काठमाडौं- धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटर बोट दुर्घटनामा परेको हो। सो घटनामा तीन जना बेपत्ता भएका छन्।
उक्त मोटर बोटमा १६ जना सवार रहेको अनुमान गरिएको छ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनीबाट पाँच गोताखोरसहित नौ, सुरक्षा वेश रामपुरबाट छ र विपद् व्यवस्थापन वेश चतराबाट नौ जनाको टोली खटिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।