काठमाडौं - नेपालले धान तथा चामल आयात गर्न करिब साढे २० अर्ब रुपैयाँ बराबर खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयात गर्न करिब साढे २० अर्ब रुपैयाँ बराबर खर्च गरेको भन्सार विभागले जनाएकाे हाे ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको छ महिनामा नेपालले २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको हो । आयात मूल्य करिब ६.७३ प्रतिशतले वृद्धि भएकाे छ ।
यस वर्ष धान र चामल आयातमा गत आव २०८१/८२ को सोही अवधिको तुलनामा एक अर्ब २८ करोड रुपैयाँभन्दा धेरै वृद्धि देखिएको हो ।गत वर्ष साउनदेखि पुससम्म नेपालले १९ अर्ब नाै करोड ९६ लाख बराबरको धान र चामल आयात गरेको थियो ।