Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
विश्व
  • Home
  • विश्व
  • एआई पहलमा भारतलाई अमेरिकी निम्तो
एआई पहलमा भारतलाई अमेरिकी निम्तो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

एएफपी- आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आपूर्ति शृङ्खलालाई सुरक्षित गर्ने उद्देश्यले अमेरिकाको नेतृत्वमा सुरु गरिएको नयाँ अन्तर्राष्ट्रिय पहलमा सहभागी हुन भारतलाई आगामी महिना औपचारिक रूपमा आमन्त्रण गरिने नयाँदिल्लीका लागि नवनियुक्त अमेरिकी राजदूत सर्जियो गोरले सोमबार बताएका छन्  ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा भारतले रुसी तेल खरिद जारी राखेको आरोप लगाउँदै अधिकांश भारतीय आयातमा ५० प्रतिशत कर लगाएपछि दुई देशबीचको सम्बन्धमा केही चिसोपन आएको थियो । यद्यपि, दुवै पक्षले लामो समयदेखि रोकिएको व्यापार सम्झौतामा वार्ता अघि बढाइरहेका छन् ।

अमेरिकी दूतावासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजदूत गोरले संयुक्त राज्य अमेरिकाले गत महिना सुरु गरेको ‘प्याक्स सिलिका’ पहलको पूर्ण सदस्य बन्न भारतलाई आग्रह गरिने जानकारी दिए  । अमेरिकाको नेतृत्वमा अघि बढाइएको यस प्रयासमा जापान, दक्षिण कोरिया, सिङ्गापुर र अस्ट्रेलियाजस्ता प्रमुख एसिया-प्यासिफिक साझेदारहरूसँगै इजरायल पनि सहभागी छन् । यस पहलको मुख्य उद्देश्य एआई आपूर्ति शृङ्खलामा चीनको बढ्दो प्रभुत्वलाई सन्तुलनमा ल्याउनु हो ।

Hardik health

‘शान्ति’ र ‘सिलिकन’ का लागि प्रयोग हुने ल्याटिन शब्दबाट नामकरण गरिएको ‘प्याक्स सिलिका’ गठबन्धनले चीनमा निर्भर नरहने गरी अत्यावश्यक प्रविधि र कम्पोनेन्टहरूको सुरक्षित आपूर्ति शृङ्खला निर्माण गर्ने लक्ष्य राखेको छ । “विश्वले द्रुत गतिमा नयाँ प्रविधि अँगाल्दै गएको सन्दर्भमा यो पहलको सुरुदेखि नै भारत र संयुक्त राज्य अमेरिकाले मिलेर काम गर्नु अत्यावश्यक छ”, गोरले आफ्नो कार्यभार सम्हाल्नुअघि भने ।

भारतलाई अमेरिकाका लागि ‘कुनै पनि साझेदारभन्दा कम महत्त्वपूर्ण नभएको’ मुलुकका रूपमा वर्णन गर्दै उनले द्विपक्षीय सम्बन्धलाई ‘अर्को स्तरमा’ पुर्‍याउने स्पष्ट जनादेश लिएर आफू आएको उल्लेख गरे  । उनका अनुसार यो सम्बन्ध ‘विश्वको सबैभन्दा पुरानो लोकतन्त्र र विश्वको सबैभन्दा ठूलो लोकतन्त्र’ बीचको साझेदारी हो ।

राजदूत गोरले राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको व्यक्तिगत सम्बन्धले पनि द्विपक्षीय सहकार्यलाई बल दिएको उल्लेख गरे  । “संयुक्त राज्य अमेरिका र भारत साझा हितले मात्र होइन, उच्च स्तरको आपसी सम्बन्धले पनि जोडिएका छन् । वास्तविक मित्रहरूबीच असहमति हुन सक्छ, तर अन्ततः आफ्ना मतभेद समाधान गर्न सक्छन्”, उनले भने  ।उनले चलिरहेको व्यापार वार्ताप्रति आशावाद व्यक्त गर्दै दुवै देश सम्झौतामा पुग्न दृढ रहेको बताए  ।


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का सोमबार, पुस २८, २०८२
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध सोमबार, पुस २८, २०८२
बंगलादेशमा ५३ जना एआरएसए विद्रोही पक्राउ म्यानमा सीमामा सतर्कता
बंगलादेशमा ५३ जना एआरएसए विद्रोही पक्राउ म्यानमा सीमामा सतर्कता सोमबार, पुस २८, २०८२
अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प
अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प सोमबार, पुस २८, २०८२
अनलाइन सुरक्षा सुनिश्चित गर्न अष्ट्रेलियाको नयाँ कदम
अनलाइन सुरक्षा सुनिश्चित गर्न अष्ट्रेलियाको नयाँ कदम सोमबार, पुस २८, २०८२
अफगान प्रहरीद्वारा दुई बालकको उद्धार, अपहरणकर्ता पक्राउ
अफगान प्रहरीद्वारा दुई बालकको उद्धार, अपहरणकर्ता पक्राउ सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP