एएनआई- विगत तीन महिनामा इरान, टर्की र पाकिस्तानबाट ९४ हजार परिवारहरू स्वेच्छिक वा जबरजस्ती रूपमा स्वदेश फिर्ता भएका छन् । निर्वासनको माध्यमबाट अफगानिस्तान फर्केको अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयलाई उदृत गर्दै टोलो न्यूजले पुष्टि गरेको हाे ।
अधिकारीहरूले फर्कनेहरु मध्ये ८८ हजार भन्दा बढी परिवारहरू पाकिस्तानबाट मात्रै फर्केको जनाउदै यसले अफगानिस्तानमा सीमापार फिर्तीको मात्रा र पुनर्एकीकरण प्रणालीहरूमा दबाब बढेको जनाएका छन् । यसै बिच मन्त्रालयले फर्केका मानिसहरूलाई प्रदान गरिएको सहायताको रूपरेखासमेत प्रस्तुत गरेको छ ।
शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुत्तालिब हक्कानीले फर्कने आप्रवासीहरूका लागि फगानिस्तानको इस्लामिक इमिरेट्सले खाद्यान्न सहायता, स्वास्थ्य सेवा, निःशुल्क सिम कार्ड र अन्य सहयोग प्रदान गरेको बताएका छन् ।
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यूएनएचसीआर) लाई उदृत गर्दै गत वर्ष लगभग १० लाख अफगान आप्रवासीहरू पाकिस्तानबाट फर्केको उल्लेख गर्दै दैनिक आगमन जारी रहदा औसत दुइ हजार व्यक्तिहरू हरेक दिन अफगानिस्तानमा प्रवेश गरिरहेका टोलो न्यूजले जनाएको छ ।
फिर्तीको गति बढ्दै जाँदा, आप्रवासी अधिकारकर्मीहरूले अधिकारीहरूलाई दीर्घकालीन पुनर्एकीकरणलाई प्राथमिकता दिन आग्रह गरेका छन् । नाजर नाजारीले आप्रवासीहरूमा मात्र ध्यान केन्द्रित नभई फिर्ती सूचित र दिगो विकल्प भएको बताएका छन् । जहाँ आप्रवासीहरूले रोजगारी, आय, र आवास, शिक्षा र स्वास्थ्य सेवा जस्ता आधारभूत सेवाहरूमा पहुँच पाउँछन् ।
चिन्ता व्यक्त गर्दै, अली रेजा करीमीले निर्वासनका लागि चरणबद्ध दृष्टिकोण अपनाउन आह्वानसहित मानवीय सङ्कटहरू रोक्नका लागि छिमेकी देशहरूबाट आप्रवासीहरूको निष्कासन बिस्तारै र व्यवस्थित तरिकाले गरिनु पर्ने बताएका छन् ।
यसैबीच, पाकिस्तानबाट फर्केका धेरै व्यक्तिहरूले पाकिस्तानी प्रहरीले गरेको दुव्र्यवहार, उत्पीडन र निरन्तर नजरबन्दमा चिन्ता व्यक्त गर्दै अफगानिस्तानको इस्लामिक इमिरेट्सका अधिकारीहरूलाई तत्काल हस्तक्षेप गर्न आह्वान गरेको टोलो न्यूजले जनाएको छ ।
यस अघि यूएनएचसीआरका एक प्रतिनिधिलाई उदृत गर्दै टोलो न्यूजले सन् १०२३ डिसेम्बर देखि ४८ लाख भन्दा बढी अफगान आप्रवासी घर फर्केको जनाएको छ ।