिछानेले  मौरीपालन व्यावसायमार्फत प्रति वर्ष ६० रुपैयाँ भन्दा बढी आम्दानी गरी अनुकरणीय काम गरी गाउँमा सम्भावना रहेको पुष्टी गरेका  हुन् ।

समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइमा अवस्थित विकट तोगी गाउँमा रहेर आकर्षक कमाइसहित उदाहरणीय किसान बन्दै सकारात्मक सन्देश दिन किसान लामिछाने सफल भएका छन् । तोगी गाउँ पुग्न आज पनि सहज छैन, भौगोलिक विकटता सीमित पूर्वाधार र बजारको पहुँचको अभावको बाबजुद पनि लामिछानेले गाउँमै सम्भावना देख्नुभएको छ । परम्परागत कृषिमा सीमित नरही गाउँमै मौरीपालनलाई  व्यावसायिकरुप दिन थालेपछि उनको जीवनशैली मात्र फेरिनुका साथ गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास पनि बलियो बनेको छ ।

उनका अनुसार २०४८ सालमा ‘तालबेँसी-किसानदेखि किसान’सम्म संस्थामा दश वर्षको अनुभवबाट गाउँमै रहेर मौरीघार निर्माण र मह उत्पादनको मुख्य प्रेरणाको स्रोत बनेको हो । घर वरिपरिको बारीमा अहिले पनि १०० भन्दा बढी आधुनिक घारमा मौरी घुमिरहेका देखिन्छन् ।  

गाउँमा कमाएको रकमले पोखरा १७ सीतापाइलामा घरजग्गाको व्यवस्था गर्नुका साथै चार छोराछोरीलाई बजारमा राखेर पढाउन सफल भएको उहाँकी श्रीमती लक्ष्मी लामिछानेले राससलाई बताउनुभयो ।“चार फ्रेम मौरीसहितको आधुनिक घारलाई रु १५ हजार, खाली घारलाई पाँच हजार ५००रुपैयाँ र प्रति केजी मह एक हजार ५०० रुपैयाँमा बिक्री गर्दै आएको छु” किसान लामिछानेले भने,“उत्पादित मौरीका घार र मह बिक्री हुँदैन कि भन्नुपर्दैन, बजारको माग धान्नसमेत हम्यहम्ये परेको छ ।”

Hardik health

अघिल्लो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई मात्र करिब ३८ लाख रुपैयाँ मूल्य बराबरको मौरीसहितको घार र मह बिक्री गरेको बताउँदै उनले थपे स्थानीय वनस्पति, जैविक वातावरण र स्वच्छ हावापानीका कारण यस क्षेत्रमा उत्पादित मह गुणस्तरीय अर्गानिक भएको हुँदा बजारमा सहजै बिक्री हुनेगरेको छ । उनको घारमा ‘सेरेना’ जातका मौरी रहेका छन् ।

मौरीपालनले उहाँलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनुका साथै गाउँमै रोजगारी सिर्जना गर्न सहयोग पुगेको छ । यसले वैदेशिक रोजगारीका लागि पलायन हुने युवालाई  गाउँमै रोक्न सकिने प्रचुर सम्भावनाको सङ्केत गरेको छ ।  मौरीपालन तथा घार उद्योगमा एकजना स्थानीय र अर्को एक जना विदेशी नागरिकलाई दैनिक रोजगारी दिन उनी सफल भएकन छन् ।  
ञमौरी फर्ममा उत्पादन भएको मह पोखराको बजार र घार भने कास्की, गोरखा, स्याङजा र म्याग्दी जिल्लामा बढी माग रहेको छ । मौरीले बढी मन पराउने ‘टुनी’को काठबाट घार निर्माण गर्दै आएको र काठ भने बागलुङ र पर्वत जिल्लाबाट खरिद गरेर ल्याउने गरेको लामिछाने बताएका छन्। सो गाउँभन्दामाथि कुनै पनि बस्ती नरहेको उक्त उद्योगमा भारतका सेख अवतार विगत १० वर्षदेखि काम गर्दै आएका छन् । उहाँलाई खान बस्न सुविधासहित मासिक  ४५ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको लामिछाने बताए । स्थानीय एकजनाले भने मासिक  ३५ हजार तलब रुपैयाँ पाउने गरेका छन् ।

किसान लामिछानेको सफलताले तोगी मात्र होइन सम्पूर्ण पहाडी गाउँको लागि सम्भावनाको ढोका खोलेको छ । भौगोलिक अवस्था, सही योजना, निरन्तरता मेहनत र स्थानीय स्रोतको सदुपयोग गर्न सके गाउँमै बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने भनाइ पुष्ट गर्न उनी सफल भएका छन् ।  लामिछाने मात्र नभइ सो गाउँका अर्का विनोद ढकालले पनि मह र घार बिक्रीबाट मनग्ये आम्दानी गर्दै आएका छन् । पाँच घार मौरी भएका उनले घार र मह बिक्रीबाट वार्षिक  १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । उनीको परम्परागत खरले छाएको घुमाउने घर छ, जहा मौरीका घारले ढाकेको छ ।

उक्त क्षेत्रका घरमा मात्र होइन जङ्गलका धोत्रारुखमा समेत मौरी घार रहेका हुन्छन् । गाउँलेहरुले त्यस्ता जङ्गलका मौरीलाई आधुनिक घारमा राखेर विस्तार गर्दै आएका छन् । वार्षिक  एक लाख पचास हजार रुपैयाँ मुल्य बराबरका १० देखि १५ घार जङ्गलबाट छोपेर ल्याउने गरेको मौरी किसान विनोद बताए । तोगी गाउँका प्रत्येक घरमा धेरै–थोरै मौरीका घार रहेका छन् । मह र पोलासहितको घार बिक्रीबाट  दुई करोड रुपैयाँभन्दा बढी रकम बजारबाट गाउँ भित्रिने गरेको वडाअध्यक्ष चलचित्र गुरुङले जानकारी दिए ।

मादी गाउँपालिकालाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ पालिकाले प्रत्येक वर्ष तोगीका किसानसँग खरिद गरेर अन्य वडाका किसानालाई वितरण गर्ने अभियान समेत सञ्चालन गर्दै आएको छ ।कास्कीका मौरिपालक किसान मुलुकका घर–गाउँका बस्ती खाली हुनेक्रम बढिरहेको विद्यमान समयमा स्थानीय भूगोल तथा मौसम सुहाउँदो कृषि व्यवसाय सञ्चालन गरी गाउँमै आयआर्जन गर्नसकिने सम्भावना रहको भन्ने सन्देश दिन सफल भएका छन् ।


प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP