Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ५, २०८२
Energy Drink Energy Drink

एपी- ह्याकरहरूले इरानको सरकारी टेलिभिजनको स्याटेलाइट प्रसारण अवरुद्ध गर्दै देशका निर्वासित युवराज रेजा पहलवीलाई समर्थन गर्ने तथा सुरक्षा फौजलाई ‘जनतामाथि हतियार नउठाउन’ आग्रह गर्ने सन्देश प्रसारण गरेका छन् । सोमबार बिहान अनलाइनमा देखिएको यो अवरोध राष्ट्रव्यापी विरोध प्रदर्शनपछि भएको पछिल्लो ठूलो साइबर आक्रमण हो ।

कार्यकर्ताहरूका अनुसार प्रदर्शन दबाउन सुरक्षा निकायले गरेको कारबाहीमा हालसम्म कम्तीमा तीन हजार ९१९ जनाको मृत्यु भइसकेको छ । सरकारले इन्टरनेट बन्द गरे पनि देशभित्रबाट सूचना बाहिर आइरहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

यसैबीच, शान्तिपूर्ण प्रदर्शनकारीको हत्या र प्रदर्शनको बहानामा सामूहिक मृत्युदण्ड लागू गर्नु अस्वीकार्य भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा ननाघ्नुपर्ने सीमा (लक्ष्मण रेखा) तोकेपछि अमेरिका-इरानबीचको तनाव थप चर्किएको छ । केही दिनअघि दक्षिण चीन सागरमा रहेको एक अमेरिकी विमान वाहक सिङ्गापुरको मलक्का जलडमरूमध्य प्रवेश गरेको छ, जसले त्यसलाई मध्यपूर्वतर्फ लैजान सक्ने मार्गमा राखेको देखिन्छ ।

Ncell
Hardik health

आइतबार राति इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) का स्याटेलाइट च्यानलहरूमा अचानक ह्याक गरिएको फुटेज देखिएको थियो । भिडियोमा युवराज पहलवीका दुई क्लिप प्रसारण भए, जसपछि सुरक्षा फौज र प्रहरीको वर्दीमा देखिएका व्यक्तिहरू ‘हतियार राखेर जनताप्रति निष्ठा जनाएको’ दाबी गरियो । एक ग्राफिकमा ‘यो सेना र सुरक्षा बलहरूका लागि सन्देश हो, आफ्ना हतियारहरू जनतामाथि नउठाउनुहोस्’ भन्ने आह्वान गरिएको थियो ।

रिभोलुसनरी गार्डसँग नजिक मानिने फार्स समाचार एजेन्सीले आइआरआइबीको वक्तव्य उद्धृत गर्दै ‘देशका केही क्षेत्रहरूमा अज्ञात स्रोतबाट क्षणिक अवरोध’ भएको स्वीकार गरेको छ तर के प्रसारण भयो भन्नेबारे स्पष्ट गरिएको छैन । युवराज पहलवीको कार्यालयले अवरोध भएको स्वीकार गरे पनि ह्याकसम्बन्धी प्रश्नमा प्रतिक्रिया दिएको छैन ।

ह्याक गरिएको प्रसारणमा युवराज पहलवीले सुरक्षा फौजलाई सम्बोधन गर्दै ‘तपाईंहरू इरानको राष्ट्रिय सेना हुनुहुन्छ, इस्लामिक गणतन्त्रको होइन’ भन्दै सकेसम्म चाँडो जनतामा सामेल हुन आग्रह गरेका थिए । इन्टरनेट बन्दका कारण विदेशमा रहेका इरानीहरूले स्टारलिङ्कजस्ता माध्यम प्रयोग गरी सामाजिक सञ्जालमा फुटेज साझा गरेको देखिन्छ ।

इरानमा प्रसारण अवरुद्ध हुने यो पहिलो घटना होइन । सन् १९८६ मा सिआइएले पहलवीका समर्थकलाई सानो ट्रान्समिटर उपलब्ध गराई छोटो समयका लागि सरकारी च्यानल ह्याक गराएको वासिङ्टन पोस्टले उल्लेख गरेको थियो । सन् २०२२ मा पनि विपक्षी समूह र सर्वोच्च नेता अयातुल्ला अली खामेनीविरुद्धका सन्देशहरू प्रसारण भएका थिए । यसैबीच, जहाज ट्र्याकिङ डाटाले युएसएस अब्राहम लिङ्कन विमान वाहक र त्यससँगै रहेका अमेरिकी युद्धपोतहरू मलक्का जलडमरूमध्य हुँदै अघि बढेको देखाएको छ । यद्यपि ती जहाजहरू मध्यपूर्व पुग्न अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।

मानव अधिकार समूहहरूका अनुसार हालको दमन दशकौँयताकै सबैभन्दा घातक भएको छ । अमेरिका-आधारित एक मानव अधिकार समाचार एजेन्सीले मृत्यु सङ्ख्या तीन हजार ९१९ पुगेको बताएको छ, यद्यपि एपीले यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । इरानी अधिकारीहरूले आधिकारिक तथ्याङ्क नदिए पनि सर्वोच्च नेता खामेनीले शनिबार ‘धेरै हजार’ मानिस मारिएको दाबी गर्दै त्यसको दोष संयुक्त राज्य अमेरिकालाई दिभएका थिए ।
 


प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP