Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • शकिबको पुनरागमन खुला
शकिबको पुनरागमन खुला
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ११, २०८२

एएफपी- बंगलादेश केट बोक्रिर्डले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब अल हसनको पुनरागमन खुला गरिने भएकाे छ । केट बोक्रिर्डका अधिकारीहरूले शकिबको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनाका लागि ढोका खुला राखिएको बताएका हुन् ।

 क्रिकेट मैदानमा लामो समयदेखि चम्कँदै आउनुभएका शकिब सन् २०२४ को जनआन्दोलनका क्रममा अपदस्थ भएको तत्कालीन सत्तारूढ दलका सांसदसमेत रहेका थिए । पूर्वप्रधानमन्त्री शेख हसिनासँगको निकट सम्बन्धका कारण शकिब जनआक्रोशको केन्द्रमा परेका थिए । विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको घातक प्रहरी दमनसँग जोडेर हसिनामाथि हत्या अनुसन्धान गरिएकामध्ये उनी पनि एक हुन् ।

शकिबले सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका  थिए । तर गत महिना उहाँले आफ्नो त्यो निर्णय फिर्ता लिँदै पुनः खेल्ने इच्छा व्यक्त गरे । बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) का वरिष्ठ अधिकारी अमजद हुसेनले शनिबार राति पत्रकारहरूसँग कुरा गर्दै यदि अवस्था अनुकूल भए शकिबलाई राष्ट्रिय टोलीमा विचार गरिने स्पष्ट पारे  ।

“बोर्डले सर्वसम्मत रूपमा निर्णय गरेको छ कि यदि शकिब अल हसनको उपलब्धता, शारीरिक फिटनेस र पहुँचले अनुमति दियो भने र उहाँ खेल हुने स्थानमा उपस्थित हुन सक्नुहुन्छ भने बोर्ड र चयन समितिले उहाँलाई राष्ट्रिय टोलीका लागि विचार गर्नेछ”, उनले भने ।

Hardik health

अमजद हुसेनका अनुसार विदेशी लिगहरूमा सहभागी हुन चाहेमा बिसिबीले शकिबलाई अनापत्ति प्रमाणपत्र (एनओसी) पनि प्रदान गर्नेछ । “यदि उहाँ अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेल्न चाहनुहुन्छ भने बोर्डले आवश्यकताअनुसार एनओसी उपलब्ध गराउनेछ”, उनले थपे ।

शकिबले यसअघि विद्यार्थी आन्दोलनको समयमा मौन बसेको विषयमा सार्वजनिक रूपमा माफी मागेका  थिए । तर उनले अपदस्थ सरकारमा सहभागी हुने आफ्नो निर्णयको भने बचाउ गरेका थिए  । यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शनिबार बंगलादेशको स्थानमा स्कटल्यान्डलाई सहभागी गराएपछि बंगलादेश अर्को महिना हुने टी-२० विश्वकपबाट बाहिरिने अवस्थामा पुगेको छ ।

बिसिबीले आफ्ना खेलाडीहरू भारत पठाउन अस्वीकार गरेको थियो र खेलहरू सह-आयोजक श्रीलङ्कामा सार्न आग्रह गरेको थियो । भारतीय क्रिकेट बोर्डले इन्डियन प्रिमियर लिग टोली कोलकाता नाइट राइडर्सलाई बंगलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि नयाँदिल्ली र ढाकाबीचको विवाद यसै महिना सुरु भएको थियो ।

आइसिसीले भारतमा बंगलादेशी टोलीका लागि कुनै विश्वसनीय सुरक्षा खतरा नभएको जनाएको छ । तर बिसिबीले यो विषय आफ्नो नियन्त्रणभन्दा बाहिर रहेको बताएको छ । “यो सुरक्षासम्बन्धी सरकारी निर्णय हो”, अमजद हुसेनले भन्नुभयो, “यसका कारण हामीले गर्न सक्ने अरू केही थिएन ।” हसिनाको सरकार पतन हुँदा शकिब क्यानाडामा घरेलु टी-२० प्रतियोगितामा खेलिरहनुभएको थियो र त्यसयता उहाँ बंगलादेश फर्किएका छैनन् ।

बायाँहाते अलराउन्डर शकिबले बंगलादेशका लागि ७१ टेस्ट, २४७ एकदिवसीय अन्तर्राष्ट्रिय र १२९ टी-२० खेल खेल्नुभएको छ । यी सबै प्रतियोगितामा उनले कुल ७१२ विकेट लिएका छन्, जसले उनलाई बंगलादेश क्रिकेट इतिहासका सर्वाधिक प्रभावशाली खेलाडीमध्ये एक बनाएको छ ।
 


प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP