Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #वैदेशिक राेजगार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #माधब_सुनुवार
  • #सतिशकुमार_सिंह
  • #रेडमी
  • #ट्राफिक_प्रहरी
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
वैदेशिक रोजगार व्यवसायी भन्छन् युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
ममता थापा
ममता थापा बिहीबार, असोज ९, २०८२

 

  •  साउदी, कतार, मलेसियालगायत मुलुकले भिसामा कडाइ गरेको भन्ने हल्लामात्र 
  • युएईले भिसा रोके पनि औपचारिक जानकारी दिएको छैन
  •  श्रमिक रोक्ने हल्लाबारे परराष्ट्र मन्त्रालयको चासो, सम्बन्धित मुलुकसँग बुझ्ने तयारी

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालीका लागि भिसा बन्द गरेसँगै अन्य मुलुकले पनि नेपालबाट श्रमिक लैजाने प्रक्रिया रोक्न थालेको भन्ने हल्लामा सत्यता नरहेको व्यवसायीहरुले बताएका छन् । युएईको काम रोकिए पनि अन्य मुलुकबाट भिसा आउने क्रम जारी रहेको उनीहरुले बताए ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि (युएई)ले नेपालका लागि भिजिट र वर्किङ दुवै प्रकारका भिसा बन्द गरेको थियो । सेप्टेम्बर १५ बाट युएईले नेपालीहरुको प्रवेशमा कडाइ गर्दै भिसा रोेकेको हो । व्यवसायीहरुका अनुसार ७५ प्रतिशत प्रक्रिया सकिएकाहरुको मात्र भिसा आएको अवस्था छ ।

Hardik health

युएईले भिसा बन्दगरेसँगै साउदी अरेबिया, कतार, मलेसियालगायतका मुलुकले पनि कडाइ गरेको र श्रमिक लग्ने प्रक्रिया नै रोकिन सक्ने हल्ला फैलिएको थियो । यस्तो हल्ला निराधार भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षभुवनसिंह गुरुङले बताए । कुनै पनि मुलुकबाट श्रमिक नलग्ने भन्ने आधिकारिक जानकारी नआएको बताउँदै उनले भ्रमको पछि नलाग्न आग्रह गरे । 

‘युएईले आफ्नो आन्तरिक सुरक्षाका लागि भिसा रोकेको बुझिएको छ, तर अहिलेसम्म युएई सरकारले नेपाल सरकारलाई आधिकारिक जानकारी गराएको छैन,’ अध्यक्ष गुरुङले भने, ‘दूतावासबाट मन्त्रालय, मन्त्रालयबाट विभाग र विभागबाट हाम्रो संघमा जानकारी आउने हो । अहिलेसम्म त्यस्तो जानकारी आएको छैन तर युएईले भिसा दिएको स्थिति छैन । अरु मुलुकको हकमा कुनै समस्या छैन ।’

साउदीमा पनि कुनै समस्या नरहेको बुझिएको छ । केही दिनयता विभिन्न कारणले साउदीको दूतावास बन्द रहेको थियो । केही महिनायता विगतको तुलनामा साउदीले नेपाली श्रमिकलाई दिँदै आएको भिसाको संख्या पनि न्यून थियो । साउदीको भिसादर आधाले कम भएको व्यवसायीहरुले बताउँदै आएका थिए । तर जेन–जी आन्दोलनपछि उक्त विषयलाई साउदीले पनि युएईकै बाटो अपनाउन खोजेको भनेर हेर्न थालिएको थियो । साउदीको नेसनल डे, नेपालीहरुको घटस्थापनालगायतका सार्वजनिक बिदापछि बुधबार खुलेको दूतावासले ८०० को हाराहारीमा भिसा जारी गरिएको संघका तृतीय उपाध्यक्ष तथा साउदी संयोजक वैकुण्ठ पौडेलले जानकारी दिए ।

‘१२ सय हाराहारी भिसा ‘पेण्डिङ’मा रहेछ । आज सातदेखि ८०० भिसा दिएछ । साउदीले बन्द गर्ने कुनै कुरा भएको छैन,’ पौडेलले भने । साउदीले पारिवारिक र व्यावसायिक भ्रमणलगायतमा भने कडाइ गरिरहेको उनले बताए ।मलेसिया र कतारले पनि भिसा दिइरहेको व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय मलेसियाले कम संख्यामा श्रमिक लग्न थालेकाले आन्दोलनसँग जोड्न नमिल्ने मलेसियामा कामदार पठाउँदै आएका व्यवसायीहरु बताउँछन् । कतारको हकमा विगतमा पनि प्रणालीमा समस्या हुँदा यस्तै सुस्त गतिमा भिसा जारी हुने गरेको बताइएको छ ।

श्रमिक लग्नै रोक्ने हल्ला आएपछि परराष्ट्र मन्त्रालयले यस विषयमा चासो देखाएको छ । यस विषयमा सम्बन्धित मुलुकसँग जानकारी लिने प्रक्रियामा रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘विभिन्न हल्लाहरु आएको देखिन्छ । यस विषयमा हामीले सम्बन्धित मुलुकसँग बुझ्दैछौं,’ उनले भने ।
 


प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
कोरियामा पाँच वर्षयता बढ्यो कार्यस्थल दुर्घटनामा पर्ने कामदारको संख्या
कोरियामा पाँच वर्षयता बढ्यो कार्यस्थल दुर्घटनामा पर्ने कामदारको संख्या सोमबार, असोज ६, २०८२
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा आइतबार, असोज ५, २०८२
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स 
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स  शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP