Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ५, २०८२
Energy Drink Energy Drink

एपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा आठ युरोपेली देशलाई १० प्रतिशत कर लगाउने धम्की दिएपछि युरोपले त्यसको कडा आलोचना गर्दै यसले ट्रान्सअटलान्टिक सम्बन्धलाई कमजोर पार्ने र ‘खतरनाक गिरावट’ तर्फ धकेल्ने चेतावनी दिएको छ ।

डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा ट्रम्पको कदम सार्वभौमिकता र सुरक्षासम्बन्धी हालको तनावलाई झन् गहिरो बनाउने खतरनाक सङ्केत भएको बताएका छन् । ह्वाइट हाउस फर्किएको करिब एक वर्षपछि युरोपेली सहयोगीहरूले ट्रम्पलाई दिएको यो अहिलेसम्मकै सबैभन्दा कडा सामूहिक प्रतिक्रिया हो ।

पछिल्ला महिनाहरूमा युक्रेन युद्ध अन्त्यको प्रयासमा अमेरिकी समर्थन सुनिश्चित गर्न युरोपेली मुलुकहरू ट्रम्पप्रति कूटनीतिक रूपमा संयमित देखिँदै आएका थिए । तर आइतबारको वक्तव्य र ग्रिनल्यान्डमा डेनमार्कको सैन्य अभ्यासका लागि केही युरोपेली देशले सेना पठाएको कदमले त्यो रणनीतिबाट युरोप एक कदम पछाडि हटेको सङ्केत दिएको छ ।

संयुक्त वक्तव्यमा ‘आर्कटिक एन्ड्योरन्स’ नामक अभ्यासका लागि ग्रिनल्यान्ड पठाइएका सेना कसैका लागि पनि खतरा नभएको स्पष्ट गरिएको छ । डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले ओस्लोमा पत्रकारहरूलाई अमेरिकी पक्षसँग वार्ता सुरु भइसकेको र त्यसलाई निरन्तरता दिइने बताए । नर्वेका विदेशमन्त्री एस्पेन बार्थ आइडेले पनि नजिकका सहयोगीबीच यस्ता कर धम्की अस्वीकार्य भएको स्पष्ट पारे ।

Ncell
Hardik health

लक्षित आठ देशमध्ये छ वटा २७ सदस्यीय युरोपेली सङ्घ (इयु) का सदस्य हुन् । आइतबार आपतकालीन छलफलपछि इयु काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले करले ट्रान्सअटलान्टिक सम्बन्ध कमजोर पार्ने र इयु-अमेरिका व्यापार सम्झौतासँग असङ्गत हुने बताएका छन् । उनले इयु कुनै पनि प्रकारको जबरजस्तीविरुद्ध आफूलाई जोगाउन तयार रहेको र यसै साता शिखर सम्मेलन बोलाइने जानकारी दिए ।

शनिबार ट्रम्पले करलाई डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रिनल्यान्डबारे वार्तामा दबाबको साधनका रूपमा प्रयोग गर्न सक्ने सङ्केत दिएका थिए । आइतबार राति उहाँले सामाजिक सञ्जालमा पोस्ट गर्दै नाटोले डेनमार्कलाई ग्रिनल्यान्डमा रुसी खतराबारे वर्षौंदेखि चेतावनी दिँदै आएको दाबी गर्नुभयो र अब कारबाहीको समय आएको उल्लेख गरे ।

युरोपेली नेताहरूले डेनमार्क र ग्रिनल्यान्डसँग पूर्ण एकता व्यक्त गर्दै सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सिद्धान्तमा आधारित संवादका लागि तयार रहेको बताएका छन् । इयुको विदेश नीति प्रमुख काजा कल्लासले अमेरिका र युरोपबीचको विभाजनबाट चीन र रुसले फाइदा उठाउने चेतावनी दिँदै ग्रिनल्यान्डको सुरक्षा विषय नाटोभित्रै सम्बोधन गर्न सकिने बताए ।

विश्लेषकहरूका अनुसार ट्रम्पको धम्की अभूतपूर्व छ किनकि कर प्रायः सहयोगीहरूबीचको क्षेत्रीय विषयसँग नभई व्यापारिक विवादसँग जोडिन्छ । डेनिस इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजका वरिष्ठ अनुसन्धानकर्ता रासमस सन्डरगार्डले यसलाई ‘पर्याप्त नै पर्याप्त भयो’ भन्ने युरोपेली प्रतिक्रियाको कारण भनेका छन् ।

नाटोका महासचिव मार्क रुटेले ट्रम्पसँग कुरा भएको र यस विषयमा काम जारी रहने बताउँदै यस हप्ता डाभोसमा भेट्ने अपेक्षा व्यक्त गरे । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पनि ट्रम्पसँग कुरा गर्दै नाटो सहयोगीहरूमा शुल्क लगाउनु गलत भएको धारणा राखेका छन् ।

ट्रम्पको कदमको आलोचना अमेरिकाभित्रै पनि भएको छ । एरिजोनाका डेमोक्रेट सिनेटर मार्क केलीले यसले अमेरिकीहरूलाई अनावश्यक मूल्य चुकाउन बाध्य बनाउने बताउनुभएको छ । पूर्वउपराष्ट्रपति माइक पेन्सले ग्रिनल्यान्डमा अमेरिकी स्वामित्वको विचारप्रति सहानुभूति जनाए पनि ट्रम्पले अपनाएको तरिका र नाटो सहयोगीहरूसँगको सम्बन्धमा पर्ने असरप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

युरोपमा ट्रम्पका केही लोकप्रियतावादी सहयोगीहरूले पनि कर धम्कीको आलोचना गरेका छन् । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले यसलाई ‘गल्ती’ भन्नुभएको छ भने फ्रान्सको अति-दक्षिणपन्थी नेसनल र्‍याली पार्टीका नेता जोर्डन बार्डेलाले यसलाई ‘व्यावसायिक ब्ल्याकमेल’ को संज्ञा दिनुभएको छ । बेलायतमा समेत मुख्य राजनीतिक दलहरू एकजुट हुँदै ट्रम्पको कदमको विरोध गरेका छन् ।   यस घटनाक्रमले ग्रिनल्यान्डलाई केन्द्रमा राख्दै अमेरिका–युरोप सम्बन्ध नयाँ र संवेदनशील मोडमा पुगेको स्पष्ट सङ्केत दिएको छ ।


प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP