Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

भोजपुर- न्यून शुल्कमा अङ्ग्रे्रेजी माध्यमबाट शिक्षण गराउँदै आएको भोजपुर नगरपालिका- ७ स्थित समता स्कुलप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महँगा निजी विद्यालयको शुल्क भार थेग्न नसक्ने अभिभावकका लागि यो विद्यालय व्यवहारिक विकल्पका रूपमा स्थापित हुँदै गएको हो ।

प्रारम्भमा प्रतिमहिना  १०० रुपैयाँ शुल्कमा अङ्ग्रेजी माध्यमको शिक्षा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यस विद्यालयले कोभिड-१९ महामारीपछि सञ्चालन खर्च धान्न कठिन भएपछि शुल्कमा सामान्य वृद्धि गरेको जनाएको छ । हाल सबै कक्षाका विद्यार्थीबाट प्रतिमहिना रु ७०० शुल्क लिइँदै आएको विद्यालयका प्रधानाध्यापक मुना पाण्डेले जानकारी दिइन् । उनका अनुसार सबै कक्षामा समान शुल्क व्यवस्था गरिएको छ ।

“समता स्कुलले सुरुमा  १०० रुपैयाँ मै शिक्षा प्रदान गर्दै आएको थियो”, प्रधानाध्यापक पाण्डेले भिनिन् , “कोभिडपछि संस्थापक तहबाट आवश्यक बजेट व्यवस्थापन हुन नसक्ने अवस्था आएपछि सामान्य शुल्क लिएर विद्यालय सञ्चालन गर्नुपरेको हो ।”

Hardik health

‘सबैका लागि शिक्षा’ भन्ने नारासहित विसं २०७५ मा ७५ विद्यार्थी र आठ शिक्षक-कर्मचारीबाट सञ्चालन गरिएको यस विद्यालयमा हाल ३४३ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको छ । आगामी नयाँ शैक्षिक सत्रदेखि कक्षा ९ सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधानका अनुसार समता स्कुलले सुलभ शुल्कमा गुणस्तरीय अङ्ग्रे्रेजी माध्यमको शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थीको चाप बढ्दै गएपछि प्रवेश परीक्षामार्फत भर्ना लिने व्यवस्था गरिएको उहाँले बताए  । हाल विद्यालय १२ रोपनी जग्गा भाडामा लिएर सञ्चालन भइरहेको छ ।

“समता स्कुलप्रति विद्यार्थीको आकर्षण निरन्तर बढिरहेको छ”, अध्यक्ष प्रधानले भनिन्, “विद्यार्थी सङ्ख्या बढेसँगै प्रवेश परीक्षा प्रणाली लागू गरेका हौँ, हामी नाफारहित नीतिअनुसार विद्यालय सञ्चालन गरिरहेका छौँ ।” सरकारी विद्यालयको खस्कदो शैक्षिक गुणस्तर र निजी विद्यालयको महँगो शुल्कका कारण समता विद्यालयप्रति आकर्षण बढेको उनको भनाइ छ । विद्यालयले जेहेन्दार, गरिब तथा विपन्न, दलित र अल्पसङ्ख्यक समुदायका बालबालिकालाई लक्षित गरी छात्रवृत्तिको व्यवस्थासमेत गरेको छ ।
 


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी शुक्रबार, असार २६, २०८३
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण मंगलबार, असार २३, २०८३
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल शुक्रबार, असार १९, २०८३
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बिहीबार, असार १८, २०८३
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो बुधबार, असार १७, २०८३
फरेन्सिक साइन्सको  विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव
फरेन्सिक साइन्सको विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव बुधबार, असार १७, २०८३
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP