काठमाडौं- माघ महिनाकाे सुनचाँदी काराेबारमा दिन दिनै नयाँ कीर्तिमान कायम भइरहेकाे छ । आज छापावाल सुनकाे मूल्य ताेलाको २० हजार ५ सय रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल प्रतितोला २ सय ५ रुपैँयाले बढेकाे छ । आज चांँदीको मोल प्रतितोला सात हजार ५ सय ५ रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै मंगलबार चाँदी प्रतितोला ७हजार ३ सय रुपैँयामा कारोबार भएकाे थियाे ।