Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • ग्रिनल्यान्डबारे सार्वभौमसत्तामा वार्ता हुँदैनः डेनमार्क
ग्रिनल्यान्डबारे सार्वभौमसत्तामा वार्ता हुँदैनः डेनमार्क
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ८, २०८२

एपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि डेनमार्कले आफ्नो सार्वभौमसत्तामा कुनै पनि प्रकारको वार्ता गर्न नसकिने स्पष्ट पारेको छ । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले बिहीबार वक्तव्य जारी गर्दै ग्रिनल्यान्ड डेनमार्क राज्यको अभिन्न हिस्सा भएकाले यस विषयमा सम्झौता सम्भव नभएको दोहोर्‍याए हुन्।

राष्ट्रपति ट्रम्पले आफू नाटो महासचिव मार्क रुटसँग आर्कटिक सुरक्षाका लागि ‘भविष्यको सम्झौताको ढाँचा’ मा सहमत भएको बताउनुभएको सन्दर्भमा प्रधानमन्त्री फ्रेडरिक्सनले ‘त्यस्तो कुनै सहमति भएको छैन भन्ने जानकारी आफूलाई दिइएको’ स्पष्ट पारे  । उनले डेनमार्क र ग्रिनल्यान्डसँग सम्बन्धित विषयमा निर्णय लिने अधिकार केवल डेनमार्क र ग्रिनल्यान्डकै रहेको बताए ।

यसअघि बुधबार राष्ट्रपति ट्रम्पले नाटोको सहयोगी राष्ट्र डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्यान्डमाथि अमेरिकी नियन्त्रणको दबाबस्वरूप आठ युरोपेली देशमाथि लगाउने भनिएका शुल्कहरू अचानक खारेज गरेका  थिए । केही समयअघि उहाँले ‘अधिकार, उपाधि र स्वामित्वसहित’ ग्रिनल्यान्ड प्राप्त गर्न चाहेको अभिव्यक्ति दिएपछि युरोपमा चासो र चिन्ता बढेको थियो, जसलाई पछिल्लो निर्णयले केही हदसम्म कम गरेको छ ।

Hardik health

ट्रम्पले ग्रिनल्यान्डमा ‘गोल्डन डोम’ मिसाइल रक्षा प्रणालीबारे थप छलफल भइरहेको पनि बताएका  छन् । करिब ७५ अर्ब डलर लागतको यो बहुस्तरीय रक्षा प्रणालीले पहिलो पटक अन्तरिक्षमा अमेरिकी हतियार तैनाथ गर्ने योजना समेट्ने जनाइएको छ । तर यसबारे अझै काम भइरहेको भन्दै उनले विस्तृत विवरण सार्वजनिक गरेका  छैनन् ।

प्रधानमन्त्री फ्रेडरिक्सनले आफ्नो वक्तव्यमा आर्कटिक क्षेत्रको सुरक्षा सम्पूर्ण नाटोको साझा विषय भएको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति र नाटो महासचिवबीच यस विषयमा छलफल हुनु स्वाभाविक भएको बताए  । उनले डाभोसमा ट्रम्पसँग भेट हुनु अघि र पछि पनि महासचिव रुटसँग निरन्तर संवाद भइरहेको जानकारी दिए । तर उनले स्पष्ट रूपमा लेखे, “सुरक्षा, लगानी र आर्थिक विषयमा छलफल हुन सक्छ, तर हाम्रो सार्वभौमसत्तामा वार्ता हुन सक्दैन ।”

उनले डेनमार्क आर्कटिक सुरक्षालाई सुदृढ बनाउन सहयोगी राष्ट्रहरूसँग रचनात्मक संवादमा संलग्न हुन तयार रहेको पनि बताए, जसमा अमेरिकी ‘गोल्डन डोम’ कार्यक्रमसमेत पर्न सक्छ, तर यो सबै डेनमार्कको क्षेत्रीय अखण्डताको सम्मानसहित हुनुपर्ने उनको जोड थियो ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले उल्लेख गरेको फ्रेमवर्क सम्झौताअन्तर्गत ग्रिनल्यान्ड डेनमार्क राज्यकै हिस्सा रहने हो कि होइन भन्ने प्रश्नमा नाटो महासचिव रुटले राष्ट्रपति ट्रम्पसँगको पछिल्लो संवादमा त्यो विषय उठेको नभएको बताए । उनका अनुसार छलफलको केन्द्र आर्कटिक क्षेत्रमा बढ्दो चिनियाँ र रुसी गतिविधिका बीच त्यस क्षेत्रलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमै केन्द्रित थियो ।
 


प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP