Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
कृषि
  • Home
  • कृषि
  • भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २९, २०८२

भोजपुर- महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका महिलालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी पाँचदिने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै महिलाको आयआर्जन बढाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो । 

परम्परागत कृषि प्रणालीलाई व्यावसायिक र आधुनिक ढाँचामा रूपान्तरण गर्ने उद्देश्यले तालिम केन्द्रित गरिएको आयोजकले जनाएको छ । तालिममा सहभागी महिलालाई मौसमअनुसार उपयुक्त तरकारी छनोट, उन्नत खेती प्रविधि, प्लास्टिक टनेल निर्माण तथा टनेलभित्र तरकारी उत्पादन, जैविक मल तथा जैविक विषादी बनाउने तरिका, बीउ–बिजनको ब्याड तयारी, सिँचाइ व्यवस्थापन तथा रोग–किरा नियन्त्रणसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको छ ।

वडाअध्यक्ष नरबहादुर राईका अनुसार महिलालाई सीपमूलक तालिममार्फत उद्यमसँग जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । उनले तालिममा सहभागी २५ जना महिलालाई आवश्यक बीउ–बिजनसँगै ८५ प्रतिशत अनुदानमा एक–एक थान प्लास्टिक टनेल वितरण गरिएको जानकारी दिए ।

Hardik health

“महिलालाई कृषि उद्यममा जोड्ने उद्देश्यले व्यावसायिक तरकारीखेती तालिम दिएका हौँ,” वडाअध्यक्ष राईले भने, “तालिमपछि महिलाले आफ्नै खेतबारीमा व्यावसायिक तरकारीखेती गरी नियमित आम्दानी लिन सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।”तालिममा सहभागी महिलाले सिकेका सीप व्यवहारमा उतार्दै सामूहिक तथा व्यक्तिगत रूपमा व्यावसायिक तरकारीखेती गर्ने बताएका छन् । यसबाट बाहिरबाट आयात हुने तरकारीमा निर्भरता घटनाका साथै स्थानीय बजारमा ताजा र गुणस्तरीय तरकारीको आपूर्ति बढ्ने उनीहरुको भनाइ छ । 

सहभागी महिलाहरूले आगामी दिनमा उत्पादन भएका तरकारीको बजारीकरण, निरन्तर प्राविधिक सहयोग तथा थप अनुदान कार्यक्रम आवश्यक रहेको बताएका छन् । यस्ता सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तिकरणसँगै गाउँको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । टेम्केमैयुङ गाउँपालिकाको महिला लक्षित कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो । 


प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै
सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै आइतबार, पुस २७, २०८२
टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित
टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित शुक्रबार, पुस २५, २०८२
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी शुक्रबार, पुस २५, २०८२
आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती
आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती बिहीबार, पुस २४, २०८२
रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य
रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य बिहीबार, पुस २४, २०८२
स्याङ्जामा धान उत्पादन बढ्यो
स्याङ्जामा धान उत्पादन बढ्यो बुधबार, पुस २३, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP