Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ५, २०८२

एपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा आठ युरोपेली देशलाई १० प्रतिशत कर लगाउने धम्की दिएपछि युरोपले त्यसको कडा आलोचना गर्दै यसले ट्रान्सअटलान्टिक सम्बन्धलाई कमजोर पार्ने र ‘खतरनाक गिरावट’ तर्फ धकेल्ने चेतावनी दिएको छ ।

डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा ट्रम्पको कदम सार्वभौमिकता र सुरक्षासम्बन्धी हालको तनावलाई झन् गहिरो बनाउने खतरनाक सङ्केत भएको बताएका छन् । ह्वाइट हाउस फर्किएको करिब एक वर्षपछि युरोपेली सहयोगीहरूले ट्रम्पलाई दिएको यो अहिलेसम्मकै सबैभन्दा कडा सामूहिक प्रतिक्रिया हो ।

पछिल्ला महिनाहरूमा युक्रेन युद्ध अन्त्यको प्रयासमा अमेरिकी समर्थन सुनिश्चित गर्न युरोपेली मुलुकहरू ट्रम्पप्रति कूटनीतिक रूपमा संयमित देखिँदै आएका थिए । तर आइतबारको वक्तव्य र ग्रिनल्यान्डमा डेनमार्कको सैन्य अभ्यासका लागि केही युरोपेली देशले सेना पठाएको कदमले त्यो रणनीतिबाट युरोप एक कदम पछाडि हटेको सङ्केत दिएको छ ।

संयुक्त वक्तव्यमा ‘आर्कटिक एन्ड्योरन्स’ नामक अभ्यासका लागि ग्रिनल्यान्ड पठाइएका सेना कसैका लागि पनि खतरा नभएको स्पष्ट गरिएको छ । डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले ओस्लोमा पत्रकारहरूलाई अमेरिकी पक्षसँग वार्ता सुरु भइसकेको र त्यसलाई निरन्तरता दिइने बताए । नर्वेका विदेशमन्त्री एस्पेन बार्थ आइडेले पनि नजिकका सहयोगीबीच यस्ता कर धम्की अस्वीकार्य भएको स्पष्ट पारे ।

Hardik health

लक्षित आठ देशमध्ये छ वटा २७ सदस्यीय युरोपेली सङ्घ (इयु) का सदस्य हुन् । आइतबार आपतकालीन छलफलपछि इयु काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले करले ट्रान्सअटलान्टिक सम्बन्ध कमजोर पार्ने र इयु-अमेरिका व्यापार सम्झौतासँग असङ्गत हुने बताएका छन् । उनले इयु कुनै पनि प्रकारको जबरजस्तीविरुद्ध आफूलाई जोगाउन तयार रहेको र यसै साता शिखर सम्मेलन बोलाइने जानकारी दिए ।

शनिबार ट्रम्पले करलाई डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रिनल्यान्डबारे वार्तामा दबाबको साधनका रूपमा प्रयोग गर्न सक्ने सङ्केत दिएका थिए । आइतबार राति उहाँले सामाजिक सञ्जालमा पोस्ट गर्दै नाटोले डेनमार्कलाई ग्रिनल्यान्डमा रुसी खतराबारे वर्षौंदेखि चेतावनी दिँदै आएको दाबी गर्नुभयो र अब कारबाहीको समय आएको उल्लेख गरे ।

युरोपेली नेताहरूले डेनमार्क र ग्रिनल्यान्डसँग पूर्ण एकता व्यक्त गर्दै सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सिद्धान्तमा आधारित संवादका लागि तयार रहेको बताएका छन् । इयुको विदेश नीति प्रमुख काजा कल्लासले अमेरिका र युरोपबीचको विभाजनबाट चीन र रुसले फाइदा उठाउने चेतावनी दिँदै ग्रिनल्यान्डको सुरक्षा विषय नाटोभित्रै सम्बोधन गर्न सकिने बताए ।

विश्लेषकहरूका अनुसार ट्रम्पको धम्की अभूतपूर्व छ किनकि कर प्रायः सहयोगीहरूबीचको क्षेत्रीय विषयसँग नभई व्यापारिक विवादसँग जोडिन्छ । डेनिस इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजका वरिष्ठ अनुसन्धानकर्ता रासमस सन्डरगार्डले यसलाई ‘पर्याप्त नै पर्याप्त भयो’ भन्ने युरोपेली प्रतिक्रियाको कारण भनेका छन् ।

नाटोका महासचिव मार्क रुटेले ट्रम्पसँग कुरा भएको र यस विषयमा काम जारी रहने बताउँदै यस हप्ता डाभोसमा भेट्ने अपेक्षा व्यक्त गरे । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पनि ट्रम्पसँग कुरा गर्दै नाटो सहयोगीहरूमा शुल्क लगाउनु गलत भएको धारणा राखेका छन् ।

ट्रम्पको कदमको आलोचना अमेरिकाभित्रै पनि भएको छ । एरिजोनाका डेमोक्रेट सिनेटर मार्क केलीले यसले अमेरिकीहरूलाई अनावश्यक मूल्य चुकाउन बाध्य बनाउने बताउनुभएको छ । पूर्वउपराष्ट्रपति माइक पेन्सले ग्रिनल्यान्डमा अमेरिकी स्वामित्वको विचारप्रति सहानुभूति जनाए पनि ट्रम्पले अपनाएको तरिका र नाटो सहयोगीहरूसँगको सम्बन्धमा पर्ने असरप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

युरोपमा ट्रम्पका केही लोकप्रियतावादी सहयोगीहरूले पनि कर धम्कीको आलोचना गरेका छन् । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले यसलाई ‘गल्ती’ भन्नुभएको छ भने फ्रान्सको अति-दक्षिणपन्थी नेसनल र्‍याली पार्टीका नेता जोर्डन बार्डेलाले यसलाई ‘व्यावसायिक ब्ल्याकमेल’ को संज्ञा दिनुभएको छ । बेलायतमा समेत मुख्य राजनीतिक दलहरू एकजुट हुँदै ट्रम्पको कदमको विरोध गरेका छन् ।   यस घटनाक्रमले ग्रिनल्यान्डलाई केन्द्रमा राख्दै अमेरिका–युरोप सम्बन्ध नयाँ र संवेदनशील मोडमा पुगेको स्पष्ट सङ्केत दिएको छ ।


प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण सोमबार, माघ ५, २०८२
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो सोमबार, माघ ५, २०८२
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप आइतबार, माघ ४, २०८२
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आइतबार, माघ ४, २०८२
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते आइतबार, माघ ४, २०८२
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन 
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन  आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP