काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन नौ हजार २०० रुपैयाँ र चाँदी ३२० रुपैयाँले बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० रुपैयाँ त्यति नै चाँदीको मोल छ हजार १९० रुपैयाँ कायम भएको छ । गत बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ९२० रुपैयाँ कायम भएको थियो ।
मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल पाँच हजार ८८० रुपैयाँ कायम भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।