Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘ओभर स्टे’ शुल्क फिर्ता लिन संघको माग
‘ओभर स्टे’ शुल्क फिर्ता लिन संघको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २८, २०७७
Hardik health
काठमाडौं– दुबई सरकारले भिसाको अवधि सकिएका श्रमिकबाट ‘ओभर स्टे’ शुल्क लिने निर्णय गरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले उक्त निर्णय फिर्ता लिन माग गरेको छ । मंगलबार प्रभाव दैनिकसँगमा कुराकानीमा वैदेशिक रोजगार विभागका महानिर्देशकसँग भेटेर भिसाको अवधि सकिएर कोभिड–१९ ले फर्कन नपाएकाहरूलाई दुबई सरकारले ‘ओभर स्टे’ शुल्क लिन नमिल्ने भन्दै फिर्ता गर्न माग गरेको संघको महासचिव सुजितकुमार श्रेष्ठले बताए । उनले भने, ‘कोभिड–१९ का कारण भिसाको म्याद सकिए पनि फर्कन नपाएकाहरूलाई दुबई सरकारले ‘ओभर स्टे’ शुल्क लिन मिल्दैन । जबकि भिसा सकिएकाहरूले वैधानिक तवरले नै काम गरेका छन् । यद्यपि, दुबई सरकारले उक्त निर्णय फिर्ता लिनुपर्छ ।’ विभागका महानिर्देशक कुमारप्रसाद दाहालसँग भेटघाट गरेर नेपाल सरकारले दुबई सरकारलाई उक्त निर्णय फिर्ता लिनका लागि कदम अघि बढाउन संघले माग गरेको उनले बताएका छन् । उनले भने, ‘डिजीसा’ब सँग भेटेर हामीले दुई देशको सरकारले यस विषयमा आपसी समन्वय गरेर उक्त निर्णय फिर्ता गर्न माग गरेका छौँ । उहाँले हुन्छ भन्नुभएको छ ।’ उनका अनुसार हाल दुबईमा कति संख्यामा भिसा अवधि सकिएर बसेका छन् भन्ने विषयमा यकिन भएको छैन । यस विषयमा केही दिनभित्रै विभागले विवरण संख्या सार्वजनिक गर्ने उनले बताए । उनले भने, ‘कति संख्यामा नेपाली श्रमिकहरू ओभर स्टेमा रहेका छन् भन्ने यकिन भएको छैन । तर, केही दिनभित्रै विभागले विवरण संख्या निकाल्न डिजी सा’बले भन्नुभएको छ ।’ ‘ओभर स्टे’ शुल्क फिर्ता मागसँगै, जापान इन्टरनेसनल ट्रेनिङ को–ओपरेसन अर्गनाइजेसन (जिट्को) लाइसन्स नवीकरणको विषयमा महानिर्देशक दाहालसँग कुराकानी भएको पनि उनले बताएका छन् । उनले भने, ‘ओभर स्टे’ शुल्कसँगै जिट्को लाइसेन्स नवीकरणको सूचना सार्वजनिकरणलगायत विभिन्न विषयमा छलफल गरेका छौँ ।’ यस विषयमा विभागका महानिर्देशकले ओभर स्टे समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयस“ग सहकार्य भइरहेको बताएका छन् । उनले भने, ‘ओभर स्टेको विषयमा दुबई सरकारले शुल्क लिने भनेसँगै हामीले उक्त समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयसँग सहकार्य बढाइसकेका छौँ ।’ संघबाट व्यवसायीहरू विभागमा आएर दुबई सरकारले गरेको निर्णय लिन माग गरेको र समस्या समाधानका लागि पहल अघि बढाएको जानकारी पनि दिएको उनले बताएका छन् । उनले भने, ‘मंगलबार संघका व्यवसायीहरू विभागमा आउनुभएको थियो । उहाँहरूले दुबई सरकारले आफ्नो निर्णय फिर्ता गराउनुपर्ने भन्दै माग राखेर जानुभएको छ ।’ उनका अनुसार हाल दुबई सरकारले मात्र ओभर स्टे शुल्क लिने निर्णय गरेको उनले बताएका छन् । अन्य खाडी मुलुकलगायत देशले भने ओभर स्टे शुल्क विषयमा केही निर्णय नगरेको पनि उनले बताए । साथै, दुबई सरकारले ओभर स्टे शुल्क लिए पनि श्रमिकले आफैँ टिकट खर्च काटेर फर्कने चाहेको उनले बताएका छन् । दुबई सरकारले ४ नेपाली श्रमिकमाथि ओभर स्टे शुल्क लिएको महानिर्देशक दाहालले बताएका छन् । दुबई सरकारसँग उनीहरूलाई शुल्क दिने विषयमा प्रारम्भिक छलफलमा भएको बताउँदै उनले भने, ‘हाम्रो पहल सबैलाई छुट नै हो । अहिले मन्त्रालय, दूताबास, विभागमार्फत दुबई सरकारसँग श्रमिकलाई ओभर स्टे शुल्क फिर्ता गराउन छलफल गरिरहेका छौँ ।’ कोभिड–१९ को महामारीमा दुबई सरकारले मानवीयताको हिसाबको पाटोले ओभर स्टे शुल्क लिन नमिल्ने पनि उनले बताएका छन् । कोभिड–१९ संक्रमणसँगै दुबई सरकारले भिसा अवधि सकिएका कामदारलगायतलाई लैजान अनुरोध गरे पनि सम्भव नभएको पनि उनले बताए । साथै, नेपाली श्रमिकलाई मात्र नभएर सबै देशबाट काम गर्न आएका श्रमिकहरूलाई दुबईले ओभर स्टे शुल्क लिएको पनि बताए । उनले भने, ‘हामीले पनि समयमै आफ्ना कामदार फर्काउन नसक्नु गल्ती हो । र, यो गल्ती हामीले मात्र गरेका छैनौँ । अन्य देशले पनि गरेका छन् जहाँ ती देशका कामदार नेपाली श्रमिकझैँ ओभर स्टेमा बसिरहेका छन् ।’
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  ०७:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP