Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो
भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ७, २०८२
Energy Drink Energy Drink

एपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल आपूर्ति र वितरणमा नियन्त्रण बढाउने प्रयासअन्तर्गत अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित सातौँ प्रतिबन्धित तेल ट्यांकर आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी दक्षिणी कमाण्डका अनुसार ‘एमभी साजिट्टा’ नामक उक्त तेल ट्यांकरलाई कुनै अप्रिय घटना बिना नियन्त्रणमा लिइएको हो । 

सो ट्यांकर क्यारेबियन क्षेत्रमा प्रतिबन्धित जहाजहरूमाथि लागू गरिएको अमेरिकी ‘क्वारेन्टाइन’ को उल्लङ्घन गर्दै सञ्चालन भइरहेको जनाइएको छ । लाइबेरियामा दर्ता भएको उक्त ट्यांकर हङकङस्थित कम्पनीको स्वामित्व तथा व्यवस्थापनमा रहेको बताइएको छ । यस जहाजले पछिल्लो पटक दुई महिनाभन्दा बढी समयअघि युरोपको बाल्टिक सागर क्षेत्र छाड्दा आफ्नो स्थान प्रसारण गरेको थियो । अमेरिकी अधिकारीहरूका अनुसार ट्यांकरले भेनेजुएलाबाट तेल लिएको पुष्टि भएको छ ।

अमेरिकी अर्थ मन्त्रालयले सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमणसँग सम्बन्धित कार्यकारी आदेश अन्तर्गत उक्त ट्यांकरमाथि प्रतिबन्ध लगाएको थियो । दक्षिणी कमाण्डले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यो कदमले भेनेजुएलाबाट बाहिरिने तेल अन्तर्राष्ट्रिय नियम र कानुनअनुसार मात्र हुनुपर्ने हाम्रो प्रतिबद्धता देखाउँछ ।”

भेनेजुएलाको तेल उद्योग पुनर्निर्माणको प्रयास

Ncell
Hardik health

यसअघि जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो पदबाट हटाइएपछि ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उत्पादन, प्रशोधन तथा अन्तर्राष्ट्रिय वितरणमा सक्रिय भूमिका निर्वाह गर्ने नीति अघि सारेको छ । अमेरिकी अधिकारीहरूका अनुसार तेल ट्यांकरहरू नियन्त्रणमा लिएर प्राप्त हुने आम्दानी भेनेजुएलाको कमजोर अर्थतन्त्र र तेल उद्योग पुनःनिर्माणमा प्रयोग गर्ने लक्ष्य राखिएको छ ।

राष्ट्रपति ट्रम्पले हालै तेल कम्पनीका प्रमुखहरूसँग भेट गरी भेनेजुएलाको तेल क्षेत्रमा करिब १०० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेका थिए । उनले अमेरिका कम्तीमा तीन करोडदेखि पाँच करोड ब्यारेल भेनेजुएलाली तेल बिक्री गर्ने तयारीमा रहेको बताए ।

मङ्गलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले हालसम्म पाँच करोड ब्यारेल तेल भेनेजुएलाबाट बाहिर लगिसकेको दाबी गर्नुभयो । “हामीसँग अझै ठूलो परिमाणमा तेल बाँकी छ, जसलाई खुला बजारमा बिक्री गरिँदैछ,” उनले भने । 

यसअघिका ट्यांकर नियन्त्रण

पहिलो तेल ट्यांकर डिसेम्बर १० मा भेनेजुएलाको तट नजिकै नियन्त्रणमा लिइएको थियो । त्यसपछि अधिकांश ट्यांकरहरू भेनेजुएलाको आसपासका समुद्री क्षेत्रमा नियन्त्रणमा लिइएका छन् । बेला एक नामक ट्यांकर भने उत्तर अटलान्टिक क्षेत्रमा नियन्त्रणमा लिइएको थियो ।

विश्लेषकहरूका अनुसार अमेरिकाको यस कदमले भेनेजुएलाको तेल व्यापार, अन्तर्राष्ट्रिय ऊर्जा बजार तथा क्षेत्रीय राजनीतिक समीकरणमा दीर्घकालीन प्रभाव पार्न सक्ने देखिन्छ ।
 


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP