Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह
चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ४, २०८२

काठमाडौं- नेपाल उद्योग परिसंघ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकले तोकिएको समयमा सरकार पाएर राजनीतिक निकाससँगै आर्थिक निकास पनि पाउनुपर्नेमा जोड दिए । “अहिले राजनीतिक एजेन्डाले मात्र प्राथमिकता पाइरहेको देखिन्छ, तर मुलुकको अर्थतन्त्र सुधारका लागि स्पष्ट योजना र मार्गचित्र अतिआवश्यक छन्”, उनले भने ।

अध्यक्ष पाण्डेले हरेक दशकजस्तै राजनीतिक परिवर्तन भइरहे पनि देशको औसत आर्थिक वृद्धिदर उल्लेख्य रूपमा सुधार हुन नसकेको बताए। उनका अनुसार पछिल्ला वर्षमा अर्थतन्त्रमा उत्पादन तथा उद्योग क्षेत्रको योगदान घट्दै गएको र सेवा क्षेत्रको हिस्सा बढ्दै गएको प्रवृत्ति चिन्ताजनक छ ।

Sonam Lhosar
Hardik health

“अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको योगदान बढाउनु आजको आवश्यकता हो । यसो नभएमा दीर्घकालीन आर्थिक स्थायित्व सम्भव हुँदैन”, उनले भने । उनले पुँजीगत खर्च कमजोर हुनु, तरलता पर्याप्त हुँदाहुँदै पनि लगानी विस्तार हुन नसक्नु, नीतिगत अस्थिरतालगायत समस्याका कारण आर्थिक वृद्धिदर हुन नसकेको बताए । 

सिएनआईले अर्थतन्त्र सुधारका लागि लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने, हरेक वर्ष कर नीतिमा हुने परिवर्तन अन्त्य गर्नुपर्ने, प्रशासनिक झन्झट कम गर्नुपर्ने र एउटै कामका लागि धेरै निकाय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने सुझाव दिएको छ । अध्यक्ष पाण्डेले नियामकीय संरचना धेरै हुँदा व्यवसाय गर्न कठिन भइरहेको पनि बताए । राजनीतिक स्थायित्वसँगै अर्थतन्त्रलाई गति दिनु अबको मुख्य लक्ष्य हुनुपर्नेमा उनले जोड दिए । उनले राजनीतिक दलका घोषणापत्रमा राम्रा प्रतिबद्धता हुने गरे पनि कार्यान्वयन पक्ष कमजोर रहने गरेको टिप्पणी गरे ।

सिएनआईले उद्यमशीलता प्रवर्द्धन गर्ने नीति अपनाउनुपर्ने, सुशासन कायम गर्नुपर्ने, ठूला पूर्वाधार आयोजना तोकिएको समयमा सम्पन्न गर्नुपर्ने, सूचना प्रविधिमा आधारित उद्यमलाई प्राथमिकता दिनुपर्ने, ऊर्जा सुरक्षा बलियो बनाउनुपर्ने तथा पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएको छ ।यसैगरी वन पैदावरबाट अधिक लाभ लिनसक्ने नीति बनाउनुपर्ने, खानी तथा खनिज क्षेत्रमा आन्तरिक र वैदेशिक लगानी आकर्षित गर्नुपर्नेलगायत विषयमा पनि राजनीतिक दलहरू गम्भीर हुनुपर्ने सिएनआईको धारणा छ ।

कार्यक्रममा उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीले मुलुकभित्रको बेरोजगारी अहिले सबैभन्दा ठूलो समस्या रहेको उल्लेख गरे । आगामी निर्वाचनका क्रममा राजनीतिक स्थायित्वसँगै दिगो आर्थिक विकासका लागि स्पष्ट मार्गचित्र बनाएर जान सबै राजनीतिक दलका माथिल्लो तहका नेतासँग छलफल र अन्तरक्रिया  गरिने उनले बताए ।
 


प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल
प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल आइतबार, माघ ४, २०८२
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै आइतबार, माघ ४, २०८२
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन आइतबार, माघ ४, २०८२
निर्वाचन आचारसंहिताबारे छलफल
निर्वाचन आचारसंहिताबारे छलफल आइतबार, माघ ४, २०८२
कार्यबाहक प्रमुखको जिम्मेवारी महानगरपालिकाकाे उपमेयर डंगोललाई
कार्यबाहक प्रमुखको जिम्मेवारी महानगरपालिकाकाे उपमेयर डंगोललाई आइतबार, माघ ४, २०८२
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा आइतबार, माघ ४, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP